STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अमेरिकामा द हिमालयन हेड्रिक्स अशेष डंगोल

Janjati Khabar – विजयरत्न असंबरे | २०८० पौष २५, बुधबार

सांगितिक संसारमा द हिमालयन हेड्रिक्सको उपनामले चर्चित नेपाली कलाकार अशेष डंगोलले संयुक्त राज्य अमेरिकामा एकल सांगितिक कार्यक्रम  गर्न सफल भएका छन् ।

हिमालयन ग्रिल वाटर फोन्ट प्यासिफिक कोष्ट हाइवेमा करिब दुई घण्टासम्म चलेको उक्त सांगितिक कार्यक्रमा गायक अशेष डंगोलको करिब २५, २६ बर्ष मिहिनत गरेर  निर्माण गरिएका नयाँ नेपाली मौलिक सांगितिक धुनहरु प्रस्तुत गरिएको थियो ।

विश्वभर ब्लुज संगितका लागि चर्चित ह्युस्टनमा अवस्थित ‘हाउस अफ ब्लुज’ फाउन्डेसनमा पनि  गत पुस १४ गते बेजोड शैलीको सांगितिक प्रस्तुति दिएर स्वर्ण अक्षर इतिहासले नाम लेखाउन सफल भएका छन् ।

करिब ९० मिनेटसम्म भएको कार्यक्रममा उनलाई बेस गीतारमा प्रवेश काफ्ले र ड्रममा आयुष डंगोल ‘द म्याड हनि’ ले साथ दिएका थिए भने सो कार्यक्रमका लागि टुर म्यानेजरेको भूमिका प्यूष दाहालले गरेका थिए ।

सो एकल सांगितिक प्रस्तुति  कार्यक्रममा उनकै मौलिक गीतहरू जात्रा भाइब, कस्मिक भाइब, फङ्क भाइब ब्लुज, ग्रीड, इन्सर्च टुअर्ड फ्रीडम, तिमीलाई म, आदि आफ्ना एल्बमहरूका साथै जिमी हेन्ड्रिक्सका तीन कभरहरू र एउटा परम्परागत ब्लुज गीतहरू प्रस्तुत गरेर दर्शकलाई मन्त्र मुग्ध बनाएका थिए ।

अब आइबि रुम, एल्बानी क्यालिफोनियामा आयोजना हुने सांगितिक कार्यक्रममा अशेष डंगोललाई ब्लुज एम्बोसी अफ नेपाल भनेर आगामी माघ ६ गते सम्मान गरिने कुरा गायक डंगोलले बताएका छन् । 

संयुक्त राज्य अमेरिको सांगितिक भ्रमण पूरा गरि आगामी माघ १२ गते उनी जन्मभूमि देश नेपालमा फर्किने कार्यक्रम रहेको छ । यस भन्दा अगाडि भाद्र २९ गतेदेखि ३० सम्म चलेको बेस्ट द् याम ब्लुज महोत्वसमा” उत्कृष्ट प्रदर्शन गरेका थिए ।

अशेष डंगोलको परिचय

काठमाडौं धर्ति पुत्र “अशेष डंगोल” आज भन्दा २९ बर्ष अघिदेखि सांगीतिक क्षेत्रमा निरन्तरता सकृय रहँदै आएका सांगितिक प्रतिभा हुन् भने उनी संगीतप्रेमीहरु बीच “हिमालयन हेंड्रिक्स” उपनामले चर्चित रहेका छन् । विश्व विख्यात पायक जिमि हेंड्रिक्सका गीतहरुको कभर भर्सनमा उनले देखाएको दक्षतालाई दृष्टिगत गर्दै यो  “हिमालयन हेंड्रिक्स”उपाधी उनलाई सन् २०१० सालमा नर्वेजियन र जर्मन मिडियाद्वारा दिएको थियो । उनका विभिन्न गीतहरु नेपालको हिट्स एफ एम म्यूजिक अवार्डमा छनौट भएको तथा तथा उनी विश्वका १२ वटा राष्ट्रमा समेत सांगितिक प्रस्तुत गर्न सफल भएका छन् ।

Categorized in साहित्य-कला