STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मेक्सिकोमा शक्तिशाली भूकम्प

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण ५, शनिबार

मेक्सिको सिटी, मेक्सिकोमा शुक्रबार अपरान्ह शक्तिशाली भूकम्प गएको समाचार छ ।

मेक्सिकोको राष्ट्रिय भौगर्भिक सेवा केन्द्रले जनाएअनुसार उक्त भूकम्प ७.२ रिक्टर स्केलको रहेको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले सो भूकम्पको पुष्टी गरेको । मेक्सिकोको दक्षिणपश्चिमी सहर पिनोटेपा नजिक रहेको ओक्साकामा सो भूकम्पको केन्द्रबिन्दु रहेको बताइएको छ । यसबाट भएको क्षतिको विवरण भने आइसकेको छैन । ठूलो संख्यामा उद्धारकर्ता र सुरक्षाकर्मीहरु परिचालन गरिएको बताइएको छ । यसबाट भौतिक र मानवीय क्षति पनि धेरै मात्रामा भएको अनुमान गरिएको छ । तर उद्धारकार्य जारी रहेकोले क्षतिको विवरण आउन सकेको छैन । सरकारले उद्धारको काम तदारुकताका साथ गर्न सम्बद्ध सबै निकायहरुलाई निर्देशन दिएको छ । मेक्सिकोमा गत वर्षमात्र पनि दुई ठूला भूकम्प गएका थिए । गत वर्ष अर्थात् पाँच महिनामात्र अघि गत सेप्टेम्बर ७ र १९ मा यहाँ ८ रिक्टरभन्दा माथिको भूकम्प गएको थियो । सो भूकम्पबाट करिब ५०० जनाको ज्यान गएको थियो भने ठूलो मात्रामा भौतिक क्षति भएको थियो । यसमा परी करिब १८ हजार घर क्षतिग्रस्त नै भएका थिए ।

Categorized in राष्ट्रिय