राष्ट्रिय
-
२०७४ फाल्गुण ६, आइतबार
इरानमा भएको विमान दुर्घटनामा ६६ जनाको मृत्यु
तेहरान, एएफपी ः इरानको जाग्रोस पहाडी क्षेत्रमा आइतबार भएको यात्रुबहाक विमान दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको छ । असेमान एयरलाइन्सको विमान तेहरानको मेहरावाद विमानस्थलबाट यासुजतर्फ जाँदै गरेको एयरलाइन्सका सार्वजनिक सम्वन्ध निर्देशक मोहम्मद ताबाताबाइले जानकारी दिनुभयो । जाग्रोस पहाडी क्षेत्रमा रहेको डेना पहाडमा विमान दुर्घटना भएको हो । घटनास्थल यासुज देखि २३ किलोमिटर र राजधानी देखि ५००...
-
२०७४ फाल्गुण ६, आइतबार
नेपाल कम्युनिष्ट पार्टीले फागुन ८ गते नेपाल बन्द गर्ने
नेपाल कम्युनिष्ट पार्टीले फागुन ८ गते नेपाल बन्दको आव्हान गरेको छ । आफ्ना नेता-कार्यकर्ताहरुमाथि बिनाकारण दमन गरेको भन्दै नेकपाले त्यसको विरोधमा ८ गते नेपाल बन्दको घोषणा गरेको हो । पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लेआइतबार एक विज्ञप्ति जारी गर्दै कम्युनिस्ट नामबाट सरकारमा पुगेका ओलीले आफ्नो पाखण्डी एवं दमनकारी चरित्रलाई नांगो बनाएको बताएका छन् । उनले यो गिरफ्तारीको घोर भर्तसना समेत गरेका...
-
२०७४ फाल्गुण ६, आइतबार
प्रधानमन्त्री ओली बालुवाटार प्रवेश
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ निजी निवास बालकोटबाट प्रधानमन्त्री निवास बालुवाटारमा सर्नुभएको छ । साँझपख बालुवाटार सर्नुभएका प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा गतबर्ष साउन १९ गते आफू बहिर्गमन हुँदा समृद्धिको प्रतीकस्वरुप पीपलको वृक्ष रोप्नुभएको थियो । आज १९ महिनापछि सोही पीपलको बिरुवामा जल सिञ्चित गर्दै बालुवाटार प्रवेश गर्नुभयो । बिहीबार प्रधानमन्त्री बन्नुभएका ओली...
-
२०७४ फाल्गुण ५, शनिबार
मुटु बचाउन योग, ध्यान र मन्त्र
काठमाडौँ, महामृत्युञ्जय योग केन्द्र, विजयचोक, माइती नेपाल, गौशालाले शुक्रबारदेखि तीनदिने ‘स्वस्थ्य मुटुका लागि मुटु व्यवस्थापन कार्यशाला’ शुरु गरेको छ । कार्यशालामा केन्द्रका संस्थापक योगी पूर्ण पिया श्रेष्ठले व्यायाम, श्वासप्रश्वास, योग र मुटुबारे जानकारी दिँदै मुटुका लागि निःशुल्क विशेष योग प्रशिक्षण दिनुभएको छ । कार्यशालामा मुटुरोग रोकथामका लागि जानकारी तथा अभ्यास, प्राकृतिक उपचार विधिद्वारा...
-
२०७४ फाल्गुण ५, शनिबार
मेक्सिकोमा शक्तिशाली भूकम्प
मेक्सिको सिटी, मेक्सिकोमा शुक्रबार अपरान्ह शक्तिशाली भूकम्प गएको समाचार छ । मेक्सिकोको राष्ट्रिय भौगर्भिक सेवा केन्द्रले जनाएअनुसार उक्त भूकम्प ७.२ रिक्टर स्केलको रहेको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले सो भूकम्पको पुष्टी गरेको । मेक्सिकोको दक्षिणपश्चिमी सहर पिनोटेपा नजिक रहेको ओक्साकामा सो भूकम्पको केन्द्रबिन्दु रहेको बताइएको छ । यसबाट भएको क्षतिको विवरण भने आइसकेको छैन । ठूलो संख्यामा...
-
२०७४ फाल्गुण ४, शुक्रबार
‘ग्याल्बो ल्होसार’ सम्पन्न
काठमाडौँ, हिमाली भेग तथा त्यस वरपर क्षेत्रमा बसोबास गर्ने समुदायले ‘ग्याल्बो ल्होसार’ आज मनाएका छन् । विशेषगरी बौद्ध धर्मको महायानी सम्प्रदायका शेर्पा जातिले नयाँ वर्षका रुपमा आज ल्होसार पर्व मनाए । बाह्र जनावरका नामबाट वर्ष परिवर्तन हुने विश्वासका अनुसार चरा वर्ष आजदेखि कुकुर वर्षमा प्रवेश गरेको छ । । शेर्पा जातिको नयाँ वर्ष ग्याल्बो ल्होसारले धर्मसंस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा...
