राष्ट्रिय
-
२०७५ फाल्गुण ५, आइतबार
सः छगू फरक अभिब्यक्तिमा मथुरा साय्मि
सः छगू फरक अभिव्यक्ति अन्तर्गत मथुरा साय्मिको प्रस्तुतिको रुपमा तेश्रो नेपालभाषा साहित्य गोष्ठी हालै सम्पन्न भयो । शनिबार पाटनमा भएको सो कार्यक्रममा वरिष्ठ साहित्यकार तथा कथाकार मथुरा साय्मिले एकल कथा वाचन गरिएको थियो । लेखक साय्मिले बाध्यात्मक रुपमा चली आएको कुसंस्कारलाई नाग्न नसकेर आफ्नी मातालाई औषधीमुलो गर्न नसकेर बचाउन नसकेको गरिबको मनमा वाण हान्ने खालको कथा, विकासको नाममा सरकारले...
-
२०७५ फाल्गुण ५, आइतबार
‘माय् औसं च्वनेगु’
प्रा. वीणा पौड्याल सनातन धर्मावलम्बीका विभिन्न पुराण फरक–फरक समयमा लिपिबद्ध भएका छन् । स्वस्थानी व्रतकथा संस्कृत र नेपाली भाषासँंगै नेपाल भाषा (नेवारी भाषा) मा पनि श्रवण गर्न सकिने भएकाले काठमाडौंमा यस पुस्तकको महत्त्व विशेष छ । स्वस्थानी १४ औंर१५ औं शताब्दीमा लेखिएको पुराण हो । स्वस्थानी व्रतकथालाई साहित्यिक दृष्टिकोणबाट विश्लेषण गर्दा यसका धेरै प्रसङ्ग महिलामैत्री छैनन् । देव, दानव र मानव...
-
२०७५ फाल्गुण ४, शनिबार
सुदूरपश्चिम अख्तियारमा उजुरी बढ्दो
सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनियमितता र भ्रष्टाचारका उजुरी बढी पर्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । विगतमा शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी बढी पर्ने गरेकामा पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई लिएर उजुरीको सङ्ख्या बढेको छ । सुदूरपश्चिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्याङ्कअनुसार चालू आवको छ महीनामा सुदूरपश्चिमका नौ जिल्लाबाट ३५०...
-
२०७५ फाल्गुण ४, शनिबार
कीर्तिपुरमा चार रिक्टरको परकम्प
कीर्तिपुर आसपास केन्द्रबिन्दु भई चार रिक्टर स्केलको परकम्प भएको छ । आज साँझ ८ बजेर ३४ मिनेटको समयमा परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यो भूकम्प नभई गोरखा भूकम्पको परकम्प हो । काठमाडौँमा पनि परकम्पको ठूलो धक्का महसुस भएको थियो । यसअघि फागुन २ गते ताप्लेजुङको कञ्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर ४।६ रिक्टर...
-
२०७५ फाल्गुण ३, शुक्रबार
पोखरामा ‘बहुसंस्कृति ग्राम’ बनाइने
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले साहित्य, कला र पर्यटनलाई जोड्दै सबै जातिको संस्कृतिको प्रतिविम्ब झल्कने उद्देश्य राखेर प्रदेश सरकारले पोखरामा ‘बहुसंस्कृति ग्राम’ बनाउन लागेको जानकारी दिनुभएको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफरद्वारा सञ्चालित सप्तरङ्ग महासङ्गीत यात्राको आज साँझ पोखरामा शुभारम्भ गर्दै उहाँले सामाजिक सद्भावलाई प्रवद्र्धन गर्न राष्ट्रिय एकताका साथ समृद्ध नेपाल निर्माण...
-
२०७५ फाल्गुण ३, शुक्रबार
ताप्लेजुङमा ४.६ रिक्टरको भूकम्प
ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ रिक्टर स्केलको भूकम्प गएको छ । साँझ ५ बजेर ११ मिनेटको समयमा कञ्चनजङ्घा र भारतको सिक्किम सिमानामा भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यो परकम्प नभई भूकम्प हो । गोरखा भूकम्पछि निरन्तर परकम्प गइरहेका छन् । सानातिना भूकम्प पनि आइरहेका छन् । पछिल्लो समय परकम्प...
