STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रिय

  • २०८० मङ्सिर १२, मंगलबार

    ५५ इन्टरनेट सेवा प्रदायकले टिकटक बन्द गरेनन्

    काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले ५५ वटा इन्टरनेट कम्पनीलाई टिकटक बन्द नगर्नुको कारण माग गरेको छ । सरकारको निर्णय अनुसार प्राधिकरणको निर्देशन कार्यान्वयन भए/नभएको सम्बन्धमा कुनै पनि जानकारी नआएको उल्लेख गर्दै २४ घन्टाभित्र जवाफ दिन आग्रह गरेको छ ।  साथै, २४ घन्टाभित्र जवाफ नआए ५५ वटा इन्टरनेट कम्पनीलाई कारबाही गर्ने चेतावनी समेत प्राधिकरणले दिएको छ ।  ‘संलग्न सूचीमा उल्लेखित इन्टरनेट सेवा...

  • २०८० मङ्सिर १२, मंगलबार

    कारागारमा योग शिविर

    काठमाडौँ, १२ मङ्सिर स् आपराधिक क्रियाकलपमा संलग्न भएको अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीमा सकारात्मक सोचको विकास गर्ने ध्येयले सरकारले योग साधनाको अवधारणालाई अघि बढाउने भएको छ । मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत देशभरका कारागारमा योग शिविर सञ्चालन हुने भएको हो । उपप्रधानमन्त्री...

  • २०८० मङ्सिर १२, मंगलबार

    जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

    जाजरकोट -  कात्तिक १७ गते राति रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् । त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ । भूकम्पबाट  घरबासविहीन भएका सर्वसाधारण मौसम अनूकुल नहुँदा बिरामी पर्ने...

  • २०८० मङ्सिर ११, सोमबार

    प्रधानमन्त्री ‘प्रचण्ड’ बुधबार युएई जाने

    काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्सिर १३ गते संयुक्त अरब इमिरेट्सको दुबई जाने भएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही मङ्सिर १३ गते संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्ने भएका छन् । बुधबार प्रधानमन्त्री ‘प्रचण्ड’ त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । जलवायु...

  • २०८० मङ्सिर ११, सोमबार

    गौशालाबाट कथित धर्मगुरुसहित १० जना पक्राउ

    काठमाडौँ - गौशालामा दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’मा सहभागी प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ ।  स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले बताए ।  आफूलाई युवासन्त र ‘धर्मगुरु’ बताउने आचार्य श्रीनिवास पक्राउ परेका छन्। मेडिकल व्यवासायी समेत रहेका दुर्गा प्रसाईं नेतृत्वको...

  • २०८० मङ्सिर ११, सोमबार

    सकिमना पुन्ही मनाउँदै नेवार समुदाय

    कात्तिक शुक्ल पूर्णिमाको अवसरमा आज नेवार समुदायले घरघरमा पिँडालु र सख्खरखण्ड उसिनेर खाँदै ‘सकिमना पुन्ही’ अर्थात पिँडालु उसिन्ने पूर्णिमा मनाउँदैछन् ।यो पुन्ही नेवार समुदायका भजन खलः, दाफा भजन खलःहरुले पर्वको रुपमा मनाउने गर्दछन् । कोजाग्रत पूर्णिमाको दिन सुरु गरिएको एक महिने रात्रिकालीन भजनकीर्तनलाई समापन गर्ने दिनको रुपमा आज पिँडालु उसिनेर खाने र नसाः ९मकै, भटमास, गहुँ र ताय०बाट भगवानका आकृति...

  • २०८० मङ्सिर ११, सोमबार

    चिसोबाट जाजरकोट भूकम्पपीडितको मृत्यु

    काठमाडौं - भूकम्पले घरमा क्षति पुर्‌याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार राति चिसोबाट मृत्यु भएकोे जानकारी दिए । नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने “घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।”...