-
२०७४ फाल्गुण ४, शुक्रबार
एकाध दिनमै पार्टी एकता टुंगिन्छ– अध्यक्ष दाहाल
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(एमाले)सँगको पार्टी एकतालाई केही दिनभित्रै टुंग्याउने गरी पहल भइरहेको बताउनुभएको छ । पार्टी सम्बद्ध एकीकृत अखिल नेपाल शिक्षक संगठनको महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “पार्टी एकताका पक्षमा सघनरुपमा छलफल भइरहेको छ । विवाद भएर वा कुरा नमिलेर होइन, सबै विषयलाई एकमुष्ठरुपमा मिलाउन लागिएकाले केही समय लागेको जस्तो...
-
२०७४ फाल्गुण ४, शुक्रबार
प्रदेश नं ३ को राजधानी सार्नुपर्नेमा सांसदहरुको जोड
प्रदेश नं ३ को स्थायी राजधानी हेटाँैडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधि तथा प्रदेश सांसदहरुले जोड दिएका छन् । उनीहरुले यसअघिको काम चलाउ सरकारले जनताको भावना र चाहना विपरित भौगोलिक अवस्थालाई समेत मूल्यांकन नगरी हचुवाको भरमा हेटाँडालाई अस्थायी राजधानी तोकेकाले अन्यत्रै राजधानी सार्नुपर्नेमा जोड दिएका हुन् । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा प्रदेश नं ३ को...
-
२०७४ फाल्गुण ४, शुक्रबार
मिथिला परिक्रमाका श्रद्धालु जनकपुरबाट कल्याणेश्वर प्रस्थान
हिमांशु चौधरी जनकपुरधाम, ४ फागुन,‘अनेकतामा एकता’को विशिष्ट उदाहरणको रूपमा रहेको मिथिला परिक्रमाका श्रद्धालु आज जनकपुरधामबाट कल्याणेश्वर प्रस्थान गरेका छन् । पन्ध्र दिने उक्त परिक्रमा फागुन प्रतिपदामा शुरु भई पूर्णिमाका दिन सम्पन्न हुन्छ । सो अनुसार बुधबारबाट शुरु हुने भनिएको परिक्रमा तिथिमितिमा घटबढका कारण बिहीबारबाट शुरु भएको छ । मिथिला महात्म्यकाअनुसार मिथिलापुरीको यात्राफल राम्रो मानिन्छ ।...
-
२०७४ फाल्गुण ४, शुक्रबार
हरेक पाँचमध्ये एक जनामा मानसिक समस्या
काठमाडौँ, नेपालमा हरेक पाँच जनामध्ये एक जनामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, प्राथमिक तथा पुनर्जागरण महाशाखाद्वारा पहिलो पटक आयोजित “अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन— २०१८” मा नेपालमा मानसिक रोगको समस्या उच्च रहेको जनाएको छ । सो अवसरमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले मानसिक समस्या भएका व्यक्ति सामाजिक सोचका...
-
२०७४ फाल्गुण ४, शुक्रबार
अमेरिकामा सामान्य बन्दैछ विद्यालयमा हुने गोलीकाण्ड
वासिङ्टन, अमेरिकामा विद्यालयमा गोलीकाण्ड हुने र विद्यार्थी तथा साना बालबालिकाको ज्यानजाने जस्ता घटना समान्यजस्तो हुदै गएको पाइएको छ । यस्ता डरलाग्दा घटनाहरु दोहोरिन थालेका छन् । जसले गर्दा यहाँको सरकारलाई विद्यालयमा अपनाउनुपर्ने सुरक्षा व्यवस्थाका बारेमा सोच्नुपर्ने भएको छ । अमेरिकाको फ्लोरिडामा अवस्थित एक विद्यालयमा बुधबार बन्दुकधारीले गोली चलाउदा कम्तीमा १७ जना विद्यार्थीको ज्यान गएको समाचार...
-
२०७४ फाल्गुण ४, शुक्रबार
कतारले इराकमा मानवीय सहायता परियोजना सञ्चालन गर्ने
दोहा,कतारको रेडक्रस सोसाइटीले इराकमा मानवीय सहायता सम्वन्धी विषेश परियोजना सञ्चालन गर्ने भएको छ । सन् २०१८ मा २० लाख अमेरिकी डलर बराबरको परियोजना सञ्चालन गर्ने तयारी गरेको राज्यद्धारा सञ्चालित कतार न्युज एजेन्सीले शुक्रबार जनाएको छ । सरोकारवालाहरुलाई नै परिचालन गरेर संस्थागत र व्यक्तिगत तहमा समुदायको सहयोगमा परियोजना सञ्चालन गरिने कतार रेडक्रस सोसाइटीले बिहीबार राती अवेर जारी गरेको वक्तव्यमा...


