STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रिय

  • २०८० कार्तिक ३, शुक्रबार

    राष्ट्रपतिले विजय दशमीको दिन २ देखि ५ बजेसम्म टीका लगाइदिने

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले दसैंको अवसरमा  विशिष्ट व्यक्ति र सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन्। राष्ट्रपति कार्यालयबाट बिहीबार जारी प्रेस नोटअनुसार शीतलनिवासमा दिउँसो २ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको छ। राष्ट्रपतिबाट विशिष्ट व्यक्तिहरूलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले...

  • २०८० कार्तिक ३, शुक्रबार

    गाजामा सर्वसाधारणको ज्यान जानेगरी भएको आक्रमणप्रति नेपाल सरकारको निन्दा

    काठमाडौं - सयौं सर्वसाधारणको ज्यान जानेगरी गाजास्थित एक अस्पतालमा भएको आक्रमणप्रति नेपाल सरकारले निन्दा गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै निर्दोष सर्वसाधारणको हत्या गरिएको भन्दै सरकारले गहिरो संवेदनासमेत व्यक्त गरेको छ। 'गाजाको एक अस्पतालमा निर्दोष नागरिकको हत्या भएकोमा नेपाल सरकार स्तब्ध भएको छ। अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी...

  • २०८० कार्तिक ३, शुक्रबार

    चिनीको हाहाकार कहिले सम्म?

    काठमाडौं- अहिले देशभर चिनीको हाहाकार छ । दसैँ, तिहारजस्ता नेपालीहरूको मुख्य चाडपर्वमा बजारमा भइरहेको चिनीको अभावप्रति सरकारले ध्यान नदिएको उपभोक्ताको गुनासो छ । सरकार भने बजारमा देखिएको चिनीको अभाव कम गर्ने प्रयास जारी रहेको दाबी गर्छ ।  व्यापारीहरू बजारमा देखिएको चिनीको अभाव कृत्रिम नभइ वास्तविक नै भएको बताउँछन् । बजारमा चिनीको अभाव हुनुमा उनीहरु सरकारलाई दोष दिन्छन् । खुद्रा व्यापार सङ्घका...

  • २०८० कार्तिक १, बुधबार

    इजरायलबाट दिल्ली आइपुगे थप १८ नेपाली

    काठमाडौं - भारत सरकारमार्फत युद्धग्रस्त इजरायलबाट थप १८ नेपालीको उद्धार गरिएको छ । उद्धार गरिएका उनीहरू मंगलबार मध्यराति दिल्ली आइपुगेका छन् । भारत सरकारले आफ्ना नागरिकको उद्धारका लागि पठाएको विशेष विमानबाटै नेपाली नागरिकलाई पनि ल्याएको हो । दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापाले भारत सरकारसँग समन्वयमा १८ जना नेपाली नागरिक आइपुगेको बताए । गत साता हमासले इजरायलमाथि आक्रमण...

  • २०८० आश्विन २९, सोमबार

    आजदेखि नयाँ नोट साट्न पाइने

    काठमाडौं- आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सोमबारदेखि नयाँ नोट साट्न थालेको हो । काठमाडौं उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखा मार्फत नयाँ नोट सटही गर्न सकिनेछ ।  काठमाडौं उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गई नोट साट्न सकिने...

  • २०८० आश्विन २५, बिहिबार

    अलपत्र विद्यार्थी लिन परराष्ट्रमन्त्री इजरायल गए

    काठमाडौं- स्वदेश फर्कन चाहने करिब साढे दुई सय विद्यार्थीलाई ल्याउन परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली इजरायल प्रस्थान गरेको छ । नेपाल एअरलाइन्सको विमानबाट उनी बिहीबार बिहान दुबई हुँदै इजराइलका लागि उडेका हुन् । कृषि पढ्न इजरायल गएका विद्यार्थीलाई दुई दिनभित्र स्वदेश फर्काइने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्रीलाई इजरायल पठाउने निर्णय बुधबार मन्त्रिपरिषद् बैठकले गरेको थियो । ...

  • २०८० आश्विन २३, मंगलबार

    इजरायलबाट छिटो शव ल्याउन संसदीय समितिको निर्देशन

    काठमाडौँ - प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल आक्रमणमा परी निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ । मंगलवार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । सरकारलाई समितिको तर्फबाट निर्देशन दिँदै समिति सभापति राजकिशोर यादवले घाईतेहरुको स्वास्थ्योपचार गर्न,बेपत्ता भएका नेपालीहरुको तत्काल खोजि गर्न र...

  • २०८० आश्विन २३, मंगलबार

    आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई सरकारले वार्तामा बोलायो

    काठमाडौं- सरकारले आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई वार्तामा बोलाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले, एक विज्ञप्ति जारी गर्दै मागको सम्बोधन छलफलबाट नै हुने भन्दै वार्तामा आउन आग्रह गरेको हो ।  वार्ताबाटै समस्याको समाधान हुने प्रतिवद्धतासहित कर्मचारीलाई काममा फर्कन समेत सरकारले आग्रह गरेको छ । मन्त्रालयले स्थानीय तहका कर्मचारीका मागका सम्बन्धमा छलफल गरी उपयुक्त निकास निकाल्न...

  • २०८० आश्विन २३, मंगलबार

    नेपालगञ्जमा हटाइयो कर्फ्यु र निषेधाज्ञा

    काठमाडौं- नेपालगञ्जमा विगत एक सातादेखि जारी कर्फ्यु र निषेधाज्ञा हटाइएको छ । नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि प्रशासनले कर्फ्यु र निषेधाज्ञा लगाएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले एक सूचना जारी गर्दै मंगलबार बिहान ४ बजेदेखि कर्फ्यु र निषेधाज्ञा पूर्ण रूपमा हटाइएको उल्लेख गरेका हुन् । गत असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यु लगाइएको...

  • २०८० आश्विन २३, मंगलबार

    इजरायल घटनापछि यूएन महासचिव गुटेरेसको नेपाल भ्रमण स्थगित

    काठमाडौं- इजरायलमा हमास विद्रोहीले आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनबीच सुरु भएको तनावका कारण संयुक्त राष्ट्रसङ्घ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण स्थगित भएको छ । ‘उहाँको भ्रमण छिट्टै हुनेछ । हाललाई स्थगित भएको छ,’ परराष्ट्र मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले भनिन्  । यसअघि महासचिव गुटेरेसको नेपाल भ्रमण असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो । गुटेरेसले असोज २७ गते...

  • २०८० आश्विन २३, मंगलबार

    मानसिक रोग पनि अन्य सामाजिक रोगजस्तै हो, भेदभाव नगरौँ : प्रधानमन्त्री

    काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न आवश्यक भएको बताएका छन् । उनले समावेशी एवं समतामूलक समाज निर्माणका लागि मानसिक बिरामीमाथि लाञ्छना र भेदभाव गर्न नहुने बताएका हुन् । प्रधानमन्त्री दाहालले आज विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा भिडियो सन्देश दिँदै मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता अन्धविश्वास र लाञ्छनालाई न्यूनीकरण...

  • २०८० आश्विन २३, मंगलबार

    नेपालगञ्जमा कर्फ्यू हटाइयो

      नेपालगञ्ज , नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यू हटाइएको छ । जनजीवन सामान्य हुँदै गएपछि कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिनुभयो । उहाँले शान्तिसुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यू हटाइएको उल्लेख गर्नुभयो । अघिल्लो मङ्गलबार नेपालगञ्जमा तनाव उत्पन्न भएपछि दिउँसो १ बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो । अवस्था सामान्य बन्दै...

Pages