  • २०८० मङ्सिर १०, आइतबार

    मिथिलामा छठपछि सनेसको चटारो

    महोत्तरी,  छठपर्व सकिएको एक साता हुनै लागेको छ । पर्व सकिए पनि मधेसको प्राचीन मिथिला क्षेत्रमा अझै छठको ‘सनेस’ कोसेलीको मौसम कायमै छ । छठ मनाइएका सबैजसो घरमा सनेसका रुपमा ‘ठकुवा’ ९छठको मुख्य प्रसाद मानिने गहुँको पिठो र सख्खर मुछेर बनाइने मिष्ठान्न परिकार पाकिरहेका छन् । छठ सकिएसँगै मिथिलाका गृहिणीलाई  सनेसका लागि ठकुवा पकाउने र आफन्त कहाँ पठाउने चटारो सुरु हुन्छ । पर्वको सनेस विवाहित छोरीचेली,...

  • २०८० मङ्सिर ७, बिहिबार

    नेपाल संवत्‌लाई सरकारी दस्तावेजमा उल्लेख गर्न नेवार समुदायको भूमिका महत्त्वपूर्ण छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको मौलिक संवत्‌का रूपमा नेपाल संवत् स्थापित भएको बताएका छन् । नेपाल संवत् मूल समारोह समितिद्वारा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले हरेक राष्ट्रको मौलिक संवत् प्रचलनमा रहेको सन्दर्भमा नेपाल संवत् पनि नेपालको मौलिक संवत् भएको बताएका छन् । विसं २०६५ मा आफू नेतृत्वको सरकारले नै नेपाल संवत्‌लाई राष्ट्रिय संवत् घोषणा गरेको स्मरण गर्दै...

  • २०८० मङ्सिर ७, बिहिबार

    चित्लाङ आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

    काठमाडौँ - मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान १ बजेर १९ मिनेटमा ४ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको हो । भूकम्पको केन्द्रबिन्दु काठमाडौँ नजिकै भएकाले कडा धक्का महसुस भएको थियो ।  यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्द्र भएर शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पबाट ठुलो धनजनको क्षति भएको थियो । 

  • २०८० मङ्सिर ७, बिहिबार

    आज दुर्गा प्रसाई र महेश बस्नेत आमने सामने

    काठमाडौँ - नेकपा एमालेका नेता महेश बस्नेत र विवादीत मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच आन्दोलनको जुहारी चलेको छ । एकले अर्कोलाई सकेसम्म तेजोबोध गर्ने प्रपञ्चमा लाग्दा हिंसा भड्किने खतरा समेत उत्तिकै छ ।  आज मंसिर ७ गते उनीहरुले गर्ने भनेको जनप्रदर्शनमा काठमाडौं प्रशासनले लिएको निर्णय र यस्तो आन्दोलनको सुत्रपात किन र कसरी भयो त ? राजसंस्था फर्काउने र नागरिक बचाउने नाममा अराजक गतिविधिलाई पछ्याउदै...

  • २०८० मङ्सिर ६, बुधबार

    चिसोले जाजरकोटमा मृत्यु हुनेको संख्या १३ पुग्यो

    जाजरकोट- अत्यधिक चिसोका कारण जाजरकोटको नलगाड नगरपालिका-४ पीपलचौरमा त्रिपालमुनि बस्दै आएकी महिलाको मृत्यु भएको छ ।   वडाध्यक्ष बद्री पन्तका अनुसार मुटु तथा बाथरोगपीडित २८ वर्षीय धनकुमारी खत्रीको बुधबार बिहान मृत्यु भएको हो । धनकुमारी बारेकोट गाउँपालिका-८ लैखम नजिकै अँधेरीखोलामा माइतीघरमा श्रीमान् विष्णु खत्रीसँगै कुखुरापालन व्यवसाय गर्दै आएकी थिइन् ।खत्री दम्पती घर भत्किएपछि कात्तिक २५ गते नै...

Pages