STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रिय

  • २०८० माघ २४, बुधबार

    लोक भजन संरक्षण अभियान

    रामपुर (पाल्पा) भजन गाउँदा र सुन्दा हरेकलाई आनन्दित तुल्याउँछ । गाउँघरमा हुने विभिन्न धार्मिक कार्यमा लोक भजन गाउने र नाच्ने चलन परम्परादेखि नै चलिआएको संस्कृति हो । पछिल्लो समय नयाँपुस्ताले भजन गाउन नसिक्दा लोपोन्मुख अवस्थामा पुगेकामा ज्येष्ठ नागरिक चिन्तित बनेका छन् । भजनको महत्वलाई जोगाइराख्न पाल्पाको रामपुर नगरपालिकामा ‘खुुला लोक भजन प्रतियोगिता’ हुने भएको छ । रामपुर भजनकीर्तन मण्डलीको...

  • २०८० माघ २४, बुधबार

    बाँसबारी जग्गा प्रकरण स् चौधरीसहित तीन रिहा

    बाँसबारी छाला जुत्ता कारखाको जग्गा प्रकरणमा पक्राउ परेका च्याम्पियन फूटवेयर लिमिडेटका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीन जना रिहा भएका छन् ।     जिल्ला अदालत काठमाडौँको आदेशअनुसार आज चौधरीसहित बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सिजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर हाजिरी जमानीमा रिहा भएको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०...

  • २०८० माघ २२, सोमबार

    विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले फिर्ता लिए राजीनामा

    काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा फिर्ता लिएका छन् । चन्दले प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा रहेको राजीनामा पत्र फिर्ता लिएर गएका हुन् । ‘उहाँ (चन्दले) आफ्नो राजीनामा पत्र फिर्ता लिनुभएको छ,’ मानव स्रोत विभागका एक अधिकृतले भने। उनी काममा फर्के नफर्केको बारे भने मानव स्रोत विभागका ती अधिकारीले...

  • २०८० माघ २१, आइतबार

    पत्रकार राष्ट्रिय दबू काभ्रेको साधारणसभा सम्पन्न

    देशभरका नेवार पत्रकारहरुलाई पछिल्लो समय साधारण सभाको चटारो छ । यहि क्रममा शनिबार नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रे जिल्ला शाखाले पाँचौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ भने ललितपुर जिल्ला शाखाले आइतबार साधारण सभा गरिसकेको छ । यही क्रममा भक्तपुरले माघ २८ गते गर्ने भएको छ । फागुन ५ गते शनिबार केन्द्रीय साधारणसभा गर्नुअघि देशभरका विभिन्न जिल्लामा बिस्तार गरिएका पत्रकार राष्ट्रिय दबूका शाखाहरुमा...

  • २०८० माघ १९, शुक्रबार

    चन्द्रागिरी, दामन तथा सीमभञ्ज्याङ क्षेत्रमा हिमपात

    काठमाडौं - मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सीमभञ्ज्याङ क्षेत्रमा हिमपात भएको छ। दामन सीमभञ्ज्याङ क्षेत्रमा हिमपात भएपछि स्थानीय किसान, होटल व्यवसायी खुसी भएका छन्।  इलाका प्रहरी कार्यालय थाहानगरका प्रहरी निरीक्षक यम थापामगरले सीमभञ्ज्याङ क्षेत्रमा बिहीबार साँझदेखि हिमपात सुरु भएको जानकारी दिए। थप हिमपात भए त्रिभुवन राजपथ अवरुद्ध हुने सम्भावना रहेको उनले बताए।  दामन सीमभञ्ज्याङ क्षेत्रबाट...

  • २०८० माघ १८, बिहिबार

    नारायणगढ–मुग्लिन सडक दिउँसो तीन साता बन्द हुने

    काठमाडौं - नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ। सो सडक खण्डको तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो।  आज जिल्ला प्रशासन कार्यालय चितवनमा भएको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको नागढु्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड–नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इञ्जिनियर...

  • २०८० माघ १८, बिहिबार

    आजको मौसम स् कर्णाली र सुदूरपश्चिममा हल्का वर्षादेखि हिमपात

    नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।     महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा, कर्णाली प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा फाट्टफुट्टदेखि हल्का वर्षासहित हल्कादेखि मध्यम हिमपात...

  • २०८० माघ १८, बिहिबार

    हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग प्रधानमन्त्रीको छलफल

    काठमाडौँ -  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन् ।  बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययननको बिफ्रिङ लिएका हुन् ।  नेपाल सरकारको चालु आर्थिक वर्षको नीति तथा...

  • २०८० माघ १५, सोमबार

    भोलिदेखि सरकारी कार्यालय ५ बजेसम्म नै खुल्ने

    काठमाडौं - भोलि मंगलबारदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा लम्बिंदैछ । भोलिदेखि विहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ५ बजे बन्द हुने छ । १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय १० देखि ४ बजेसम्म हुने नियम छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोक्ने गरेको छ । त्यसबाहेकका अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी...

  • २०८० माघ १४, आइतबार

    अध्यागमन कर्मचारीसँग झडपमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइयो

    काठमाडौं- गत शुक्रबार दिउँसो त्रिभुवन विमानस्थल कार्यालयभित्र अध्यागमन विभागका कर्मचारीसँग कुटाकुटमा उत्रिएका प्रहरीलाई त्यहाँबाट हटाइएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट्न आएका कर्मचारी संगठनका नेताहरूलाई यसबारे जानकारी दिएका हुन् ।  विमानस्थल अध्यागमनका कर्मचारीसँग कुटाकुटमा उत्रिएका प्रहरीलाई तीन दिनभित्र कारबाही नगरे अध्यागमनसहित देशभर कामकाज ठप्प पार्ने चेतावनी...

  • २०८० माघ १४, आइतबार

    शहीद दिवसमा सार्वजनिक बिदा नहुने

    काठमाडौं - सरकारले यो वर्ष शहीद दिवसमा सार्वजनिक बिदा नदिने निर्णय गरेको छ । मंगलबार १६ माघमा पर्ने शहीद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने तर सार्वजनिक बिदा भने नदिने निर्णय भएको गृह मन्त्रालयका सूचना अधिकारीले जानकारी दिए । यो वर्ष शहीद दिवसमा सार्वजनिक बिदा नदिने निर्णय भएको छ ।’ उनका अनुसार शहीद दिवस देशभरि मनाइने तर सरकारी कार्यालय सबै यथावत् खुल्ने र सेवा प्रवाह हुनेछ ।

  • २०८० माघ १२, शुक्रबार

    प्रहरीबाट अध्यागमन अधिकारीहरू कुटिएपछि छानबिन समिति गठन

    काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकारीहरू प्रहरीबाटै कुटिएपछि गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएको छ।  गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो। समितिमा प्रहरीका डीआइजी राजेशनाथ बास्तोला र गृहका उपसचिव कूलबहादुर जीसी रहेका छन्। समितिलाई ३ दिनभित्र सत्थतथ्यसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको स्रोतले जानकारी...

Pages