STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पत्रकार, साहित्यकार तथा संस्कृतिविद सुरेश किरण मानन्धरको स्मृतिमा ग्रन्थ प्रकाशित

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ बैशाख १०, बिहिबार

पत्रकार, साहित्यकार तथा संस्कृतिविद सुरेश किरण मानन्धरको स्मृतिमा प्रकाशित सुरेश किरण स्मृतिग्रन्थको ४५ दिनको पुण्य तिथिको अवसरमा बुधबार एक कार्यक्रमबिच लोकार्पण गरिएको छ । 

नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजना तथा काठमाडौँ महानगरपालिका र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा सो स्मृतिग्रन्थ प्रकाशन गरिएको हो । स्मृतिग्रन्थको संयुक्त रूपमा भिक्षु कौडिण्य, नेपालभाषा एकेडेमीका भाइस चान्सलर   डा. पुष्पराज राजकर्णीकार, नेवाः देय् दबुका अध्यक्ष    रश्मिला प्रजापति, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का अध्यक्ष लक्की चौधरी, प्रेस काउन्सिल नेपालका प्रमुख अधिकृत झविन्द्र भुषाल, नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, पूर्व अध्यक्ष श्रीकृष्ण महर्जन, सुरजवीर बज्राचार्य लगायतले लोकार्पण गर्नुभयो । 

पत्रकार तथा साहित्यकार सुरेश किरणको गत फागुन २६ गते हृदयघाटका कारण निधन भएको थियो । भाषा आयोगका सदस्यसमेत रहनुभएका स्वर्गीय मानन्धरले पत्रकारिता, साहित्य, संस्कृति तथा लेखन क्षेत्रमा उहाँको योगदान रहेको छ । 

सो अवसरमा डा. पुष्पराज राजकर्णीकारले मानन्धरले पत्रकारितामार्फत समाज रूपान्तरणमा ठुलो योगदान दिएको स्मरण गर्नुभयो । समाजमा विद्यमान कुरीति, बेथिती र विसङ्गति विरुद्धमा उहाँको कलम चल्ने गरेको बताउँदै उहाँले समाज रूपान्तरणमा उहाँको भूमिकाको स्मरण गर्नुभयो । 

फोनिजका अध्यक्ष लक्की चौधरीले मानन्धरका रचना र सिर्जनामा सामाजिक रूपान्तरणको चेत झल्किने गरेको उहाँले साहित्य सिर्जना, लेखन तथा प्रस्तुतीकरणमार्फत समाज रूपान्तरण अभियानमा योगदान दिनुभएको बताउनुभयो । उहाँको सिर्जना र कृतिले मानन्धरलाई अमर बनाएको भन्दै उहाँले अल्पायूमा मानन्धरको निधनले देश र समाजलाई ठुलो क्षति पुगेको बताउनुभयो । स्वर्गीय मानन्धरप्रति उहाँले श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

कार्यक्रममा झविन्द्र भुषाल, सुनिल महर्जन, सुरेन्द्रभक्त श्रेष्ठ लगायतले सुरेश किरण मानन्धरले समाज र देशका लागि खेल्नुभएको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रम नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको सभापतित्वमा भएको थियो । स्मृतिग्रन्थमा विभिन्न लेखकका ९१ वटा लेख रहेको छ । ग्रन्थ ३६४ पृष्ठको रहेको छ । 

Categorized in राष्ट्रिय