STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रिय

  • २०८० कार्तिक २०, सोमबार

    जाजरकोटमा फेरि भूकम्प, त्रासमा पीडित

    काठमाडौं- फेरि भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ । मानिसहरू घरबाट बाहिर निस्केर सुरक्षित स्थानतर्फ हिँडेका छन् । भूकम्प मापन केन्द्रका अनुसार सोमबारको भुकम्प जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको हो । शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै सोमबार अपराह्न अर्को ५.८ रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि त्रास फैलिएको हो । सोमबार बेलुका ४ बजेर ३१ मिनेटमा गएको...

  • २०८० कार्तिक २०, सोमबार

    भूकम्प पीडितको गुनासो - ‘अहिलेसम्म राहत पाएका छैनौँ’

    जाजरकोट - शुक्रबार राति अकल्पनीय रुपमा गएको भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य अकालमा गुमाउनुप¥यो । आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका पीडामा छन्। दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा एक्कासि आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाउनुप¥यो । उनको सात जनाको परिवारमध्ये तीन जना मात्र मृत्युको मुखबाट...

  • २०८० कार्तिक २०, सोमबार

    राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलको १० दिने युरोप भ्रमण तत्कालका लागि स्थगित भएको छ । भूकम्पका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा विदेश भ्रमण गर्न उचित नहुने भन्दै भ्रमण स्थगित गरिएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले बताउनुभएको छ । गएको शुक्रवार राति जाजरकोटमा गएको भूकम्पका कारण भएको क्षतिले गर्दा देश नै शोकमा र सङ्कट परेको अवस्थामा राष्ट्रपतिले भ्रमण नगर्ने निर्णय...

  • २०८० कार्तिक १९, आइतबार

    भूकम्पबाट जाजरकोट र रूकुम पश्चिममा ९१० वटा भवन पूर्णरूपमा क्षति

    काठमाडौं- जाजरकोट र रूकुम पश्चिममा ९१० वटा घर भूकम्पका कारण पूर्ण रूपमा क्षति पुगेको छ । शुक्रबार राति ११ः४७ जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पका कारण ९१० वटा घर पूर्ण रूपमा क्षति पुगेको नेपाल प्रहरीको प्रधान कार्यालयले जनाएको छ । यस्तै २ हजार ८६१ घरहरूमा आंशिक रूपमा क्षति पुगेको छ । जाजरकोट, रूकुम पश्चिमसँगै कर्णाली प्रदेशका अन्य केही जिल्लाका केही घरहरूमा...

  • २०८० कार्तिक १९, आइतबार

    भूकम्पमा परी निधन भएकाका परिवारलाई प्रतिव्यक्ति दुई लाख दिने सरकारको निर्णय

    काठमाडौं - नेपाल सरकारले जाजरकोट–भूकम्पबाट प्रभावितको खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउँदै तत्काल मर्मतसम्भार सम्पन्न भएपछि पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरी एक वर्षभित्र भूकम्प प्रतिरोधी आवास निर्माण गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज सम्पन्न मन्त्रिपरिषद्को आकस्मिक बैठकले खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउन सुर्खेतलाई मुख्य र नेपालगञ्जलाई सहायक...

  • २०८० कार्तिक १८, शनिबार

    भूकम्प पीडितलाई सहयोग जुट्दै, बुद्ध एअरले एक करोड दिने

    काठमाडौं- जाजरकोट भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिपछि त्यस क्षेत्रका लागि सहयोग जुट्न सुरु भएको छ । विभिन्न कम्पनी तथा सङ्घ संस्थाले भूकम्प पीडितलाई सहयोग रकम घोषणा गर्न सुरु गरेका छन् ।  निजी क्षेत्रको ठूलो वायु सेवा कम्पनी बुद्ध एअरले भूकम्पपीडितका लागि एक करोड आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । बुद्ध एअरले उद्धार तथा राहत सामग्री ढुवानीमा पनि सहयोगका लागि प्रतिबद्धता जनाएको छ...

  • २०८० कार्तिक १८, शनिबार

    भूकम्पबाट मृत्यु हुनेको संख्या १५७ पुग्यो, १९७ जना घाइते

    काठमाडौं - भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ। भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन्। सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। त्यसैगरी भूकम्पबाट जाजरकोटमा एक सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन-...

  • २०८० कार्तिक १८, शनिबार

    जाजरकोटका घाइतेलाई भेटेर रुकुम फर्किए प्रधानमन्त्री

    जाजरकोट- भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका प्रधानमन्त्री प्रचण्ड घाइतेलाई भेटेर दिएर रुकुम पश्चिम फर्किएका छन् । जाजरकोटको खलङ्गास्थित जिल्ला अस्पतालमा पुगेर प्रधानमन्त्री प्रचण्डले घाइतेहरूलाई भेटेर ढाडस दिएका हुन् । नेपाली सेनाका १६ जनाको मेडिकल टीमसहित पुगेका उनले डाक्टर र औषधी लिएर आएको बताउँदै घाइते र आफन्तलाई चिन्ता नलिने भनेका थिए । ‘डाक्टर र औषधी ल्याएर आएका छौं । उपचारमा समस्या...

  • २०८० कार्तिक १८, शनिबार

    जाजरकोट भूकम्पको वितण्डा तस्बिरमा

    जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार राती आएको भूकम्पले भेरी नगरपालिका ३ थाप्लेमा भत्किएका घरहरू । तस्बिर : हेमन्त केसी/रासस

  • २०८० कार्तिक १८, शनिबार

    मेडिकल टोली लिई प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रतर्फ

    काठमाडौं— जाजरकोट र रुकुम पश्चिममा गएराती गएको भूकम्पले पुर्‍याएको क्षतिबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, डाक्टरको टोलीसहित त्यसतर्फ उडेका छन् । भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको र धेरै घाइते भएको कारण डाक्टरको टोली लिएर प्रधानमन्त्री त्यसतर्फ उडेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । ‘प्रधानमन्त्री एकजना सुरक्षाकर्मी र अरु सबै डाक्टरहरू र औषधि...

  • २०८० कार्तिक १८, शनिबार

    मध्यरात गएकाे भूकम्पबाट जाजरकोटमा ८६ र रूकुममा २७ जनाको मृत्यु

    काठमाडौँ - जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर जाजरकोटमा  ८६ र रूकुममा २७ जनाको मृत्यु भएको छ ।  भूकम्पमा परेर मृत्यु हुनेको संख्या ८६ पुगेको जाजरकोटका डिएसपी सन्तोष रोकाले संचार माध्यमलाई बताए ।  भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ । शुक्रवार राति ११ बजेर ४७ मिनेटमा ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।  भूकम्पमा परेर...

  • २०८० कार्तिक १७, शुक्रबार

    मध्यरात काठमाडौंमा भूकम्पको झट्का

    काठमाडौं - काठमाडौंमा शुक्रबार मध्य रातमा भूकम्पको झट्का महसुस गरिएकाे छ । रातकाे ११:४७ को समय गएकाे भूकम्पको झट्का गएकाे थियाे । घटना बारे थप विवरण आउन बाँकी छ ।

Pages