STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

‘खादा’ भनेको के हो ?

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १६, बिहिबार

खाः हिउँ , ताक – चिन्ह अर्थात लगाउने

खातकलाई अपभ्रम्श भएर पछि खादा भएको हो। हिमाली क्षेत्रमा शुभमंगल होस भनि हिउँजस्तो स्वच्छ रंगको चिन्ह सम्मानस्वरुप लगाइदिनु हो ।

यो खादा लगाउने संस्कार शाक्यमुनि बुद्ध जन्मिनुभन्दा पहिलेदेखि चलिआएको थियो । त्यो बेला सेतो रंगमात्र चलाउने गर्थ्यो । अहिले सजिलैसंग बिभिन्न रंगको कपडा पाउने भएको हुँदा पाँच रंगको खादाहरु प्रयोगमा ल्याएको छ ।

यो बिशेषतः ३ कार्यमा प्रयोग गरिन्छ ।

मानव जिवनमा बिशेषतः ३ महत्वपूर्ण कार्यहरु हुन्छन् । जन्म, विवाह (शुभकार्य) र मृत्यु

विशेषतः यी तीन कार्यमा प्रयोग गरिन्छ । बोद्धमार्गीहरुले हरेक शुभ कार्यमा यो प्रयोग गर्ने प्रचलन सदियौंदेखि रहेको छ । यदि खादा नभएमा बौद्धमार्गीहरुको कुनैपनि कार्य गर्न सकिंदैन ।

यसमा टाशी ताकगे अर्थात् अष्टमंगलको चिन्ह हुन्छ र चारओटा शुभआर्शिवादको हरफहरु लेखेको हुन्छ ।

१. ङिन्मो देलेग छेन्देलेग ः दिनमा पनि शुभमंगल होस् र रातमा पनि शुभमंगल होस् ।

२. ङिन्मोइ गुङ्याङ् देलेगसिं ः दिनमा पनि त्यसैगरि शुभमंगल भैरहोस् ।

३. ङिन्छेन् तकतु देलेक्पा ः दिनरात सदा शुभमंगल होस्

४. कोन्छ्योग् सुमगी टाशीस्योग ः त्रिरत्न (बुद्ध रत्न, धर्मरत्न, संघ रत्न) को शुभमंगल होस् ।

अष्टमंगल ः यो बौद्धमार्गी र हिन्दु धर्मलम्बीहरुले अष्टमंगल हरेक शुभ कार्यमा प्रयोग गर्ने गरिन्छ । यी आठ चिन्हरुले निम्न लिखित प्रतिकको संकेत गर्दछ ।

१. छाता ः शिर २. बिजयध्वजा ः शरिर, ३. माछा ः आँखा, ४. कलश ः घाँटी, ५. कमलको फुल ः जिब्रो, ६. श्रीवत्स ः छाती, ७. शंख ः ध्वनी, स्वर, ८. चक्र ः पैदला, यसले बुद्ध भगवानको पुरा शरिरलाई जनाउँदछ ।

खादा पाँच रंगको हुन्छ ः

यो रंगको अर्थ लामा अर्थात् टिबेटन भाषा र नेपाली तथा हिन्दु धर्मावलम्बी भाषामा फरक फरक रहेको छ ।

सेतो ः बैरोचना बुद्ध, पहेलो ः रत्न सम्भव, रातो ः अमिताब बुद्ध, निलो ः अक्ष्योभ्य बुद्ध, हरियो ः अमोधसिद्दि बुद्ध । नेपाली भाषामा सेतो ः पवित्र, पहेलो ः शान्ती, रातो ः शक्ति, निलो ः प्रगति, हरियो ः शौभाग्य

पाँच रंगले पञ्चतत्वलाई पनि जनाउँदछ ।

रातो ः अग्नि तत्व, पहेलोः पृथ्बी तत्व, निलो ः आकाश तत्व, हरियो ः जल तत्व, सेतो ः वायु तत्व ।

Categorized in राष्ट्रिय