राष्ट्रिय
-
२०७५ फाल्गुण १४, मंगलबार
प्रेस स्वतन्त्रतामैत्री कानून बनाउन माग
नेपाल पत्रकार महासङ्घले नेपालको संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्दै सञ्चारसम्बन्धी कानून र संरचना निर्माण गर्न तीनै तहका सरकारसँग माग गरेको छ । महासङ्घले यही फागुन ९ र १० गते पोखरामा सम्पन्न केन्द्रीय साधारणसभाबाट पारित प्रस्तावका बारेमा जानकारी गराउँदै प्रेस स्वतन्त्रता सङ्कुचित पार्ने कुनै पनि किसिमका नीति, ऐन, कानून, नियमावली, निर्देशिका र संरचना नबनाउन...
-
२०७५ फाल्गुण १४, मंगलबार
मृत्युदण्ड अन्त्य हुनैपर्छः नेपाल
नेपालले विश्वव्यापी रुपमा नै मृत्युदण्ड अन्त्य हुनुपर्ने आफ्नो अडान दोहो¥याएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को जेनेभामा जारी चालिसौँ बैठकका सन्दर्भमा मृत्युदण्डसम्बन्धी उच्चस्तरीय बहसमा भाग लिँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको त्यस्तो अडान प्रस्तुत गर्नुभएको हो । आधुनिक नेपालमा राज्यद्रोह र सैनिक कारवाहीबाहेक अन्य अवस्थामा मृत्युदण्डविरुद्ध निषेधादेश सन् १९३१ मा...
-
२०७५ फाल्गुण १४, मंगलबार
प्रदेश नं ५ को स्थायी राजधानी दाङको विकल्प नभएको सुझा
प्रदेश नं ५ को स्थायी राजधानी र नामकाबारेमा यहाँ सुझाव सङ्कलनार्थ आएको प्रदेशसभा सदस्य तथा विशेष समितिको टोलीसँग संवाद समिति दाङले आज अन्तरक्रिया गरेको छ । सो कार्यक्रमका वक्ताले प्रदेश नं ५ को स्थायी राजधानीका लागि दाङको विकल्प नभएको बताउनुभयो । स्थायी राजधानीबारे सुझाव सङ्कलनका लागि गठित विशेष समितिका सदस्य निर्मला क्षेत्री, कल्पना पाण्डे सहभागी सो छलफल कार्यक्रममा बोल्ने व्यक्तिहरुले प्रदेशका...
-
२०७५ फाल्गुण १४, मंगलबार
‘पठाओ’को सेवा नरोक्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले यातायातको क्षेत्रमा निजी व्यवसाय सञ्चालन गरिरहेको ‘पठाओ’को सेवा रोक्न अस्वीकार गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज मोटरसाइकल र स्कुटरबाट निजी व्यवसाय सञ्चालन गरिरहेको पठाओको सेवा रोक्न अस्वीकार गरेको हो । निजी प्रयोजनमा प्रयोग हुने मोटरसाइकल र स्कुटरमा व्यवसाय चलाउन रोक लगाउन माग गर्दै श्यामकुमार श्रेष्ठले गत माघ २८ गते सर्वोच्च अदातलमा...
-
२०७५ फाल्गुण १४, मंगलबार
दोलखा र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर पराकम्प
मंगलबार अपरान्ह दोलखा र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर पराकम्प गएको हो । भूकम्पमापन केन्द्रका अनुसार ४ः१५ बजे दोलखा केन्द्रबिन्दू र ४ः२० मा सिन्धाुपाल्चोक केन्द्रबिन्दू भएर भूकम्पको पराकम्प गएको हो । दोलखामा ४.४ रेक्टर स्केल र सिन्धुपाल्चोकमा ४.१ रेक्टर स्केलको पराकम्प गएको भूकम्पमापन केन्द्रले जनाएको छ । यसअघि फागुन ४ गते काठमाडौं केन्द्रबिन्दू बनाएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो ।
-
२०७५ फाल्गुण १४, मंगलबार
बेलायती राजदूत रिचार्ड मोरीस पूर्वप्रधानमन्त्री नेपाल बिच भेटवार्ता
नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरीसले पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग आज भेटवार्ता गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीको निवास कोटेश्वरमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था, भूतपूर्व गोर्खा सैनिकको समस्या, बेलायती सेनामा नेपाली महिला सहभागिता, बेलायती सहयोगको अभिवृद्धि, गएको हप्ता बेलायतमा भएको नेपालमा लगानी वृद्धि गर्ने बारेको छलफललगायत विविध पक्षमा...
