कतारले इराकमा मानवीय सहायता परियोजना सञ्चालन गर्ने
Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण ४, शुक्रबार
दोहा,कतारको रेडक्रस सोसाइटीले इराकमा मानवीय सहायता सम्वन्धी विषेश परियोजना सञ्चालन गर्ने भएको छ । सन् २०१८ मा २० लाख अमेरिकी डलर बराबरको परियोजना सञ्चालन गर्ने तयारी गरेको राज्यद्धारा सञ्चालित कतार न्युज एजेन्सीले शुक्रबार जनाएको छ । सरोकारवालाहरुलाई नै परिचालन गरेर संस्थागत र व्यक्तिगत तहमा समुदायको सहयोगमा परियोजना सञ्चालन गरिने कतार रेडक्रस सोसाइटीले बिहीबार राती अवेर जारी गरेको वक्तव्यमा जनाइएको छ । कुवेतको प्रस्तावमा र आयोजनामा यसैहप्ता कतारमा अन्तर्राष्ट्रिय दाता सम्मेलन सम्पन्न भएको थियो । उक्त सम्मेलनका क्रममा कतार रेडक्रस सोसाइटीले यस्तो घोषणा गरेको हो । सम्मेलन सकिएको दिन बिहीबार इराकले विभिन्न देशहरुबाट झण्डै तीस अर्ब अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता प्राप्त गरेको थियो । सहयोग प्रतिबद्धता गर्नेमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संगठन र विभिन्न दाता राष्ट्र तथा संस्थाहरु पनि रहेका छन् । –––
Categorized in राष्ट्रिय

