STC 810x100 adv
nib 2082 5
nepal invistment new 31
Display Style: 
Column Style

आकाशको पानीको पर्खाइमा किसान

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २०, शुक्रबार

वर्षा भएपछि रोपाइँ गरौँला भनेर आकाश हेर्दैमा दिन बित्ने गरेको छ, तर वर्षा हुँदैन । आकासे पानीको भरमा धान रोपाइँ गर्ने गरेका कैलालीका किसान वीरबहादुर चौधरीले प्रस्तुत समस्या सुनाउनुभयो । असार महीनाको तेस्रो हप्ता बित्न लाग्दा पनि पर्याप्त वर्षा नभएपछि कैलालीका कृषकको चिन्ता बढेको छ । बोरिङ पम्पिङ सेटबाट पानी तानेर गरिएको रोपाइँमा सिँचाइ नहुँदा खेतमा चिरा पर्न थालेको छ । यस वर्ष मनसुन अहिलेसम्म सक्रिय हुन नसक्दा सुदूरपश्चिम प्रदेशमा असार तेस्रो हप्तासम्म अधिकांश जग्गामा रोपाइँ हुन सकेको छैन । धान रोप्न आकासे पानीको पर्खाइमा बस्नुभएका अर्का किसान महेश कुँवर रासायनिक मल डिएपीको समेत अभाव हुँदा खेतीको काम कसरी गर्ने भन्ने चिन्तामा हुनुहुन्छ । क्षेत्रीय कृषि विकास निर्देशनालय दिपायलका प्रमुख गोविन्द शर्मा १०÷१५ दिन अझै खडेरीको अवस्था रहेमा यस वर्षको बर्खे धान बाली उत्पादनमा ह्रास आउने बताउनुहुन्छ । उहाँका अनुसार हालसम्म पहाडी जिल्लामा ४५ देखि ५० प्रतिशत र कैलाली र कञ्चपुरमा २४ प्रतिशत मात्र रोपाइँ भएको छ । प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिताकुमारी चौधरीले रासायनिक मल आपूर्तिको कार्य क्षेत्र सङ्घीय सरकारको रहेकाले मल आपूर्ति गर्न निरन्तर समन्वय भइरहेको राससलाई बताउनुभयो । सरकारी अनुदानको मल बिक्रेता कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रडिङ कर्पोरेशन लिको धनगढीस्थित गोदाममा डिएपी मलको मौज्दात जेठ महीनामै सकिएको थियो ।
Categorized in

