STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७९ श्रावण १६, सोमबार

    विप्लवलाई पक्राउ गर्न अदालतले काट्यो पुर्जी

    काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पक्राउ गर्न पुर्जी काटिएको छ । आज (सोमबार) ललितपुर जिल्ला अदालतले विप्लवसहित खड्गबहादुर विश्वकर्मा प्रकाण लगायतका नेताहरूलाई पक्राउ गर्न पुर्जी काटेको हो । उनीहरु विरुद्ध हातहतियार तथा खरखजाना मुद्दा, विस्फोटक पदार्थ, कर्तव्य ज्यान, राज्यविरुद्धको अपराधलगायत कसुरमा मुद्दा चलेकाले पक्राउ गर्न आदेश जारी गरेको हो । उनीहरुलाई ३५...

  • २०७९ श्रावण १५, आइतबार

    जनार्दन शर्मा पुन:अर्थमन्त्रीमा नियुक्त

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई पद तथा गोपनीयताको शपग ग्रहण गराएकी छिन् । आइतबार साँझ राष्ट्रपति भवनमा आयोजित विशेष सारोहमा राष्ट्रपति भण्डारीले अर्थमन्त्री शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।  शर्मालाई राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आइतबार दिउँसो अर्थमन्त्री नियुक्त गरेकी थिइन्।संसदीय छानबिन समितिले...

  • २०७९ श्रावण १४, शनिबार

    चुनावअघि पार्टी एकता सम्भव छैन : नेपाल

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चुनावअघि कुनै पनि दलसँग पार्टी एकता नहुने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी डोटीले शनिबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले चुनावअघि पार्टी एकता सम्भव नभएको तर चुनावी मोर्चा बन्न सक्ने बताए। उनले भने, “चुनावअघि कसैसँग पार्टी एकता...

  • २०७९ श्रावण १४, शनिबार

    ‘प्रचण्ड’को अन्तिमपटक प्रधानमन्त्री हुने इच्छा

      काठमाडौं - नेकपा (माओावदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन् । शनिबार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पुनः एकपटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् । उनले आफ्नो लागि आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने विश्वास व्यक्त गरे...

  • २०७९ श्रावण १४, शनिबार

    तत्काल समाजवादी केन्द्र नबन्ने : प्रचण्ड

    काठमाडौं -  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । राजधानीमा शुक्रबारदेखि शुरु भएको प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा परिवर्तन पक्षधर वामपन्थीको मोर्चा बनाउन खोजिएको प्रष्ट्याए । “तत्काल समाजवादी केन्द्र बन्दैन, निर्वाचनका लागि वामपन्थीको मोर्चा बनाउन खोजिएको हो”, उनले...

  • २०७९ श्रावण १४, शनिबार

    छानबिन समितिको प्रतिवेदन अपूर्ण : एमाले उपमहासचिव

    काठमाडौं - नेकपा (एमाले)का उपमहासचिव तथा संसदीय छानबिन समिति सदस्य प्रदीपकुमार ज्ञवालीले छानबिन समितिले संसदमा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकपछि संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग बोल्दै ज्ञवाललीले यस्तो बताएका हुन् । उनले सत्ता पक्षका सांसदहरु समितिले करका दर हेरफेर गर्न अनाधिकृत व्यक्ति प्रवेशबारे अध्ययन अनुसन्धान गर्ने सबै टुलर्स प्रयोग गर्न सहमित नभएको...

  • २०७९ श्रावण १४, शनिबार

    निवर्तमान अर्थमन्त्री शर्माले पाए सफाइ

    काठमाडौं - निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको सन्दर्भमा लागेको आरोपमा सफाइ पाएका छन्। संसदीय विशेष छानबिन समितिले १७ दिनको अनुसन्धानका क्रममा शर्माविरुद्ध कुनै प्रमाण नभेटिएको बताएपछि उनले सफाइ पाएका हुन् । प्रतिनिधिसभामा शुक्रबार छानबिन समितिको प्रतिवेदन पेश गर्दै सभापति लक्ष्मणलाल कर्णले प्राप्त तथ्य, प्रमाण र कागजातको विश्लेषण गर्दा...

  • २०७९ श्रावण १२, बिहिबार

    काठमाडौं पुगेका अमेरिकी सहायक विदेशमन्त्री लूलाई कालो झण्डा

    काठमाडौ‍ - संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लू बिहीबार अपराह्न काठमाडाैं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपालस्थित अमेरिकी राजदूतावासका उच्च अधिकारीले स्वागत गरेका थिए।  काठमाडौं पुगेका उनलाई विप्लव नेतृत्वको नेकपाले कालो झण्डा देखाएको छ। दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका लुको टोलीलाई विप्लब कार्यकर्ताहरुले गौशालामा कालो झन्डा देखाएका थिए।...

  • २०७९ श्रावण १२, बिहिबार

    बाबुराम भट्टराईको नयाँ दल ‘नेपाल समाजवादी पार्टी’ दर्ता, चुनाव चिह्न आँखा

    काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)बाट अलग्गिएका  भट्टराईसहितको समूहले आफ्नो दलको नाम नेपाल समाजवादी पार्टी राखेको छ । बिहीबार निर्वाचन आयोगले समावेशी लोकतान्त्रिक पार्टीका अध्यक्ष दीपक लामिछानेले दर्ता गरेको पार्टीको नाम परिवर्तन गर्ने प्रस्तावलाई आयोगले स्वीकृति प्रदान गरेकाे हाे । गत फागुन ५ गते भट्टराईनिकट लामिछानेले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग विवाद चर्किँदै गएपछि निर्वाचन आयोगमा...

  • २०७९ श्रावण १२, बिहिबार

    राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित

    काठमाडौं - राष्ट्रियसभाको आजको बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले विधेयक पारित गरियोस् भनी सभामा पेश गर्नुभएको प्रस्ताव बहुमतले पारित गरेको हो । त्यसअघि प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि सभामा छलफल भएको थियो । सदनमा सांसदबाट उठेको प्रश्नको गृहमन्त्री खाणले जवाफ दिनुभएको थियो । उक्त विधेयकमाथिको संशोधन प्रस्ताव राख्ने...

  • २०७९ श्रावण १२, बिहिबार

    अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै

    काठमाडौं - एमसीसी सम्झौता अनुमोदन गराउन भूमिका खेलेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु दुई दिने भ्रमणमा आज नेपाल आउँदैछन् । नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो । यसअघि एमसिसी सम्झौता अनुमोदन हुनु अघि पनि लूले नेपाल भ्रमण गरेका थिए । नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)...

  • २०७९ श्रावण ११, बुधबार

    माग पूरा नभए तेस्रो चरणको आन्दोलन गर्ने राप्रपाकाे चेतावनी

    काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधबार काठमाडौंमा बढ्दो महंगीविरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महंगीविरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो । आज राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संघीय राजधानी काठमाडौंसहित देशभरका...

Pages