-
२०७५ फाल्गुण ३, शुक्रबार
चित्रकलामार्फत ‘जात्राको नायक’ को स्मरण
–सञ्चिता घिमिरे रातको समयमा हुने जात्रामा एकजना व्यक्तिलाई चिराग (नेवारीमा चिलाग भनिन्छ) बोक्ने जिम्मेवारी दिइएको हुन्छ । त्यो व्यक्तिले विशेष खालको भाडामा बत्ती राखेर बोक्दै नगर घुमाउँछ । बत्ती बोक्दा उसले जात्रामा संलग्न अरुलाई उज्यालो दिएर बाटो देखाउँछ । बत्तीको प्रचलन, राखिने भाडा र तेल थप्नका लागि प्रयोग हुने भाडाको नेवारी संस्कृतिमा विशेष महत्व हुन्छ । सिनेमा वा नाटकमा पर्दा पछाडि बसेर काम...
-
२०७५ फाल्गुण ३, शुक्रबार
मुआब्जा निर्धारण नगरी सडक विस्तार अघि बढाएको भन्दै अवरोध
सडक विस्तारसँगै दाँयाबाँया पर्ने जग्गाको मुआब्जा रकम नपाएको भन्दै नुवाकोटको विदुर नगरपालिकास्थित विभिन्न वडाका बासिन्दाले निर्माणमा अवरोध पु¥याएका छन् । ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबँेसी–रसुवागढी’ सडक योजनाअन्तर्गत विदुर नपा–१ र १० मा मुआब्जा निर्धारण नगरी सडक विस्तार अघि बढाएको भन्दै प्रभावित बासिन्दाले काम गर्न अवरोध गरेका हुन् । सडक विस्तार गर्न नदिएको भन्दै बिहीबार वडा नं–१० का वडाध्यक्ष...
-
२०७५ फाल्गुण ३, शुक्रबार
३ न. प्रदेशस्तरीय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन
यही फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन प्रदेश नं ३ को मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा ३४१ सदस्यीय प्रदेशस्तरीय मूल समारोह समिति गठन गरिएको छ । आज गठन गरिएका उक्त समितिका उपाध्यक्षमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल र सदस्य सचिवमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव आनन्दराज ढकाल रहनुभएको छ । उक्त समितिका सदस्यमा प्रदेश नं ३ का मन्त्री,...
-
२०७५ फाल्गुण ३, शुक्रबार
नेपाल आदिवासी जनजाति महासंघ परिचय
नेपालका सम्पूर्ण आदिवासी जनजातिहरूको प्रतिनिधिमूलक साझा संस्था नेपाल आदिवासी जनजाति महासंघ हो । सम्वत् २०४७ सालमा स्थापना भएको महासंघ एक स्वायत्त, राजनीतिक रुपमा गैरपक्षपाती र मुनाफारहित राष्ट्रिय संस्था हो । नेपालका आदिवासी जनजातिहरूको हक, हित, अधिकारका लागि महासंघ आफ्नो स्थापना कालदेखि विश्वभरका आदिवासीय संघसंस्थाहरूसँग सहकार्य गर्दै निरन्तर क्रियाशील रहँदै आएको छ । महासंघमा ५६ आदिवासी जनजातीय...
-
२०७५ फाल्गुण २, बिहिबार
‘“गरीबी निवारण र बेरोजगारी अन्त्यमा सबैको चासो आवश्यक”
पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले गरीबी निवारण र बेरोजगारी अन्त्यका लागि सबैको चासो आवश्यक रहेको बताउनुभएको छ । नयाँ शक्ति नेपालले शुरु गरेको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ अभियानअन्तर्गत आज तनहुँ आइपुग्नुभएका डा भट्टराईले भानु नगरपालिका–९ बाइस जाँगरमा आयोजित सभामा गरीबी निवारण र बेरोजगारी समस्या हल नभएसम्म देश विकास सम्भव नरहेको बताउनुभएको हो ।...
-
२०७५ फाल्गुण २, बिहिबार
राष्ट्रिय समाचार समितिको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ भट्टराई र श्रेष्ठलाई
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राष्ट्रिय समाचार समिति (रासस) ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ यस वर्ष रासस केन्द्रीय कार्यालयका प्रमुखसमाचारदाता तीर्थप्रसाद भट्टराई र उपव्यवस्थापक ९श्रव्य÷तस्वीर उपसम्पादक० रामलाल श्रेष्ठलाई प्रदान गर्ने भएको छ । प्रमुख समाचारदाता भट्टराई २०५१ सालदेखि र उपव्यवस्थापक श्रेष्ठ २०४४ सालदेखि राससमा प्रवेश गर्नुभएको थियो । सङ्गठनको हालै...