‘सिजन’ सकिएसँगै खुम्बु क्षेत्र सुनसान

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २०, शुक्रबार

नेपालको घरेलु विमानस्थलमध्ये सबैभन्दा बढी व्यस्त रहने विमानस्थलको सूचीमा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला पर्छ । अति जोखिममध्ये विश्वकै १० औँ नम्बरमा आउने लुक्ला विमानस्थलमा दैनिक १०० को हाराहारीमा उडान तथा अवतरण हुने गरेको विमानस्थल कार्यालय बताउँछ । विश्वको सर्वोच्च शिखर सगरमाथासहितको हिमाल आरोहण गर्ने यात्रुले प्रयोग गर्ने यो विमानस्थलमा यात्रुको चाप पनि उस्तै हुन्छ । आरोही, उनका सहयोगी र उनीहरुले प्रयोग गर्ने सामान ढुवानीको विकल्प हवाईमार्ग या पदमार्ग मात्र रहेको छ । त्यसैले सबैभन्दा बढी हवाईमार्ग हँुदै यात्रु र उनीहरुको आवश्यक बन्दोबस्तीका सामग्री हवाईजहाजमार्फत ल्याउने लैजाने गरिन्छ । पर्यटकीय ‘सिजन’को बेला हजारौँ विदेशी तथा स्वदेशी पर्यटक खुम्बु क्षेत्रको भ्रमणमा आउने गर्छन् । विशेषगरी वर्षमा दुईपटक आरोहण सिजन हुने समयमा यहाँ यात्रुको चाप बढी हुन्छ । सिजनको बेलामा मात्रै खुम्बु क्षेत्रको गाउँ भरिभराउ हुन्छ भने अन्य समयमा सुनसान हुन्छ । स्थानीयसमेत भ्रमणका लागि अन्यत्र जाने भएकाले पनि सिजन नहुँदा सुनसान हुने गरेको हो । घरको हेरविचार गर्ने एक जना कामदार वा घरधनीबाहेक प्रायजसो सबैजना बाहिर भ्रमणमा जाने गरेको लुक्लाका तोया श्रेष्ठले जानकारी दिनुभयो । “अहिले क्रमैसँग खुम्बु सुनसान बन्दैछ”, श्रेष्ठले भन्नुभयो, “अहिले यहाँका विद्यार्थी र उनीहरुको हेरचाह गर्ने केही अभिभावकबाहेक अधिकांश भ्रमणमा निस्किएका छन् ।” पर्यटकीय सिजन सकिएपछि यस क्षेत्रका व्यवसायी भने ‘कार्गो’ ढुवानीमा व्यस्त हुन्छन् । अहिले विमान पनि यात्रुसँगै कार्गो ढुवानीमा व्यस्त रहेका छन् । तारा एयर लुक्लाका स्टेशन इञ्चार्ज अमृत मगरका अनुसार मङ्गलबार १५ उडान भए पनि दुई वटाबाहेक सबै विमानले कार्गो ढुवानी गरेका छन् । यस्तै बुधबार १० उडान भएकोमा पनि दुईवटामा यात्रु र अन्य उडानमा कार्गो ढुवानी गरिएको एयरलाइन्सले जनाएको छ । काठमाडौँ–लुक्लाका लागि उडान भरिरहेका तारा र समिट एयरले यात्रु अभाव हुँदा कार्गो ढुवानी गर्न थालेका हुन् । पर्यटकीय सिजन सकिएपछि लुक्ला आउने र काठमाडौँ जाने यात्रुको सङ्ख्या कमी हुँदा कार्गो ढुवानी भइरहेको विमानस्थल कार्यालय लुक्लाले जनाएको छ । केही विमानले सदरमुकाम नजिक रहेको फाप्लु विमानस्थल र केही विमानले काठमाडौँबाट सिधै कार्गो ढुवानी गरिरहेका छन् । लुक्ला जाने विमानले खुम्बुका लागि दैनिक उपभोग्य वस्तुसहितको सामग्री लैजाने र फर्कँदा सगरमाथा आरोहीले प्रयोग गरेका सामान लिएर फर्किने गरेको तारा एयर लुक्लाका स्टेशन इञ्चार्ज मगरको भनाइ छ । सिजनअनुसार कार्गो ढुवानी शुल्कसमेत फरक पर्ने भएकाले सोहीअनुसार खुम्बुका व्यवसायीले सामान ढुवानी गर्ने गरेका छन् । प्रतिपटक एक हजार १०० केजीसम्म ढुवानी गर्नसक्ने विमान कम्पनी बताउँछन् । फाप्लुबाट लुक्लाका लागि प्रतिकेजी खाद्यान्न रु ५५ र निर्माण सामग्री रु ७५ मा ढुवानी गर्दै आएको तारा एयर फाप्लुका स्टेशन इञ्चार्ज शैलेश श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौँ लुक्लाका लागि भने प्रतिकेजी रु १२० सम्म पर्ने ढुवानीकर्ता बताउँछन् । यस गाउँपालिकाको वडा नम्बर १ खरिखाला क्षेत्रबाहेक माथिल्लो क्षेत्रमा खासै खेतीपाती हुँदैन । यहाँको मुख्य आम्दानीको स्रोतनै पर्यटन रहेको छ । सगरमाथासमेत यसै गाउँपालिकामा पर्ने भएकाले यस गाउँपालिकामा वार्षिक करीब ५० हजार देशी तथा विदेशी पर्यटक भ्रमणमा आउने गर्छन् ।
Categorized in