-
२०७५ फाल्गुण १३, सोमबार
टोकियोमा आर्थिक स्थिति कमजोर तथा जेहेन्दार बिधार्थी सहयोगार्थ च्यारिटी बजार हुने
आर्थिक स्थिति कमजोर तथा जेहेन्दार बिधार्थी सहयोगार्थ टोकियोमा च्यारिटी बजार हुने भएको छ। टोकियोको सिन कोईवा स्थित ठमेल हलमा च्यारिटी बजार हुने भएको छ ि२०१९ फेब्रुअरी २४ तारेख आईतवारका दिन टोकियो ,सिन कोईवाको ठमेल हलमा दिउँसो ११ बजे देखि च्यारिटी बजार हुने ग्लोबल नेपाल नेटवर्कका संयोजक सुनिल कुमार शाक्यले जानकारी दिएको छ । निम्न आय भएका तथा जेहेन्दार बिधार्थीहरुको सहयोगार्थ च्यारिटी बजार गर्न...
-
२०७५ फाल्गुण १३, सोमबार
उपत्यकामा हर्न कारवाहीः एकैदिन १७१ सवारीसाधन कारवाहीमा
ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको हो । महाशाखाले आइतबार मात्र १७१ सवारीसाधनलाई कारवाही गरेको छ । ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास...
-
२०७५ फाल्गुण १२, आइतबार
भाषाविज्ञ पोखरेलको निधन
वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको आज बिहान निधन भएको छ । विगत एक महीनादेखि अस्वथ्य स्व पोखरेलको आज बिहान १ बजे ८६ वर्षको उमेरमा निधन भएको हो । उहाँको विराटनगर–८ कलेज रोडस्थित आफ्नै घरमा निधन भएको हो । मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि शनिबार अस्पताल भर्ना गरिएको थियो । बालकृष्ण पोखरेलका ११५ कृति प्रकाशित भएको युवा साहित्कार मीनकुमार नवोदित...
-
२०७५ फाल्गुण १२, आइतबार
मधेशी र थारु आयोगका प्रस्तावित अध्यक्षको संसदीय सुनुवाई
हुँदैछ । दुबै आयोगका प्रस्तावित अध्यक्षको सुनुवाईका लागि संघीय संसदको सुनुवाई समितिको बैठक ११ बजेपछि बस्ने गरी बोलाइएको छ । संवैधानिक परिषदले मधेशी आयोगमा विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीको नाम प्रस्ताव गरेको थियो । यसअघिको बैठकमा सुनुवाई भएका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा प्रस्तावित बालनन्द पौडेल र राष्ट्रिय समावेशी आयोगमा प्रस्तावित शान्तराज सुवेदीको विषयमा पनि आजको...
-
२०७५ फाल्गुण १२, आइतबार
सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ४८ हजार चालकलाई प्रशिक्षण
काठमाडौँ, १२ फागुन ९रासस० स् नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि ४८ हजार चालक तथा सहचालकलाई प्रशिक्षण दिने भएको छ । सङ्गठनले पछिल्लो समय सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सो अभियान सञ्चालन गर्न लागेको हो । सङ्गठनका अध्यक्ष भीमज्वाला राई नेपालमा दैनिक ७÷८ मानिसले सडक दुर्घटनाबाट अकालमा ज्यान गुमाउनु परेको घटनालाई मध्यनजर गर्दै उक्त...
-
२०७५ फाल्गुण ११, शनिबार
गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत, भदौदेखि व्यावसायिक उडान
– रमेश लम्साल रासस सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन । कामको गति कछुवाको जस्तै थियो । समस्या समाधानका लागि भएका पहलसमेत सकारात्मक हुनसकेको थिएन । निर्माण सामग्री उपलब्ध हुनसकेको थिएन । नेपाल नागरिक उड्डयन प्राधिकरणले...


