STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रिय

  • २०८० फाल्गुण १४, सोमबार

    प्रदर्शनकारी संसद भवनमा प्रवेश गरेको घटनाप्रति गृहको गम्भीर समीक्षा

      काठमाडौं - सुरक्षा घेरा तोडेर संसद भवनभित्र लघुवित्त पीडितहरू प्रवेश गर्नू गम्भीर सुरक्षा लापरबाही भएको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ। तर, घटना किन र कसको लापरबाहीले भयो भन्ने कुरा थाहा पाउनचाहिँ छानबिन समितिको प्रतिवेदन कुर्नुपर्ने भएको छ। घटनामा गम्भीर लापरबाही भएको निष्कर्ष निकालेको गृह मन्त्रालयले त्यहाँ खटिएका ३२ जना प्रहरी अधिकारीहरूलाई हटाउने निर्णयसमेत गरेको छ। गृहको निर्णयलगत्तै...

  • २०८० फाल्गुण १४, सोमबार

    संसद् भवनमा खटिएका ३२ सुरक्षाकर्मीको जिम्मेवारी खोसियो

    काठमाडौं - नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षकसहितको टोलीलाई प्रहरी प्रधान कार्यालय, नक्सालले एकैसाथ जिम्मेवारीबाट हटाएको छ । लघुवित्तका ऋणीहरुको टोली संसद् भवन परिसरभित्र प्रवेश गरेपछि गृह मन्त्रालयको नेतृत्वमा संसद् भवन परिसरमा खटिएको सुरक्षा टोलीलाई हटाइएको हो । प्रहरी उच्च स्रोतका अनुसार, यसरी जिम्मेवारीबाट हटाइनेमा इन्स्पेक्टरसहित ३२ जना छन् ।  सोमबार दिउँसो भएको...

  • २०८० फाल्गुण १०, बिहिबार

    रुस–युक्रेन युद्धमा नेपाली युवकको निधन, कुशको शव बनाएर अन्त्येष्टि

      गण्डकी, १० फागुन : रुसी फौजमा कार्यरत बागलुङको ताराखोला गाउँपालिका–२ सिलेका जितबहादुर विकको निधन भएको छ । युक्रेनविरुद्धको लडाइँमा ३६ वर्षीय विकको ज्यान गएको उहाँका साढुभाइ सनबहादुर विकले जानकारी दिनुभयो । गत माघ २० गते निधन भए पनि परिवारजनलाई बुधबार मात्र जानकारी आएको उहाँको भनाइ छ । पर्यटक भिसामा गत असोज ११ गते रुस पुग्नुभएका विकपछि रुसी फौजमा भर्ना भएको सनबहादुरले बताउनुभयो । “रुस लैजाने...

  • २०८० फाल्गुण १०, बिहिबार

    अठार प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

      प्रहरी प्रधान कार्यालय नक्सालले १८ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । आफूखुसी कार्यालयमा गैरहाजिरीमा रहेका र खोजतलास गर्दा पनि सम्पर्कमा नआएका १८ जना प्रहरीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखि कार्यालयमा...

  • २०८० फाल्गुण ८, मंगलबार

    भीआईपी सवारीका नाममा सडक बन्द नगराउनू : सर्वोच्च

      काठमाडौं - सर्वोच्च अदालतले भीआईपी सवारीका नाममा सडक बन्द नगराउन  सरकारका नाममा परमादेश जारी गरेको छ। करिब ६ वर्षअघि अधिवक्ता ज्ञानेश्वर कोइरालाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्याायाधीश मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो। भीआईपीको सवारीका नाममा सडक बन्दा गराउँदा सर्वसाधारणहरूले सास्ती खेप्नु परेपछि अधिवक्ता कोइरालाले १९ माघ २०७४ सालमा सर्वोच्चमा...

  • २०८० फाल्गुण ७, सोमबार

    आज प्रजातन्त्र दिवस, देशभर सार्वजनिक बिदा

    काठमाडौं - आज फागुन ७ गते अर्थात प्रजातन्त्र दिवस । आज सरकारले सार्वजनिक बिदा दिएको छ । २००७ सालको क्रान्ती सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भब्यताका साथ मनाइदैँछ । शहिदहरू धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्दलगायतको बलिदानीसहित तत्कालिन राजा त्रिभुवन र जनताको आन्दोलनका कारण ००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो । नेपालको पहिलो लोकतान्त्रिक आन्दोलनको सम्झनामा आज देशैभरी बिभिन्न...

