STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७४ फाल्गुण ६, आइतबार

    इरानमा भएको विमान दुर्घटनामा ६६ जनाको मृत्यु

     तेहरान, एएफपी ः इरानको जाग्रोस पहाडी क्षेत्रमा आइतबार भएको यात्रुबहाक विमान दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको छ । असेमान एयरलाइन्सको विमान तेहरानको मेहरावाद विमानस्थलबाट यासुजतर्फ जाँदै गरेको एयरलाइन्सका सार्वजनिक सम्वन्ध निर्देशक मोहम्मद ताबाताबाइले जानकारी दिनुभयो । जाग्रोस पहाडी क्षेत्रमा रहेको डेना पहाडमा विमान दुर्घटना भएको हो । घटनास्थल यासुज देखि २३ किलोमिटर र राजधानी देखि ५००...

  • २०७४ फाल्गुण ६, आइतबार

    नेपाल कम्युनिष्ट पार्टीले फागुन ८ गते नेपाल बन्द गर्ने

    नेपाल कम्युनिष्ट पार्टीले फागुन ८ गते नेपाल बन्दको आव्हान गरेको छ । आफ्ना नेता-कार्यकर्ताहरुमाथि बिनाकारण दमन गरेको भन्दै नेकपाले त्यसको विरोधमा ८ गते नेपाल बन्दको घोषणा गरेको हो । पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लेआइतबार एक विज्ञप्ति जारी गर्दै कम्युनिस्ट नामबाट सरकारमा पुगेका ओलीले आफ्नो पाखण्डी एवं दमनकारी चरित्रलाई नांगो बनाएको बताएका छन् । उनले यो गिरफ्तारीको घोर भर्तसना समेत गरेका...

  • २०७४ फाल्गुण ६, आइतबार

    प्रधानमन्त्री ओली बालुवाटार प्रवेश

    काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ निजी निवास बालकोटबाट प्रधानमन्त्री निवास बालुवाटारमा सर्नुभएको छ । साँझपख बालुवाटार सर्नुभएका प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा गतबर्ष साउन १९ गते आफू बहिर्गमन हुँदा समृद्धिको प्रतीकस्वरुप पीपलको वृक्ष रोप्नुभएको थियो । आज १९ महिनापछि सोही पीपलको बिरुवामा जल सिञ्चित गर्दै बालुवाटार प्रवेश गर्नुभयो । बिहीबार प्रधानमन्त्री बन्नुभएका ओली...

  • २०७४ फाल्गुण ६, आइतबार

    अध्यक्ष दाहाल संसदीय दलका नेता निर्वाचित

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको संसदीय दलको नेतामा चुनिनुभएको छ । माओवादी केन्द्र संसदीय दलको आज बसेको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रुपमा दलको नेता चुनेको पार्टी प्रवक्ता पम्फा भुसालले राससलाई जानकारी दिनुभयो । बैठकले वैचारिक पाटालाई एमाले र माओवादी केन्द्रबीचको वार्ता र सहमतिबाट टुंगाउन पहल गर्ने र पार्टी एकता तथा सरकारमा हुने सहभागितालाई सँगै लैजाने...

  • २०७४ फाल्गुण ६, आइतबार

    पाठ्यक्रममा भक्तपुरको पहिचान समेट्न सुझाव

    नगरकोट, शिक्षकहरुले विद्यालयका पाठ्यक्रममा भक्तपुरको पहिचान, इतिहास, स्थानीय सीप र प्रविधि, पर्यटन र स्थानीय खेलका विषयवस्तु समेट्नुपर्ने सुझाव दिनुभएको छ । भक्तपुर नगरपालिकाले यहाँ आयोजना गरेको कार्यशालामा शान्ति निकेतन माविका प्रअ महेन्द्रगोपाल कर्माचार्यले भक्तपुरको पहिचान, वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले भक्तपुरको इतिहास र वासु माविका प्रअ अम्बिका न्याइच्याइँले स्थानीय सीप र...

  • २०७४ फाल्गुण ६, आइतबार

    ‘नारायणगढ–मुग्लिन सडकखण्डको म्याद थपिँदैन

    धादिङ, रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले नारायणगढ–मुग्लिन सडकखण्डको करार अवधि अब नथपिने बताउनुभएको छ । तेस्रो पटक थपिएको म्याद यही फागुन ८ गते समाप्त हुँदैछ । प्रेस सेन्टर धादिङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयको कामसमेत गर्दै आउनुभएको मन्त्री जमरकट्टेलले श्रमजीवी पत्रकारको उचित पारिश्रमिकको व्यवस्था र मिडिया मैत्री कानूनको...

