STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लोकप्रिय संगीतकार राजनराजले ल्याए मेनुका पौडेलको स्वरमा ‘बादलु माथि’ गीत

Janjati Khabar – विजयरत्न असंबरे | २०८० पौष २५, बुधबार

नेपालकी गायिका मेनुका  पौडेल अहिले भारतीय रियालिटी शो इन्डियन आइडलको टप ११ मा पुगेर चर्चाको शिखरमा रहेकी छिन् भने उनै चर्चित गायिका पौडेल को स्वरमा ‘बादलुमाथि’ बोलको नयाँ गीत हालै सार्वजनिक गरिएको छ ।  

चर्चित गायक राजनराज शिवाकोटी र मेनुका पौडेलको युगल स्वर रहेको उक्त गीत रेबेल क्रिएशनले बजारमा ल्याएको हो । 

अत्यन्तै कर्णप्रीय स्वरमा रहेको उक्त गीतको शब्द  एवं सङ्गीत चर्चित गायक एवं सङ्गीतकार  राजनराज शिवाकोटी स्वयंले गर्नुभएको हो । 

नेपालमा मात्र नभई हाल भारतमा समेत चर्चाको शिखरमा पुगेकी गायिका मेनुकाको उक्त गीतको  भिडियो सम्पादन नकुल खड्काले गर्नुभएको हो । रेबेल क्रियशनले गीतको अफिसियल भिडियोसमेत छिट्टै ल्याउने बताएको छ । गीतका निर्माता  गगनलाल प्रधानले मेनुकाको स्वरको यो गीतले उनको थप मनोबल बढ्ने विश्वासका साथ गीत सार्वजनिक गरिएको बताउनुभयो । नेपाली चेलीलाई भारतीय भूमिमा पाइरहेको सफलतालाई थप ऊर्जा मिलोस् भनेर आफूहरूले यो गीत सार्वजनिक गरिएको उहाँले बताउनुभयो । 

गीतका गायक राजनराज शिवाकोटीले मेनुकाको प्रतिभालाई सही समयमै श्रोतामाझ पुर्‍याउन आफूहरूले यो गीत बजारमा ल्याएको बताउनुभयो । ‘मेनुकाले जुन सफलता हासिल गरिरहेकी छिन् यो गीतले त्यो सफलतामा अझै ऊर्जा भर्नेछ भन्ने विश्वास लिएको छु’उहाँले बताउनुभयो । ‘इन्डियन आइडलमा सङ्गीतकी साक्षात् स्वरूप’ भनेर परिचय बनाएकी मेनुका पौडेलको यो गीतले उनको ‘साङ्गीतिक उडान’मा थप सफलता मिल्ने विश्वास आफूले लिएको उहाँले बताउनुभयो । 

मेनुकाले इन्डियन आइडलमा दर्शक श्रोता माझ मात्र हैन कार्यक्रमका निर्णायक र अतिथिहरूलाई चकित हुने गरी गीत गाइरहनु भएकि छिन् । 

हेर्नुहोस् मेनुकाको नयाँ नेपाली गीत :

https://www.youtube.com/watch?v=eappNH-6UgQ

Categorized in साहित्य-कला