दुर्गम भेगका ४२ परिवारलाई निशुल्क सोलार

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १९, बिहिबार

संखुवासभाको सभापोखरी गाउँपालिकाले दुर्गम भेगका ४२ परिवारलाई निःशुल्क सोलार सेट वितरण गरेको छ । गाँउपालिकाको ६ वटै वडाका ती परिवारलाई सोलार वितरण गरिएको हो । वर्षौदेखि अँध्यारोमा रात बिताउँदै आएका दुर्गम गाउँ पाँचतला, टुम्सीकुर, आपुङ, सिदेक्पा, इथुक्बु लगायत दुर्गम भेगका ४२ परिवारलाई निशुल्क सोलार सेट वितरण गरिएको ६ नम्बर वडाका वडाअध्यक्ष विकास पौडेलले जानकारी दिनुभयो । निःशुल्क सोलार सेट पाएका दुर्गम गाउँका बासिन्दा खुशी भएका छन् । वर्षौदेखि अँध्यारोमा रात बिताउँदै आएका वडा नम्बर ६ का सरला तामाङले पहिलो पल्ट घर नै झिलिमिली हुदाँ निकै खुशी लागेको बताउनुभयो । टुकीको भरमा गुजरा चलाउँदै आएका तामाङले सोलार सेट पाएपछि रातको समयमा घरायसी कामकाज गर्न र केटाकेटीलाई पढ्न सहयोग पुगेको बताउनुभयो । सभापोखरी गाउँपालिकामा सभाखोला लघुजल विद्युत्तको २७ किलोवाट र चिन्ठे खोलाको १५ किलोवाट भए पनि ग्रामीण भेगसम्म विस्तार हुन सकेको छैन । गाउँपालिकाले प्रति परिवार रु ११ हजार बरावरको सोलार सेट वितरण गरेको हो । विद्युत्त नपुगेका ४२ परिवारलाई कुल रु ४ लाख ७३ हजारको सोलार सेट वितरण गरेको सभापोखरी गाउँपालिका कार्यालयले जनाएको छ ।
Categorized in

सिकारीटारका भूकम्पपीडित भन्छन्– ‘पुनःनिर्माणले हामीलाई सुकुम्बासी बनायो’

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १९, बिहिबार

विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा ठूलै जनधनको क्षति भएको सिकारीटारका भूकम्पपीडितले पुनःनिर्माणले आफूहरुलाई सुकुम्बासी बनाएको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक भक्तपुरले आज सूर्यविनायक नगरपालिका– ४ सिकारीटारमा आयोजना गरेको ‘भूकम्पपीडितका लागि राहत तथा पुनःनिर्माणको सवाल’ विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा यहाँका बासिन्दाले यस्तो गुनासो गरेका हुन् । स्थानीयबासी श्यामकुमार खड्काले भूकम्पपीडितका लागि अुनदानको पहिलो किस्ता वापत रु ५० हजार दिएर आफूलाई सुकुम्बासी बनाएको उल्लेख गर्दै भन्नुभयो, “त्यो रकमले घर भत्काउनै पुगेन, जमीन नबेची घर बनाउनै नसक्ने भइयो, यहाँका सबै मोहीको तल्सीङका नाममा जग्गा छ, सरकारले तोकेको मापदण्डमा घर बनाउन सक्ने अवस्था नै छैन, जग्गा बेचाँै, घर बनाउने ठाउँ छैन, घर बनाउ पैसा छैन, हामीलाई प्राधिकरणले सुकुम्बासी बनायो ।” अर्का स्थानीयवासी रवीन्द्र हाकजु श्रेष्ठले अनुदानको रु ५० हजारले त्यही घर टालटुल र मर्मत गर्न मै सकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो रैकर जग्गा हुने पनि सरकारले कित्ताकाट रोकेकाले बिक्री गरेर घर बनाउन पाएका छैनन्, आफ्नै जग्गा बिक्री गरेर घर बनाउनसमेत सरकारले रोक्यो, यो कस्तो न्याय हो ।” स्थानीयबासी सिर्जना हाकुजु श्रेष्ठले भूकम्पले घर भत्किएपछि अहिलेसम्म रेडक्रसले दिएको पालमुनि नै बस्दै आएको बताउँदै घर बनाउनै नसक्ने गरीब भूकम्पपीडितलाई सरकारले सहज राहत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । भूकम्पपीडित सन्तोषी श्रेष्ठ, कान्छी माया हाकजु, देवलाल राजथला, गङ्गालाल हाकजुलगायतले घर बनाउन नसकेर पीडित बनेको भूकम्पपीडितलाई रु ५० हजार पनि फिर्ता गर्नुपर्छ भनेर तर्साएको बताएका छन् । कार्यक्रममा सूर्यविनायक नगरपालिका– ४ का वडाध्यक्ष उत्तम थापाले नगरपालिकाको नक्साको मापदण्ड र अनिवार्य सडक हुनैपर्ने नियमका कारण धेरै भूकम्पपीडितले घर बनाउन नपाएको बताउँदै वडाले सिफारिश गरेर पठाएकालाई पनि नगरपालिकाले फर्काइदिनाले घर बन्न नसकेको धारणा व्यक्त गर्नुभयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना एकाइ कार्यान्वयन अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इञ्जिनीयर हेरम्ब अधिकारीले लाभग्राही सूचीमा परेर प्रथम किस्ता लिनेले घर बनाउनैपर्ने बताउनुभयो । उहाँले सडक मापदण्डमा परेको अवस्थामा अन्यत्र घर बनाउन सक्ने, आउँदो २१ गतेभित्र प्रथम किस्ता सम्झौता नगर्नेको नाम पीडितबाट स्वत हट्ने बताउँदै प्राधिकरणको मापदण्डभन्दा स्थानीय तहले बनाएको मापदण्डले भूकम्पपीडितलाई समस्या आएको बताउनुभयो । उहाँले पूर्ण क्षतिको सूचीमा आएकाको आंशिक सूचीमा ल्याउन सकिने तर त्यो घर प्रवलीकरण गर्न मिल्छ भन्ने प्रमाणित प्राधिकरणले तोकेको इञ्जिनीयरले मात्रै गर्नसक्ने बताउनुभयो ।
Categorized in

