STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

टर्कीमा नेपाली अपहृत घटनामा एक पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण ८, मंगलबार

काठमाडौँ, ८ फागुन (रासस) ः प्रहरीले मानव ओसारपसारको आरोपमा सप्तरी, कञ्चनपुरका ओमप्रकाश कुमार पञ्जियारलाई पक्राउ गरेको छ । पञ्जियारले टीकाराम विश्वकर्मा र किरण मगरलाई वैदेशिक रोजगारीका लागि मकाऊ लैजाने भनी करिब तीन महिनासम्म भारतको नयाँ दिल्लीमा राखेका थिए । मकाऊ लैजान नसकेपछि टर्कीमा राम्रो कमाई हुन्छ भनी प्रलोभनमा पारी रु छ लाख ५० हजारका दरले रकम लिई पठाएको केही समयपछि पीडितहरु टर्कीमा अपहरणमा परी १३ हजार अमेरिकी डलर फिरौती रकम बुझाई केही दिनअघि मात्रै नेपाल फर्किएका थिए । नेपाल फर्किएपश्चात् पीडितहरुले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा दिएको जाहेरीका आधारमा पञ्जियारलाई पक्राउ गरिएको ब्यूरोका प्रहरी नायब उपरीक्षक राजुकमार सिलवालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “टर्कीमा पुगेपछि पीडितहरुले पञ्जियारलाई भने अनुसारको काम नभएको भन्दै गुनासो गरेका रहेछन्, त्यसको केही समयपछि उनीहरु अपहरणमा परेका थिए ।” अपहरणकारी पाकिस्तानी नागरिकको हात रहेको खुले पनि अपहरणकारी र अभियुक्त पञ्जियारबीच सम्बन्ध रहे नरहेकोबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । पञ्जियारलाई काठमाडौँ जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पाँच दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।

Categorized in राष्ट्रिय