सर्लाहीको बरहथवामा फेरि कर्फ्यु
Janjati Khabar – Janjati Khabar | २०८० पौष २२, आइतबार
काठमाडौँ - जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आज दिउँसोदेखि भोलि बिहानसम्म लागू हुने गरी कर्फ्यु जारी गरेको छ।
यही पुस २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिका विषयमा भएको विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गालगायतका सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुनसक्ने देखिएकाले कर्फ्यु जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए।
कार्यालयका अनुसार आज दिउँसो १२ः४५ देखि भोलि बिहान ८ बजेसम्म पूर्वमा सीतापुर जाने बाटोको ब्रम्हास्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती/चोर्निया पुल सीमा निर्धारण गरी कर्फ्यु जारी गरिएको हो।
उक्त क्षेत्रभित्र कुनै पनि किसिमको भेला हुन र बाहिर आवतजावत गर्न नपाइने कार्यालयले जनाएको छ।स्थानीयको प्रदर्शनमा प्रहरीको गोली लागेर गत शुक्रबार एक जनाको मृत्यु भएको थियो। यसअघि पनि बरहथवामा कर्फ्यु तथा निषेधाज्ञा लगाइएको थियो।
यसअघि जिल्ला प्रशासन कार्यालय सर्लाहीले लगाएको कर्फ्यु तोड्दै सर्लाहीको बरहथवा नगरपालिकामा स्थानीय आन्दोलित भएका छन्।
जिल्ला प्रशासन कार्यालयले आइतबार मध्यान्ह १२ बजेर ४५ मिनेटदेखि सोमबार बिहानसम्म लागू हुने गरी कर्फ्यु जारी गरे पनि स्थानीय अवज्ञामा उत्रिएका हुन्।
अहिले दर्जनौँ स्थानीय सडकमा उत्रिएपछि अवस्था तनावग्रस्त भएको छ। स्थानीयले कर्फ्यु तोडेपछि प्रहरीले उनीहरूलाई तितरबितर बनाउन अश्रुग्यास प्रहार गरेको छ। अहिले बरहथवाको बजारक्षेत्रको अवस्था तनावपूर्ण छ। सडकमा निस्किएका स्थानीयलाई प्रहरीले घरमा बस्न भने पनि अवज्ञा भएको छ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले यही पुस २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिबारेको विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गासहित सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुनसक्ने देखिएकाले आइतबारदेखि अर्को कर्फ्यु जारी गरिएको बताएका छन्।
कार्यालयले पूर्वमा सीतापुर जाने बाटोको ब्रम्हास्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती/चोर्निया पुल सीमा निर्धारण गरी कर्फ्यु जारी गरेको छ।
कुनै पनि किसिमको भेला हुन र बाहिर आवतजावत गर्न नपाइने कार्यालयले जनाएको छ। स्थानीयको प्रदर्शनमा प्रहरीको गोली लागेर गत शुक्रबार एक जनाको मृत्यु भएको थियो। यसअघि पनि बरहथवामा कर्फ्यु तथा निषेधाज्ञा लगाइएको थियो।
Categorized in राष्ट्रिय

