STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जनजातिखबर डटकमका सञ्चालक बज्राचार्यलाई मातृशोक

Janjati Khabar – Janjati Khabar | २०८० पौष २४, मंगलबार

नेवार अग्रज एवं जनजातिखबर डटकमका सञ्चालक सुजीब बज्राचार्यकी आमा तारादेवी बज्राचार्यको ८७ वर्षको उमेरमा आज मंगलबार बिहान निधन भएको छ ।

दिवंगत बज्राचार्यको यसअघि एक महिनासम्म अस्पताल राखी ओषधिउपचार भएको थियाे भने गत आइतबार मात्र उहाँलाई अस्पतालबाट डिस्चार्ज गरी घर लगिएको थियो ।

दिवंगत बज्राचार्यको अन्तिम संस्कार आजै काठमाडौंस्थित शोभा भगवतीमा सम्पन्न भएको थियो ।

सुजीव बज्राचार्य नेपालभाषाबाट प्रकाशित नेवाः अनलाइनन्यूजका प्रधान सम्पादक एवं प्रकाशक, नेवाः जागरण मञ्चका अध्यक्ष एवं नेवाः यूट्युब च्यानलका प्रकाशक पनि हुनुहुन्छ ।

जनजातिखबर डटकम दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।

Categorized in व्यक्तित्व