STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अघिल्लो सरकारले राष्ट्रियसभामा तीन सदस्य मनोनयन गरेको निर्णय फिर्ता

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण ८, मंगलबार

काठमाडौँ,  मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले राष्ट्रियसभामा तीन सदस्य मनोनयनका लागि अघिल्लो सरकारले गरेको निर्णय फिर्ता लिई नयाँ नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि तीन नाम सार्वजनिक भने गरिएको छैन । यही फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नाम पठाउनेबारे वाम गठबन्धनमा परामर्श गर्नुभएको थियो ।

Categorized in राष्ट्रिय