  • २०७४ फाल्गुण ६, आइतबार

    वैचारिक दृष्टिकोणमा छलफल चलिरहेको छ– नेता खनाल

    काठमाडौँ, नेकपा माओवादी केन्द्र का पोलिटब्यूरो सदस्य चक्रपाणि खनालले दुई वाम पार्टीबीच जनताको बहुदलीय जनवाद र जनयुद्धको समिश्रणबाट नयाँ दर्शन विकास गर्न लागिएकाले पार्टी एकतामा केही ढिलाइ भएको बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले एकीकृत पार्टीलाई दीर्घकालसम्म बलियो बनाउने उद्देश्यले दवै पार्टीका अध्यक्षबीच छलफल भइरहेको जानकारी दिनुभयो । छलफल तथा सहकार्यबाट...

  • २०७४ फाल्गुण ५, शनिबार

    मुटु बचाउन योग, ध्यान र मन्त्र

    काठमाडौँ, महामृत्युञ्जय योग केन्द्र, विजयचोक, माइती नेपाल, गौशालाले शुक्रबारदेखि तीनदिने ‘स्वस्थ्य मुटुका लागि मुटु व्यवस्थापन कार्यशाला’ शुरु गरेको छ । कार्यशालामा केन्द्रका संस्थापक योगी पूर्ण पिया श्रेष्ठले व्यायाम, श्वासप्रश्वास, योग र मुटुबारे जानकारी दिँदै मुटुका लागि निःशुल्क विशेष योग प्रशिक्षण दिनुभएको छ । कार्यशालामा मुटुरोग रोकथामका लागि जानकारी तथा अभ्यास, प्राकृतिक उपचार विधिद्वारा...

  • २०७४ फाल्गुण ५, शनिबार

    मेक्सिकोमा शक्तिशाली भूकम्प

    मेक्सिको सिटी, मेक्सिकोमा शुक्रबार अपरान्ह शक्तिशाली भूकम्प गएको समाचार छ । मेक्सिकोको राष्ट्रिय भौगर्भिक सेवा केन्द्रले जनाएअनुसार उक्त भूकम्प ७.२ रिक्टर स्केलको रहेको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले सो भूकम्पको पुष्टी गरेको । मेक्सिकोको दक्षिणपश्चिमी सहर पिनोटेपा नजिक रहेको ओक्साकामा सो भूकम्पको केन्द्रबिन्दु रहेको बताइएको छ । यसबाट भएको क्षतिको विवरण भने आइसकेको छैन । ठूलो संख्यामा...

  • २०७४ फाल्गुण ४, शुक्रबार

    मिथिला परिक्रमाका श्रद्धालु जनकपुरबाट कल्याणेश्वर प्रस्थान

    हिमांशु चौधरी जनकपुरधाम, ४ फागुन,‘अनेकतामा एकता’को विशिष्ट उदाहरणको रूपमा रहेको मिथिला परिक्रमाका श्रद्धालु आज जनकपुरधामबाट कल्याणेश्वर प्रस्थान गरेका छन् । पन्ध्र दिने उक्त परिक्रमा फागुन प्रतिपदामा शुरु भई पूर्णिमाका दिन सम्पन्न हुन्छ । सो अनुसार बुधबारबाट शुरु हुने भनिएको परिक्रमा तिथिमितिमा घटबढका कारण बिहीबारबाट शुरु भएको छ । मिथिला महात्म्यकाअनुसार मिथिलापुरीको यात्राफल राम्रो मानिन्छ ।...

  • २०७४ फाल्गुण ४, शुक्रबार

    हरेक पाँचमध्ये एक जनामा मानसिक समस्या

     काठमाडौँ,  नेपालमा हरेक पाँच जनामध्ये एक जनामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, प्राथमिक तथा पुनर्जागरण महाशाखाद्वारा पहिलो पटक आयोजित “अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन— २०१८” मा नेपालमा मानसिक रोगको समस्या उच्च रहेको जनाएको छ । सो अवसरमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले मानसिक समस्या भएका व्यक्ति सामाजिक सोचका...

  • २०७४ फाल्गुण ४, शुक्रबार

    अमेरिकामा सामान्य बन्दैछ विद्यालयमा हुने गोलीकाण्ड

    वासिङ्टन,  अमेरिकामा विद्यालयमा गोलीकाण्ड हुने र विद्यार्थी तथा साना बालबालिकाको ज्यानजाने जस्ता घटना समान्यजस्तो हुदै गएको पाइएको छ । यस्ता डरलाग्दा घटनाहरु दोहोरिन थालेका छन् । जसले गर्दा यहाँको सरकारलाई विद्यालयमा अपनाउनुपर्ने सुरक्षा व्यवस्थाका बारेमा सोच्नुपर्ने भएको छ । अमेरिकाको फ्लोरिडामा अवस्थित एक विद्यालयमा बुधबार बन्दुकधारीले गोली चलाउदा कम्तीमा १७ जना विद्यार्थीको ज्यान गएको समाचार...

Pages