विपन्न महिलालाई बाख्रा वितरण

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १८, बुधबार

गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तनहुँको म्याग्दे गाउँपालिकाका अतिविपन्न महिलालाई बाख्रा वितरण गरेको छ । विपन्न महिलालाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यसहित मन्त्रालयले गाउँपालिकाका २५ महिलालाई जनही दुईका दरले बोयर जातको बाख्रा वितरण गरेको हो । मन्त्रालयको विपन्न महिलालक्षित स्वरोजगार तथा आयआर्जन कार्यक्रमअन्तर्गत महिलालाई बाख्रा वितरण गरिएको मन्त्रालयका उपसचिव एवं सहकारी महाशाखा प्रमुख बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो । महिलालाई बाख्रा वितरण गर्दै गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले प्रत्येक गरीब विपन्न नागरिकको जीवनस्तरमा सुधार ल्याउनु सरकारको दायित्व रहेकाले कोही पनि गरीब हुनुनपर्ने गरी सरकारले योजना र कार्यक्रम ल्याउने बताउनुभयो । सबै नागरिकलाई धनी बनाएर देशलाई समृद्ध बनाउने वर्तमान सरकारको एक मात्र लक्ष्य रहेको उल्लेख गर्नुभयो ।
Categorized in

दुई स्थानीय तहले गरे छात्रालाई साइकल वितरण

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १७, मंगलबार

छोरी शिक्षालाई प्रोत्साहन गर्न र महिला सशक्तीकरणको पाटोलाई शिक्षासँग जोड्न महोत्तरी जिल्लाका दुई स्थानीय तहले ५०० बढी छात्रालाई साइकल वितरण गरेका छन् । जिल्लाका लोहारपट्टी नगरपालिका र सम्सी गाउँपालिकाले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमको प्रवद्र्धन गर्न आफ्नो भूगोल क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत सो सङ्ख्याका छात्रालाई सोमबार जनही एक÷एक साइकल वितरण गरेका हुन् । लोहारपट्टी नगरपालिकाले आफ्नो नगर क्षेत्रका पाँच सामुदायिक माध्यमिक विद्यालयमा कक्षा–१० मा अध्ययनरत ३०० छात्रालाई साइकल वितरण गरेको छ । शिक्षामा महिलाको पहुँच बढाउन, छोरी शिक्षालाई प्रोत्साहन गर्न कक्षा–१० का छात्रालाई साइकल वितरण गरिएको नगरप्रमुख शैलेन्द्र यादवले बताउनुभयो । छोरीलाई पढ्न नपठाउने, विद्यालय पुगेका छात्रा पनि उपल्लो तहसम्म नटिक्ने र छोरीको पठनपाठनबारे चासो नदेखिने अवस्था चिर्न कक्षा–१० कै छात्रालाई साइकल वितरण गरिएको प्रमुख यादवको भनाइ छ । त्यसैगरी सम्सी गाउँपालिकाले आफ्नो भूगोल क्षेत्रका आधारभूत र माध्यमिक विद्यालयमा कक्षा–८ मा अध्ययनरत सबै छात्रालाई साइकल वितरण गरेको छ । छोरी शिक्षामा सबै तहका सरकार हरतरहले सहयोग गर्न तत्पर छन् भन्ने सन्देश प्रवाह गर्न कक्षा–८ मा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शेष फारुखले बताउनुभयो । दुवै स्थानीय तहमा साइकल पाउने छात्रामा धेरैजसो विपन्न र विभिन्न अवसरबाट पछि पर्दै आएका जाति समुदायका छोरी परेका दुवै स्थानीय तहले जनाएका छन् । चालू आर्थिक वर्ष २०७५÷७६ को शिक्षातर्फ छुट्याइएको बजेटबाट साइकल वितरण गरिएको हो । लोहारपट्टी नगरपालिकाले माध्यमिक तहको शिक्षा लिइरहेकी एक शारीरिक अपाङ्गता भएकी छात्रालाई तीनपाङ्ग्रे स्कुटर र नगर क्षेत्रभित्रका स्वास्थ्य संस्थामा आबद्ध ५० महिला स्वास्थ्य स्वयंसेविकालाई पनि एक÷एक साइकल वितरण गरेको छ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत शिक्षा बीमा, महिलामैत्री शौचालयको निर्माणजस्ता कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन र महिला शिक्षालाई प्रोत्साहन गर्न थप कार्यक्रम अघि बढाइने दुवै स्थानीय तहले जनाएका छन् ।
Categorized in

पानी माग्दै देवताको शरणमा स्थानीयवासी

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १७, मंगलबार

लगाएको बाली खेतबारीमै सुक्न थालेपछि डोल्पाका किसान पानी माग्दै देवताको शरणमा पुगेका छन् । बाली लगाएदेखि अहिलेसम्म पानी नपर्दा मकै, धान सुक्न थालेपछि यहाँका किसानले चर्चित श्रीवाला त्रिपुरासुन्दरी मन्दिरमा पुगेर बलिसमेत चढाएका छन् । लामो खडेरी भई बाली सुकेपछि श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरबाट बाजागाजा शङ्खध्वनिसहित भगवतीको निशान निकालेर जलजात्रासमेत गरेको स्थानीय पूर्णचन्द्र न्यौपानेले बताउनुभयो । मानव उत्पत्तिको समयमा त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा मेघले समेत तपस्या गरेको हिन्दूहरूको आस्थाको धार्मिकग्रन्थ श्रीस्वस्थानीमा समेत वर्णन गरिएकाले पनि भगवतीलाई वर्षात्का देवीको रूपमा समेत लिने गरिएको मन्दिरका पुजारी लक्ष्मीप्रसाद उपाध्यायले बताउनुभयो । मन्दिरको फेदमा रहेको सिम कुनामूलस्थित मुहान, रल्ली सिमकुना मुहान र गल्लीस्थित भगवतीको गुठी जग्गामा रोपिएका धान खेतमा हिलो खेलेर आकाशतर्फ मन्दिरमा नित्यपूजा गरेर जल छर्कने गरिन्छ । डोल्पामा आकाशे पानीको भरमा खेती गरिँदै आएको छ । जिल्लाका त्रिपुरासुन्दरी, मुड्केचुला गाउँपालिका र ठुलीभेरी नगरपालिकामा पानी नपर्दा किसानको खेतबारीमा लगाएको बाली सुकेको छ । उत्पादनका हिसाबले निकै कम उर्वरभूमि रहेको डोल्पामा अधिकांश आयातित वस्तुले यहाँका स्थानीयवासीको दैनिकी चलेको छ । यहाँको ३० प्रतिशत भू–भागमा मात्र सिँचाइ सुविधा छ । यहाँको मुख्य बाली मकै, कागुनु र उवा सिमी हुन् ।
Categorized in

