राष्ट्रिय
-
२०८२ कार्तिक १८, मंगलबार
तोडफोड र आगजनीको घटना अनुसन्धान गर्न सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतको जाहेरी
काठमाडौं - सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन् । जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको घटना अनुसन्धान गर्न भन्दै जाहेरी परेको हो । दुवै अदालतले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा जाहेरी दिएका छन् । अदालतका तर्फबाट जाहेरी आएको परिसरका एसएसपी रमेश थापाले बताए । ‘अदालतका तर्फबाट जाहेरी आएको छ । अब अनुसन्धान अघि बढ्छ,’ एसएसपी थापाले अनलाइनखबरसँग भने ।...
-
२०८२ कार्तिक १७, सोमबार
जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
काठमाडौं - सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोकेको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलापको सञ्चालन नियमावली, २०८२ स्वीकृत गरेको बताएका छन्। सरकारले नेपालको राष्ट्रहित,...
-
२०८२ कार्तिक १७, सोमबार
५ एसएसपी डीआईजीमा बढुवा, सीआईबीमा खत्री, अख्तियारमा खनाल
काठमाडौं - नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ । एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय गृहमन्त्री ओमप्रकाश अर्यालले गरेका हुन् । जस अनुसार, खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा, भट्टराई अपराध अनुसन्धान विभागमा, ओम अधिकारी...
-
२०८२ कार्तिक १२, बुधबार
राष्ट्रपतिद्वारा सूर्यसहित छठी माताको पूजा आराधना
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गरेका छन्। सोमवार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगरे सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गरेका हुन् । देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने...
-
२०८२ कार्तिक १२, बुधबार
प्रधानमन्त्री कार्कीद्धारा कमलपोखरीमा छठ पूजा
काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको कमल पोखरीमा पुगेर छठीमाईको पूजा गरेकी छिन् । प्रधानमन्त्री कार्मीले सोमवार छठ पर्वको मुख्य दिन कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठीमाईको पूजा आराधना गरेकी हुन् । प्राचीन कालदेखि सूर्यको आराधना गरी मनाइँदै आएको बहुसांस्कृतिक, बहुधार्मिक एवं बहुजातीय पर्व छठको अनुष्ठानअन्तर्गत सोमवार अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदैछ । काठमाडौंको कमल...
-
२०८२ आश्विन २९, बुधबार
जेनजी आन्दोलनमा दमन गर्नेलाई कारबाहीको मागसहित सर्वोच्चमा १४ रिट
काठमाडौं - भदौ २३ मा जेनजी आन्दोलनमा दमन गर्नेलाई फौजदारी अनुसन्धानमा ल्याएर कारबाही गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा १४ वटा रिट पेस भएका छन् । सर्वोच्चमा आएका १४ वटा रिटमध्ये १० वटा संसद् विघटन, अन्तरिम सरकार गठन असंवैधानिक भएको भन्दै रिट पेस भएका छन् । चारवटा रिट भने मौलिक हकसँग सम्बन्धित रहेको र रिट दर्ताबारे छलफल भइरहेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । युवराज...
-
२०८२ आश्विन २८, मंगलबार
विपिन जोशीको मृत्यु भएको पुष्टि, शव हस्तान्तरण गरिने
काठमाडौँ - हमासद्वारा मारिएका विपिन जोशीको शव आजै हस्तान्तरण गरिने भएको छ । हमासको सशस्त्र शाखा कसम ब्रिगेडले आज चार जना बन्दीको शव हस्तान्तरण गर्ने बताएको छ । हमासको उक्त सशस्त्र समूहले एक विज्ञप्ति जारी गर्दै विपिन मृतक बन्दीहरूको पहिचान गाइ इलोज, योसी शाराबी, र डेनियल पेरेजको रूपमा गरेको छ। विज्ञप्तिमा उनीहरूको शव आज हस्तान्तरण गरिने बताइएको छ। यसअघि हमासले गाजामा रहेका सबै २० जना जीवित...
-
२०८२ आश्विन २६, आइतबार
चार जेनजी मन्त्रीहरूको नाम टुंगो लाग्यो
काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधिहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अघि बढाएकी छिन् । प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार, आगामी सोमबारसम्म शपथ गर्नेगरी चार जना नयाँ मन्त्री नियुक्त हुन लागेका हुन् । शुक्रबार साँझ प्राप्त जानकारी अनुसार, मन्त्रीहरूको नाम टुंगो लागिसकेको छ । जेनजीहरूको प्रतिनिधित्व गरेर नयाँ मन्त्री हुनेहरूमा गणपतिलाल श्रेष्ठ, बब्लु...
-
२०८२ आश्विन २६, आइतबार
एक्कासी टाउको दुख्ने र वान्ता हुने भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना
काठमाडौं - स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । शनिबार शीतल निवासमा जेनजी प्रतिनिधिसँगको वार्ताका क्रममा एक्कासी टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । यससँगै राष्ट्रपति पौडेलले जेनजी प्रतिनिधिसँग सोमबारमात्रै वार्ता गर्ने राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले बताए । शनिबार जेनजीका...
-
२०८२ आश्विन २६, आइतबार
नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा प्रहरीको छापा, ३१ महिला र १४ पुरुष पक्राउ
काठमाडौं - नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा प्रहरीले छापा हानेर ४५ जनालाई नियन्त्रणमा लिएको छ । ती होटल तथा रेष्टुरेन्टमा अनैतिक गतिविधि तथा कार्य भएको गुनासो आएपछि छुट्टाछुट्टै टोली बनाएर होटल तथा रेष्टुरेन्टमा छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए । उनले होटेल तथा रेष्टुरेन्ट सञ्चालकलाई नियन्त्रणमा लिइएको उल्लेख गर्दै अनुसन्धान जारी...
-
२०८२ आश्विन २३, बिहिबार
जेनजी अभियन्ता डा. निकोलस भुसाल माइतीघरबाट पक्राउ
काठमाडौं - माइतीघर मण्डलामा आन्दोलन गर्न गएका जेनजी अभियन्ता डा. निकोलस भुसाल पक्राउ परेका छन् । जेनजीको माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन भेला भएका भुसालसहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । माइतीघर परिसरमा प्रहरीको बाक्लो परिचालन गरेर कसैलाई पनि प्रदर्शन गर्न दिइएको छैन । जेनजी आन्दोलनको एक महिना पूरा हुँदा पनि केही माग सम्बोधन नभएको भन्दै उनको समूहले प्रदर्शन आयोजना गरेको थियो...
-
२०८२ आश्विन २३, बिहिबार
क्षतिग्रस्त बीपी राजमार्ग अनुगमन गर्दै कुलमान
काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बाढीपहिरोले विनाश गरेको बीपी राजमार्गको अनुगमन गरेका छन् । मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको प्राविधिक टोली लिएर घिसिङ अनुगमनमा पुगेका हुन् । उनले आज रोशीको बाढीले बितण्डा मच्चाएको चौकीडाँडा क्षेत्रको निरीक्षण गरे । त्यहाँको करिब ४ किलोमिटर सडकमा अस्थायी डाइभर्सन बनाएर सञ्चालन गर्न लागिएको छ । संघीय...


