राष्ट्रिय
-
२०७५ फाल्गुण १६, बिहिबार
‘खादा’ भनेको के हो ?
खाः हिउँ , ताक – चिन्ह अर्थात लगाउने खातकलाई अपभ्रम्श भएर पछि खादा भएको हो। हिमाली क्षेत्रमा शुभमंगल होस भनि हिउँजस्तो स्वच्छ रंगको चिन्ह सम्मानस्वरुप लगाइदिनु हो । यो खादा लगाउने संस्कार शाक्यमुनि बुद्ध जन्मिनुभन्दा पहिलेदेखि चलिआएको थियो । त्यो बेला सेतो रंगमात्र चलाउने गर्थ्यो । अहिले सजिलैसंग बिभिन्न रंगको कपडा पाउने भएको हुँदा पाँच रंगको खादाहरु प्रयोगमा ल्याएको छ । यो बिशेषतः ३ कार्यमा...
-
२०७५ फाल्गुण १६, बिहिबार
हेलिकप्टर दुर्घटना प्रकरणः शव परीक्षणका लागि काठमाडौँ पठाइने
सुकेटार, दुर्घटनाग्रस्त हेलिकप्टरका यात्रुहरूका शव काठमाडौँ पठाउन आवश्यक कानूनी प्रक्रिया पूरा गर्न विमानस्थलमै बसेको जिल्ला सुरक्षा समितिको बैठकले ताप्लेजुङमा शवपरीक्षण हुन नसक्ने ठहर गरेको छ । बैठकले परीक्षणको प्रयोजनका लागि काठमाडौँ पठाउने निर्णय गरेको छ । तर निरन्तर बिग्रँदो मौसमले शव काठमाडौँतर्फ पठाउन ढिलाइ भइरहेको छ । ताप्लेजुङमा निरन्तर हिमपात भइरहेको छ र अधिकांश क्षेत्रमा कुहिरोले...
-
२०७५ फाल्गुण १६, बिहिबार
राष्ट्रिय शोकको कारण प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने
आजका लागि तय भएको प्रतिनिधिसभाको बैठक शुक्रबार दिनको ३ बजे बस्ने गरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले आज एक सूचनामार्फत् आजको बैठक स्थगन भएको जानकारी दिनुभयो । बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत सात जनाको निधन भएकामा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेकाले...
-
२०७५ फाल्गुण १६, बिहिबार
बुढेसकालमा मुग्लानकै भर
शेरबहादुर सिंह भीमदत्तनगर, निधारमा रातो टीका, पिठ्युँमा झोला र मलिन अनुहार लिएर दुई दिनअघि पश्चिमी नाका गड्डाचौकीबाट मजदुरीका लागि भारत जाँदै गरेका ५८ वर्षीय वृद्ध मनोरथ प्याकुरेल चार दशक परिश्रम गर्न घर बाहिर नै रहनुभयो । कैलालीको लम्कीचुहा नगरपालिका–१ का प्याकुरेल विसं २०३६ मा मजदुरीका लागि पहिलो पटक भारत जानुभयो । विपन्नताले च्यापेपछि कलिलो उमेरमै भारतका विभिन्न शहरमा मजदुरीमा होमिनुभएका...
-
२०७५ फाल्गुण १६, बिहिबार
अधिकारीको शुक्रबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने गण्डकीका सबै जिल्लामा शोकसभा
ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी बुधबार निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शुक्रबार यहाँस्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । अन्त्येष्टिअघि अधिकारीको शवलाई सम्मानका लागि बिहान नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिने र त्यसपछि नयाँबजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक हुँदै रामघाटसम्म शवयात्रा गरी अन्त्येष्टि गरिने नेकपाका...
-
२०७५ फाल्गुण १६, बिहिबार
रवीन्द्र स्मृति उद्यान नामकरण
पोखरा महानगरपालिका–५ मा रहेको सूर्यचन्द्र स्मृति वाटिकाको नाम परिवर्तन गरेर रवीन्द्र स्मृति उद्यान राख्ने निर्णय गरिएको छ । सूर्यचन्द्र स्मृति विकास समाजको बुधबार बसेको बैठकले वाटिकाको नाम परिवर्तन गरी रवीन्द्र स्मृति उद्यान नामकरण गर्ने निर्णय गरेको समाजका पूर्वअध्यक्ष एवं वडा नं ५ का अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिनुभयो । बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पोखरा–५...