आँखा शिविर सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १६, सोमबार

जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको आयोजना र नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पताल, सुर्खेतको प्राविधिक सहयोगमा हुम्ला जिल्लाभरि आँखा शिविर सम्पन्न भएको छ । शिविरमा ताजाकोटमा कूल चेकजाँच ८४८, शल्यक्रिया ७५ जना र चश्मा १५० जना, श्रीनगरमा कूल चेकजाँच ६४०, शल्यक्रिया ५१ जना र चश्मा १०० जना, सोरुकोट मुगुमा कूल चेकजाँच ५४०, शल्यक्रिया ४१ र चश्मा १५० जना, सर्केगाड हुम्लामा कूल चेकजाँच ४४०, शल्यक्रिया दुई जना र चश्मा १४८ र सिमिकोट हुम्लामा कूल चेकजाँच ८९२, शल्यक्रिया ६० र निःशुल्क चश्मा वितरण २५६ लाई गरेको जिल्ला रेडक्रस शाखा हुम्लाका मन्त्री छेपाल दोर्जे लामा र जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख तुलसीप्रसाद अधिकारीले बताउनुभयो । सुर्खेत आँखा अस्पतालका डा शक्तिप्रसाद सुवेदी मेडिकल डाइरेक्टर, प्रेम दीक्षित वरिष्ठ नेत्र अधिकृत, विजय पाठक नेत्र सहायक, सन्त शेर्पा नेत्र सहायक, स्मृति आचार्य नेत्र सहायक, आहाम तामाङ नेत्र सहायक, दीपक कोइराला नेत्र सहायक, सामाजिक विकास मन्त्रालय, सुर्खेतबाट चक्रबहादुर खड्कासमेतको टोलीले मुगुको सोरुकोट हुँदै हुम्लाको दक्षिणी भेग ताँजाकोट, श्रीनगर, सर्केगाड र सिमिकोटमा आँखा शिविर सम्पन्न गरेको थियो । यसैबीच जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको आयोजनामा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा सिमिकोट गाउँपालिकाको वडा नंं ५ र ६ का ३५ जना ज्येष्ठ नागरिकलाई कम्बल, लठ्ठी, सल वितरण गरी दोसल्ला ओढाइ सम्मान गरिएको थियो । प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, जिल्ला समन्वय समिति प्रमुख दानबहादुर रावत, सिमिकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामा, उपाध्यक्ष बली रावत, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राजन रेग्मीसमेतले उक्त सामान वितरण गर्नुभएको थियो । ७० वर्षदेखि माथिका वृद्धवृद्धालाई सम्मान गरिएको उक्त कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख तुलसीप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Categorized in

