STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लाेकप्रिय माेडल मनाेज महर्जन " साल रे साल " मार्फत दर्शकको मन जित्दै

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र २१, शनिबार

सालुगु गाचा देखि छंगु ल्यु ल्यु वया फुत जिगु बच्छि जाेवन जस्ता दर्जनौं म्युजिक भिडियोहरुका  लाेकप्रिय एवं  चर्चित कलाकार मनोज महर्जन अभिनित नेपालभाषाकाे  नयाँ  म्युजिक भिडियो हालै  सार्वजनिक भएको छ । चण्डेश्वर महर्जनको रचना तथा मथुरा महर्जनको संगीत तथा गायन रहेको साे गीत शनिवार एक बिशेष कार्यक्रमको आयोजना गरी मगन इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक  गरेको हो ।

रजिन महर्जनको निर्देशन रहेको सो भिडियोमा मनोज महर्जन लगायत राष्ट्रिका शाक्य, सुदिप भजु, रजिन महर्जनको मुख्य भुमिका रहेको छ । युयुश ढकालको छायाकन, संजिव रत्न शाक्यको सहनिर्देशन, बिक्रम महर्जनको कला निर्देशन, सुरेन्द्र महर्जन तथा रमेश मालीको निर्माण व्यवस्थापन रहेको भिडियो ललितपुरको ठेचोमा छायांकन गरिएको हो ।

Categorized in राष्ट्रिय