STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अमेरिकामा सामान्य बन्दैछ विद्यालयमा हुने गोलीकाण्ड

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण ४, शुक्रबार

वासिङ्टन,  अमेरिकामा विद्यालयमा गोलीकाण्ड हुने र विद्यार्थी तथा साना बालबालिकाको ज्यानजाने जस्ता घटना समान्यजस्तो हुदै गएको पाइएको छ ।

यस्ता डरलाग्दा घटनाहरु दोहोरिन थालेका छन् । जसले गर्दा यहाँको सरकारलाई विद्यालयमा अपनाउनुपर्ने सुरक्षा व्यवस्थाका बारेमा सोच्नुपर्ने भएको छ । अमेरिकाको फ्लोरिडामा अवस्थित एक विद्यालयमा बुधबार बन्दुकधारीले गोली चलाउदा कम्तीमा १७ जना विद्यार्थीको ज्यान गएको समाचार यहाँको पछिल्लो दुःखद समाचार हो । यसपछि अमेरिकी सञ्चारमाध्यमहरुले अमेरिकाका विद्यालयहरुमा ज्यान लिनेगरी भएका यस्तै दुःखद घटनाहरुको सूची सार्वजनिक गरेका छन् । उनीहरुले यसलाई अत्यन्तै दुःखद भन्दै यसको निराकरण नगर्ने होभने शिक्षण संस्थाहरु नै के कसरी सञ्चालन गर्ने हो भनेर सोच्नुपर्ने अवस्था आएको विश्लेषणसहितका समाचारहरु सम्प्रेषण गरेका छन् । स्थानीय प्रहरीले सो विद्यालयमा बुधबार भएको बन्दुक हमलामा परी १७ जनाको ज्यान गएको पुष्टी गरेको छ । प्रहरीकाअनुसार फ्लोरिडा राज्यको पार्कल्याण्डमा रहेको मर्जोरी स्टोनम्यान स्कुलमा सो गोलीकाण्ड भएको हो । यहाँ बन्दुक सजिलै उपलब्ध हुने कारणले गर्दा पनि यस्तो अवस्था आएको बताइन्छ । अमेरिकामा घर घरमा बन्दुक राख्नु पनि एउटा संस्कृतिजस्तै भएको छ । यसका कारण बन्दुक हमलाबाट हुने गरेका हत्याका घटनामा बृद्धि भइरहेको छ । कतिपय विश्लेषकहरुले यहाँको हत्या हिंसाको अन्त्यका लागि बन्दुक संस्कृतिको पनि अन्त्य हुनुपर्ने बताउने गरेका छन् । तर पनि सरकारी उच्च अधिकारी वा सत्तारुढ रिपब्लिकन पार्टीकै नीति निर्माताहरु बन्दुकमाथिको प्रतिबन्ध तत्कालै लगाउन सक्ने अवस्थामा छैनन् । यसले गर्दा विद्यालयजस्तो बालबालिका रहने र पवित्र स्थानमा पनि बन्दुकबाट हमला हुने र शिक्षा आर्जन गर्न पुगेका निर्दोष बालबालिकाहरु नै बन्दुकेहरुको शिकार हुने अवस्था आएको उनीहरुको भनाई छ । वास्तवमा यही दशकमै अमेरिकाका विभिन्न स्थानमा यस्ता हत्याका घटना भएका छन् । जस्तो कि सन् २००७ मा भर्जिनियामा भएको यस्तै गोलीकाण्डमा बन्दुकधारीले कम्तीमा पनि ३२ जनाको ज्यान लिएको थियो । त्यसैगरी सन् २०१२ मा पनि अमेरिकाको स्याण्डी हकमा एकजना बन्दुकधारीले यस्तै विद्यालयमा नै गरेको हमलामा परी २८ जनाको ज्यान गएको थियो । सो घटनामा मारिनेमा अधिकांश बालबालिका नै परेका थिए । त्यसैगरी गतवर्षको अक्टोबरमा भएको यस्तै बन्दुक हमलामा परी ६० जनाको ज्यान गएको घटना त विश्वव्यापी रुपमा नै निन्दनीय बन्यो । लास भेगासमा भएको सो हमलामा परी ६० जनाको ज्यानै गएको थियो भने अरु करिब ५०० जना नराम्ररी घाइते भएका थिए । यस घटना अमेरिकी इतिहासकै सबैभन्दा क्रुर र दर्दनाक मानिएको छ । क्रुजले स्वीकारे हत्या यसैबीच उक्त विद्यालयमा गोली हन्ने निकोलस क्रुज नाम गरेका विद्यार्थीले सो हत्याकाण्ड आफूले नै गरेको भनी स्वीकारेका छन् । उनलाई हिजो नै गिरफ्तार गरिएको छ ।

Categorized in राष्ट्रिय