STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रधानमन्त्री ओली बालुवाटार प्रवेश

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण ६, आइतबार

काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ निजी निवास बालकोटबाट प्रधानमन्त्री निवास बालुवाटारमा सर्नुभएको छ ।

साँझपख बालुवाटार सर्नुभएका प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा गतबर्ष साउन १९ गते आफू बहिर्गमन हुँदा समृद्धिको प्रतीकस्वरुप पीपलको वृक्ष रोप्नुभएको थियो । आज १९ महिनापछि सोही पीपलको बिरुवामा जल सिञ्चित गर्दै बालुवाटार प्रवेश गर्नुभयो । बिहीबार प्रधानमन्त्री बन्नुभएका ओली भक्तपुरको बालकोटस्थित निजी निवासमा बस्नुभएको थियो । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार प्रधानमन्त्रीको सरकारी निवासबाट सरेपछि आज प्रधानमन्त्री ओली सरकारी निवासमा सर्नुभएको हो । प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा प्रवेश गर्दा पार्टीका नेता, कार्यकर्ता तथा सरकारी कर्मचारीले स्वागत गरेका थिए ।

Categorized in राष्ट्रिय