सिसडोलमा आन्दोलन : प्रहरी र स्थानीयवासीबीच झडप

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १४, शनिबार

Categorized in

नमूना गाउँमा नयाँ उत्साह

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १२, बिहिबार

गाउँ, गाउँमा स्वागत गेट, अनि सरसफाइसम्बन्धी सन्देश लेखेको होर्डिङ बोर्ड देख्दा लाग्छ नयाँ पाउनालाई स्वागत गर्न ती बोर्ड राखिएका हुन् र पक्कै पनि गाउँमा कोही आउँदैछ भन्ने भान हुन्छ तर ती बोर्ड न स्वागतका लागि राखिएका हुन् न त कोही नयाँ पाहुना नै आउन लागेका हुन् । ती त नगरको समृद्धि र विकासको नयाँ स्वरूप दिन नलगाड नगरपालिकाले नमूना बस्ती निर्माण गरी दैनिक सबैलाई समानरुपमा स्वागत गर्नका लागि बनाएको संरचाना हुन् । उक्त नगरपालिकाको १३ वटा वडामा १३ वटा ठाउँ छनोट गरीे नमूना बस्ती बनाएर दैनिक सबैलाई स्वागत मात्र गरेको छैन, नयाँ संस्कार र संस्कृतिको जर्गेर्ना गर्न टेवासमेत पु¥याएको छ । हिलो, मैलो, धुलो र जथाभावी फोहर व्यवस्थापन गरी यहाँका बासिन्दाले गाउँको विकास गरी नयाँ स्वरुप बनाएकाले सबैको आकर्षणको केन्द्रबिन्दु बनेको हो । नयाँ संरचना र प्रस्तुतिले अन्य छिमेकी गाउँलाई समेत आफ्नो गाउँको स्वरूप बदल्न दबाबसमेत दिएको स्थानीय शिक्षक वीरबहादुर खत्रीले बताउनुभयो । ‘नयाँ नगर र समृद्धिका लागि जनताको नगर’ भन्ने नाराका साथ अगाडि बढेको उक्त नगरपालिकाले जनजागरण र उत्प्रेरणा नजगाई हाम्रो दैनिक क्रियाकलाप सफल नहुने भएकाले जागरणका साथै सोच्ने तरिका बदलिनुपर्नेमा जोड दिँदै आएको छ । नमूना बस्तीमा स्वागत प्रवेशद्वार, महिला, पुरुषका लागि सार्वजनिक शौचालय, चेतनामूलक सन्देश लेखिएका होर्डिङ बोर्ड, खानेपानी, सरसफाइयुक्त आदिको कार्य गरी नमूना बस्ती निर्माण गरिएको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो । गाउँ, गाउँमा नमूना बस्तीको सिको गर्दै अन्य गाउँमा समेत सरसफाइलाई ध्यान दिइएको स्थानीयवासीको भनाइ थियो । अहिले गाउँमा कुनै कार्यक्रम, सभा र सम्मेलन भएमा नयाँ द्वार निर्माण गर्नुपर्ने अवस्था नरहेको उनीहरूको भनाइ थियो । रु ७८ लाखको लागतमा नमूना बस्ती निर्माण गरिएको हो । गाउँ, गाउँमा जनचेतनामूलक सन्देश, खानेपानीको आपूर्ति, स्वास्थ्यमा पहुँचलगायत विषयमा समेत नगरपालिकाले जोड दिएको छ । प्रत्येक वडामा सरसफाइ समिति गठन गरी टोल विकास र जनचेतनाका लागि बृहत् छलफल हुँदै आएको छ। सुर्ती तथा मदिराजन्य पदार्थ सेवनमा रोक लगाएको नगरले आयातित मालाभन्दा स्थानीय फूलबाट निर्माण गरिएका माला प्रयोगमा जोड दिइएकाले स्थानीयवासीको करेसाबारीमा फूल फुलेको देख्न पाइने गरेको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । नमूना बस्तीमा नमूना विद्यालय छनोट गरी शैक्षिक स्थिति सुधार्न सबै कुराको व्यवस्थापन गरिएको उहाँको भनाइ थियो। पहिलोको भन्दा यो वर्ष नगरपालिकाभित्रका विद्यालयको भर्नादर र उत्तीर्णदरसमेत बढेको छ । सिकाइस्तर पनि बढेको शिक्षा नगरशाखाले जनाएको छ । नमूना विद्यालय हामीले पनि बनाउन पाउनुपर्छ भन्दै अहिले नगरमा दैनिक मागपत्र पेश गर्नेको सङ्ख्या धरै छ । भेरी नदी र नलगाड नदीमा जलचर प्राणी मार्न प्रतिबन्ध लगाएको नगरले समग्र विकासका लागि नयाँ अभियान सञ्चालन गर्न र सहकार्य गर्न जोड दिएको छ ।
Categorized in

Pages