STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

क्रिकेट खेलाडी केसी सम्मानित

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण ८, मंगलबार

बागलुङ, राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई गृह जिल्ला बागलुङमा आज स्वागत तथा सम्मान गरिएको छ । बागलुङ नगरपालिका र जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित समारोहमा केसी नगद रु ५० हजारसहित सम्मानित हुनुभएको हो ।

बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठक, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल र जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धनबहादुर परियारले संयुक्त रुपमा सम्मानपत्र र नगद प्रदान गर्नुभएको थियो । बागलुङ नगरपालिका–८ सिगानामा जन्मेका केसीले हालै आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियामा भएको खेलमा नेपाललाई जिताउन निर्णायक भूमिका खेल्नुभएको थियो । सोही जितपछि नेपाली क्रिकेट टोली जिम्बाबेमा हुने विश्वकप क्रिकेट छनोट खेलको यात्रा तय गर्न सफल भएको छ । खेल क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप केसीलाई सम्मान गरिएको बागलुङ नगरपालिकाका प्रमुख पौडेलले बताउनुभयो । सोही अवसरमा केसीलाई क्षेत्री समाज बागलुङले पनि नगद रु १० हजारसहित सम्मान गरेको थियो । खेलाडी केसीले आफू सधँै देशका लागि कडा मेहनत र लगनका साथ खेल्ने बताउनुभयो । “सम्मानको संस्कृतिले खेलाडीलाई प्रेरणा र प्रोत्साहन मिल्छ, खेलाडी उत्पादन र संरक्षणमा राज्य पनि संवेदनशील बन्नुपर्छ ।” यसअघि केसीलाई खेलप्रेमी, शुभेच्छुक र सर्वसाधारणले बागलुङ बजारमा भव्य स्वागत गरेका थिए ।

Categorized in राष्ट्रिय