relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०८२ आश्विन १२, आइतबार

    एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

    एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस्तै परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको बोर्डले जानकारी दिएको छ ।   परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन...

  • २०८२ आश्विन १२, आइतबार

    जेनजी आन्दोलनमा २३ सय जना घाइते भएको तथ्यांक, घाइतेलाई परिचयपत्र दिइने

    काठमाडौं - भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभर करिब २३ सय जना घाइते भएको प्रारम्भिक तथ्यांक निकालिएको छ। गृह र स्वास्थ्य सचिवसहितको टिमले देशभरबाट संकलन गरेको विवरणका आधारमा यो तथ्यांक निकालेको उच्च स्रोतले जनाएको छ। त्यस्तै यी घाइतेहरूको उपचार गर्न सरकारले 'डेडिकेटेड' अस्पताल तोक्ने भएको छ। यसबारे भने शनिबार गृह मन्त्रालयले नै विज्ञप्ति जारी गरी जानकारी दिएको छ। स्रोतका अनुसार काठमाडौंमा...

  • २०८२ आश्विन १२, आइतबार

    युलेन्स स्कुलको अध्यक्ष पदबाट आरजुले दिइन् राजीनामा

    निवर्तमान परराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन्। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो। त्यसयता उनलाई अभिभावकले अध्यक्षबाट राजीनामा दिन दबाब दिइरहेका थिए। यस क्रममा राणाले शुक्रबार अध्यक्ष पदबाट राजीनामा दिएको युलेन्स फाउन्डेसन स्रोतले शनिबार जानकारी दियो। ‘...

  • २०८२ आश्विन ७, मंगलबार

    भक्तपुरकै अगुवा सामाजिक संस्था न्ह्यज्या खलःको स्थापना दिवस सम्पन्न

    भक्तपुर जिल्ला कै सबभन्दा जेठो सामाजिक संस्था न्ह्यज्या खलः थिमिले ६४ औंं स्थापना दिवस भव्य रुपमा मनाएको छ । यसै सन्दर्भमा  खलःले प्रत्येक वर्ष बडा दशैंको घटस्थापनको दिन साहित्यिक र सांस्कृतिक कार्यक्रम कार्यक्रम गर्दै आएको छ ।  कार्यक्रममा साहित्यकार कृष्णमोहन जोशीको ‘मुक्तिको लागि’ नामक कविता संग्रह विमोचन गरिएको छ । शैक्षिक, राजनीतिक, सांस्कृतिक र सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले साढे...

  • २०८२ आश्विन ७, मंगलबार

    अर्को एउटा गीतमा ‘दशैंको टिका’

    नेपालीहरुको महान चाड दशैं आउँदा दशैं सम्बन्धी गीतहरु बजार मा आउने क्रमले तीब्रता लिने गर्दछ । गीतमा दशैं झल्काउन विशेषत टिकाको ठुलो महत्व हुने गर्दछ ।  यसै क्रममा नेपाली चलचित्र क्षेत्रमा एकताका हाउडे , छिमेकि लगायतका फिल्म बनाएका  निर्माता तथा अभिनेता ईश्वर थापा विदेशी भूमिमा रहेर पनि नेपाली कला संस्कृती संरक्षणमा सदैव सकृय रहदैआउनु हुने व्यक्तित्व हुनुहुन्छ । यसैक्रममा नेपालीहरुको महान पर्व बडा...

  • २०८२ आश्विन ६, सोमबार

    नवनियुक्त चार मन्त्रीले लिए शपथग्रहण

    काठमाडौं - नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा विज्ञान तथा प्रविधि, खरेलले सञ्चार तथा सूचना र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् । अतिरिक्त स्वास्थ्य सचिव डा.संगीता मिश्राको नाम पनि मन्त्रीका लागि सिफारिस गरिएको थियो ।

  • २०८२ आश्विन ६, सोमबार

    जेनजी आन्दोलनबाट निजी क्षेत्रमा ८० अर्ब रुपैयाँ बराबरको क्षति

    काठमाडौं -  जेनजी आन्दोलनका क्रममा ८० अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रमा क्षति भएको छ । आज निजी क्षेत्रका प्रतिनिधीहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्दै करिव ८० अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आंकलन रहेको जानकारी गराएको हो ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीसँगको भेटमा आन्दोलनबाट ठूलो जनधनको क्षति भएको भन्दै घुसपैठ गर्नेलाई...

  • २०८२ आश्विन ६, सोमबार

    प्रधानमन्त्री कार्कीले राष्ट्रपतिसमक्ष पठाइन् यी ५ नयाँ मन्त्रीको नाम

    प्रधानमन्त्री सुशीला कार्कीले थप ५ मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन्। जसमा उद्योगमन्त्रीमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा र स्वास्थ्यमन्त्रीमा मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्र सिफारिस भएका छन्। त्यस्तै मदन परियार कृषिमन्त्रीमा र जगदीश खरेल सञ्चारमन्त्री नियुक्तिका लागि सिफारिस भएका छन्। परियार राज्य पुनर्संरचना आयोगका...

  • २०८२ आश्विन ६, सोमबार

    विद्युत् प्राधिकरणबाट हटाइए हितेन्द्रदेव, अब कार्यकारी निर्देशक मनोज सिलवाल

    काठमाडौं - नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आजको बैठकले सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।  बैठकले हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीमा पदमा नियुक्त गर्ने निर्णय गरेको छ। शाक्य गत चैत ११ गते कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। 

  • २०८२ भाद्र ३१, मंगलबार

    १ असोजमा शोक दिवस मनाइने, सार्वजनिक बिदा घोषणा

    काठमाडौं - सरकारले १ असोजमा शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । l त्यस्तै असोज १ गते सार्वजनिक बिदा दिने र ज्यान गुमाएका व्यक्तिहरूला राष्ट्रिय झण्डा ओड्याउने निर्णय समेत भएको छ ।

  • २०८२ भाद्र २९, आइतबार

    सरकारमा जाने तीन मन्त्रीको टुंगो लाग्यो, कुलमान घिसिङ ऊर्जा मन्त्री, रामेश्वर खनाल अर्थमन्त्री बन्ने

    काठमाडौं - प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो । गृहमन्त्री अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन् । ‘यो प्रारम्भिक सूची हो । उहाँहरूले पाउने मन्त्रालयको...

  • २०८२ भाद्र २९, आइतबार

    संसद् विघटन गर्ने निर्णयप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र

    काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा गम्भीर असहमति रहेको बताएको छ । पार्टी केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले जानकारी दिए । अहिलेको वर्तमान परिस्थितिलाई विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत संसद्लाई विघटन गर्ने निर्णय भएको भन्दै त्यसप्रति...

Pages