  • २०८० फाल्गुण १, मंगलबार

    विराटनगरमा भेटियोएको ‘कुकर बम’!

    विराटनगर– कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका–३ मा विष्फोटक पदार्थ राखिएको जस्तो अवस्थामा प्रेसर कुकर फेला परेको छ।  टेपले बाँधेको प्रेसर कुकर बेवारिस अवस्थामा भेटिएको छ। सोमबार साँझ शंकास्पद वस्तु फेला परेपछि प्रहरी टोली सोही क्षेत्रमा बसेर निगरानी गरेको थियो।  शंकास्पद वस्तुको डिस्पोज गर्न नेपाली सेनाको टोली परिचालन गर्ने तयारी भएको जनाइएको छ। सेनासँगको समन्वयमा उक्त शंकास्पद वस्तुबारे...

  • २०८० माघ २९, सोमबार

    ओझेलमा पर्दै ‘प्रत्यक्ष लोक दोहोरी

     म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापालाई आजभोलिका मेला, महोत्सव खल्लो लाग्छ । परम्परागत रुपमा लाग्ने मेलाको मुख्य आकर्षण  ‘प्रत्यक्ष लोक दोहोरी’ प्रतिपस्र्धा हुने भए पनि आजभोलिका मेला, महोत्सवको रौनकता रेकर्ड भएका गीत सङ्गीतमा सीमित हुन थालेको उहाँको भनाइ छ ।  म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङसँगै राष्ट्रियस्तरका लोक दोहोरीमा समेत थुप्रै पटक पुरस्कार हात पार्न सफल हुनुभएकी ६४ वर्षीया थापाले...

  • २०८० माघ २७, शनिबार

    संस्थापक अध्यक्षबारेको भ्रामक कुरा सच्याउन पत्रकार महासंघ लाई अपिल

    नेपाल पत्रकार महासङ्घ (तत्कालीन नेपाल पत्रकार संघ)को संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको तथ्य स्पष्ट हुँदाहुँदै महासंघले सो सत्यतथ्य को बेवास्ता गरेकोले अादिबासी जनजाति पत्रकार महासंघ फोनिज ले विरोध गरेको  छ । नेपाली पत्रकारिताको इतिहासमा वि.सं.२००८ साल वैशाख ९ गते पहिलो पटक नेपाल पत्रकार सङ्घ गठन गरेर सभापतिका रूपमा नेपालका पत्रकारलाई सङ्गठित गर्दै नेतृत्व प्रदान गर्ने व्यक्ति...

  • २०८० माघ २६, शुक्रबार

    प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

    काठमाडौं- सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । बैठकले आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत...

  • २०८० माघ २६, शुक्रबार

    घरेलु मदिरा ब्रान्डिङ गर्न मन्त्रालयमा छलफल

    काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गरेर बिक्री प्रवर्द्धन गर्ने बताएका छन् । उद्योग मन्त्रालयमा आयोजित घरेलु मदिरा प्रवर्द्धन विषयक छलफलमा मन्त्री रिजालले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्दै लैजाने बताए ।  ठूला उद्योगी हाबी नहुने गरी स-साना तथा घरेलु उद्योगको रुपमा घरेलु मदिराको बिक्री प्रवर्द्धनको व्यवस्था मिलाइने मन्त्री रिजालको भनाइ थियो । उनले...

  • २०८० माघ २५, बिहिबार

    नेवा: नख: न्यूयोर्कको नयाँ नेतृृत्वमा डा. नरेश मान शाक्य

    नेवा: नख: न्यूयोर्कका महासचिव तुलसी नारायण चित्रकारले जूम (zoom) को माध्यमबाट साधारण सभा सम्पन्न गरेको छ । सो सभाको अध्यक्षता नख:का अध्यक्ष महेन्द्र बीर बज्राचार्यले गरेका थिए । प्रमुख अतिथिमा नख:का पूर्व अध्यक्ष तथा सल्लाहाकार विष्णु मान प्रधान थिए । उक्त सभामा उपस्थित सबैलाई प्रथम उपाध्यक्ष डा. नरेश मान शाक्यले स्वागत गरेका थिए । सभामा प्रमुख अतिथीका रुपमा संस्थापक उपाध्यक्ष, पूर्व अध्यक्ष तथा...

Pages