STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

टोकियोमा आर्थिक स्थिति कमजोर तथा जेहेन्दार बिधार्थी सहयोगार्थ च्यारिटी बजार हुने

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १३, सोमबार

आर्थिक स्थिति कमजोर तथा जेहेन्दार बिधार्थी सहयोगार्थ टोकियोमा च्यारिटी बजार हुने भएको छ। टोकियोको सिन कोईवा स्थित ठमेल हलमा च्यारिटी बजार हुने भएको छ ि२०१९ फेब्रुअरी २४ तारेख आईतवारका दिन टोकियो ,सिन कोईवाको ठमेल हलमा दिउँसो ११ बजे देखि च्यारिटी बजार हुने ग्लोबल नेपाल नेटवर्कका संयोजक सुनिल कुमार शाक्यले जानकारी दिएको छ । निम्न आय भएका तथा जेहेन्दार बिधार्थीहरुको सहयोगार्थ च्यारिटी बजार गर्न लागिएको र उक्त बजारमा सामानहरु बिक्री भएर जम्मा भएको सम्पूर्ण रकम बिधार्थिहरुलाई हस्तान्तण गरिनेछ । नेपालको आर्थिक अवस्था कमजोरहरुको सहयोग स्वरूप हजारौं वटा राम्रा राम्रा लुगाफाटाहरु र अन्य सामानहरु च्यारिटी बजारको लागि जापानीहरुले उपलब्ध गरिएको छ   साना बाल बालिकाहरुको लुगाफाटाहरु पनि धेरै भएको हुनाले बाल बालिका भएका अभिबावहरु पाल्नु भइ उक्त अवसर भरपुर उपयोग गर्नु हुन हार्दिक अनुरोध गरिएको छ सामानहरु १० यन देखि उपलब्ध भएको जानकारी गरिएको छ सामानहरु उपलब्ध गराई सहयोग गर्नु हुने सम्पूर्ण जापानीहरुलाई धन्यवाद दिंदै यस च्यारिटी बजार दयालु जापानीहरुको सहयोगले गर्दा नै गर्न सकिएको जानकारी शाक्य दिनु भयो । सेवा नै धर्म हो भन्ने भावनाले दोसैो पटक गनू लागेको हो । गत सालको अक्टोवर महिनामा मिर्गौला पिडित पत्रकार आशाकाजी महर्जन सहयोगार्थ पहिलो पटक च्यारिटी बजार सम्पन्न भएको थियो उक्त च्यारिटी बजारबाट संकलन भएको १५६०० यन पत्रकार महर्जनलाई हस्तान्तरण गरिसकेको छ । उक्त च्यारिटी बजार सफल पार्न नेपाली तथा जापानी साथीहरु र सपरिवार पाल्नु भई सहयोग गर्नु हुन अनुरोध गरिएको छ ।
Categorized in राष्ट्रिय