-
२०७५ फाल्गुण १६, बिहिबार
श्रद्धान्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित
टुँडिखेलमा हुने भनिएको श्रद्धान्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित भएको छ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको पोष्टमार्टम गर्न अझै केही घन्टा लाग्ने भएकोले लि विहान ८ बजेसम्मका लागि स्थगित भएको हो ।
-
२०७५ फाल्गुण १५, बुधबार
हिमपातले मर्न थाले चौँरी
महीनौँको निरन्तर हिमपातले मानव जीवन कष्टकर त छ नै, हिमाली जिल्लाको पहिचानका रूपमा रहेको मनाङमा चौँरीपालक किसान अहिले रुनु न हाँस्नु भएका छन् । महीनौँ दिनसम्म लगातार परेको हिमपातले चौँरी मर्न थालेपछि किसान रुनु न हाँस्नु भएका हुन् । जिल्लामा रहेका चाँरीगोठ हिउँले पुरिएका छन् भने हिमपात खप्न नसकेर भाग्ने क्रममा चौँरी लडेर मरेका हुन् । जिल्लाभरि करीब एक हजार ५०० देखि दुई हजार सङ्ख्यामा रहेका चौँरी...
-
२०७५ फाल्गुण १५, बुधबार
‘मेची–महाकाली अभियान सरकारविरुद्ध होइन’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले गर्ने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सरकार वा कुनै दलविरुद्ध नभएको बताउनुभएको छ । ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’को उद्घाटन गर्न ताप्लेजुङ जाने क्रममा झापाको चन्द्रगढी विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले हिन्दू राष्ट्रको पुनः स्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब...
-
२०७५ फाल्गुण १५, बुधबार
शान्ति खोज्दै लुम्बिनीमा
–नीरा गौतम म्यान्माका भिक्षु प्रज्ञाश्री हरेक वर्ष लुम्बिनी आउनुहुन्छ । बुद्ध जन्मस्थल आउँदा उहाँलाई साक्षात बुद्धकै दर्शन गरेर पवित्र भएको अनुभूति हुन्छ । म्यान्मास्थित मोगोकमा जन्मिनुभएका भिक्षु प्रज्ञाश्री नेपाली मूलका बर्मेली हुनुहुन्छ । उहाँका जिजुबुबा छविलाल भट्टराई नेपालबाट मोगोकमा बसाइँ सर्नुभएको थियो तर उहाँलार्ई नेपाल र लुम्बिनीप्रति अथाह स्नेह छ । “म बर्मामा भए पनि बुद्धको देश सधैँ...
-
२०७५ फाल्गुण १५, बुधबार
मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको आकस्मिक बैठक आमन्त्रण गर्नुभएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आमन्त्रण गरिएको छ । ताप्लेजुङको दारेढुङ्गामा आज सो हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनास्थलमा सुरक्षाकर्मी पुग्दा हेलिकप्टर आगलागी भएको अवस्थामा भेटिएको...
-
२०७५ फाल्गुण १४, मंगलबार
प्रेस स्वतन्त्रतामैत्री कानून बनाउन माग
नेपाल पत्रकार महासङ्घले नेपालको संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्दै सञ्चारसम्बन्धी कानून र संरचना निर्माण गर्न तीनै तहका सरकारसँग माग गरेको छ । महासङ्घले यही फागुन ९ र १० गते पोखरामा सम्पन्न केन्द्रीय साधारणसभाबाट पारित प्रस्तावका बारेमा जानकारी गराउँदै प्रेस स्वतन्त्रता सङ्कुचित पार्ने कुनै पनि किसिमका नीति, ऐन, कानून, नियमावली, निर्देशिका र संरचना नबनाउन...


