STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८२ आश्विन ६, सोमबार

    जेनजी आन्दोलनबाट निजी क्षेत्रमा ८० अर्ब रुपैयाँ बराबरको क्षति

    काठमाडौं -  जेनजी आन्दोलनका क्रममा ८० अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रमा क्षति भएको छ । आज निजी क्षेत्रका प्रतिनिधीहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्दै करिव ८० अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आंकलन रहेको जानकारी गराएको हो ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीसँगको भेटमा आन्दोलनबाट ठूलो जनधनको क्षति भएको भन्दै घुसपैठ गर्नेलाई...

  • २०८२ आश्विन ६, सोमबार

    प्रधानमन्त्री कार्कीले राष्ट्रपतिसमक्ष पठाइन् यी ५ नयाँ मन्त्रीको नाम

    प्रधानमन्त्री सुशीला कार्कीले थप ५ मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन्। जसमा उद्योगमन्त्रीमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा र स्वास्थ्यमन्त्रीमा मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्र सिफारिस भएका छन्। त्यस्तै मदन परियार कृषिमन्त्रीमा र जगदीश खरेल सञ्चारमन्त्री नियुक्तिका लागि सिफारिस भएका छन्। परियार राज्य पुनर्संरचना आयोगका...

  • २०८२ आश्विन ६, सोमबार

    विद्युत् प्राधिकरणबाट हटाइए हितेन्द्रदेव, अब कार्यकारी निर्देशक मनोज सिलवाल

    काठमाडौं - नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आजको बैठकले सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।  बैठकले हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीमा पदमा नियुक्त गर्ने निर्णय गरेको छ। शाक्य गत चैत ११ गते कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। 

  • २०८२ भाद्र ३१, मंगलबार

    १ असोजमा शोक दिवस मनाइने, सार्वजनिक बिदा घोषणा

    काठमाडौं - सरकारले १ असोजमा शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । l त्यस्तै असोज १ गते सार्वजनिक बिदा दिने र ज्यान गुमाएका व्यक्तिहरूला राष्ट्रिय झण्डा ओड्याउने निर्णय समेत भएको छ ।

  • २०८२ भाद्र २९, आइतबार

    सरकारमा जाने तीन मन्त्रीको टुंगो लाग्यो, कुलमान घिसिङ ऊर्जा मन्त्री, रामेश्वर खनाल अर्थमन्त्री बन्ने

    काठमाडौं - प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो । गृहमन्त्री अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन् । ‘यो प्रारम्भिक सूची हो । उहाँहरूले पाउने मन्त्रालयको...

  • २०८२ भाद्र २९, आइतबार

    संसद् विघटन गर्ने निर्णयप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र

    काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा गम्भीर असहमति रहेको बताएको छ । पार्टी केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले जानकारी दिए । अहिलेको वर्तमान परिस्थितिलाई विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत संसद्लाई विघटन गर्ने निर्णय भएको भन्दै त्यसप्रति...

  • २०८२ भाद्र २९, आइतबार

    सुशीला विदेशी शक्तिको प्रधानमन्त्री भएको मेयर हर्कको आरोप

    काठमाडौं - चुनावी सरकारको प्रधानमन्त्री बन्न प्रधानसेनापति अशोक सिग्देलसँग भेटे पनि असफल भएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई विदेशी शक्तिको प्रधानमन्त्री भएको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा "विदेशी शक्तिको प्रधानमन्त्री जो भए पनि जनताको प्रधानमन्त्री मै हुँ। साराले रुचाए पनि डिजाइनरले रुचाएनन्। आज जेनजीको मत सर्वेक्षण गर्दा हुन्छ...

  • २०८२ भाद्र २९, आइतबार

    आज जितिया पर्वको ‘ओगटन’

    महोत्तरी - मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा जितिया पर्व लागेको छ । भोलि आइतबारको निराहार व्रतअघि सन्तानवती मिथिलानी (मिथिलाका नारी) आज ‘ओगटन’ (दर खाने) बन्दोबस्त जुटाउँदै  छन् । यो पर्व हिन्दू मैथिल परम्पराको हो । प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष (असोज कृष्णपक्ष)को अष्टमी तिथिका दिन सन्तानको कल्याण कामनाका साथ गरिने यो पर्व भोलि आइतबार हो । व्रतअघिको रात ‘ओगटन’ खाने चलन छ । ‘ओगटन’...

  • २०८२ भाद्र २९, आइतबार

    प्रधानमन्त्री कार्कीलाई बदलाको भावनाभन्दा माथि उठेर काम गर्न सुनिता डंगोलको सुझाव

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकोमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई दिएकी छिन् । साथै उनले बदलाको भावनाभन्दा माथि उठेर काम गर्न पनि सुझाव दिएकी छिन् ।  उनले भनेकी छिन्–'यो तपाईँका लागि केवल ऐतिहासिक र गौरवमय क्षण मात्र होइन, अपितु बदलाको भावनाभन्दा माथि उठेर, जेन जी लगायत समस्त न्यायप्रेमी जनताको भावना अनुरूप...

  • २०८२ भाद्र २९, आइतबार

    सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

    रास्वपाकी पूर्वसहमहामन्त्री एवं निवर्तमान सांसद सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् । संचारमाध्यमलाई उनले यस्तो भनेकी छन्: कहिल्यै गल्ती नस्वीकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो,...

  • २०८२ भाद्र २९, आइतबार

    जेन–जीको नेता दाबी गर्ने सुधन गुरुङको पत्रकार सम्मेलनमा लफडा

    जेन–जी आन्दोलनका बारेमा काठमाडाैंको रिपोर्टस् क्लवमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भाँडभैलो मच्चिएको छ । आफूलाई आन्दोलनको अगुवा दाबी गरेका सुधन गुरुङले पत्रकार सम्मेलन आयोजना गरेका थिए । पत्रकारहरूसँग चर्काचर्की परेपछि सुरु भएको विवाद कुटाकुटमा परिणत भएको हो । गुरुङलाई जेन–जी आन्दोलन 'हाइज्याक' गरेको आरोप लागिरहेको छ । 

  • २०८२ भाद्र २८, शनिबार

    काठमाडौँमा कर्फ्यु र निषेधाज्ञा हट्यो

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लामा लगाइएको कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै शनिबारदेखि कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।  विज्ञप्तिमा सुरक्षा संवेदनशीलताको आधारमा भदौ २६ गतेको प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार विभिन्न स्थानमा तोकिएको निषेधित क्षेत्रसम्बन्धी आदेश भने कायमै रहेको जनाइएको छ । 

Pages