
प्रोटोकलभन्दा माथि मानवीयताको प्रोटोकल हुन्छ : राज्यमन्त्री तोसिमा कार्की
Janjati Khabar – Janjati Khabar | २०७९ माघ १३, शुक्रबार

काठमाडौं - आत्मदाहको प्रयासपछि उपचारका लागि लगिएको कीर्तिपुर हस्पिटलमा प्रेमप्रसाद आचार्यलाई भेट्न जाँदा ‘प्रोटोकल’ पालना नगरेको भन्दै चौतर्फी टिकाटिप्पणी भएपछि स्वास्थ राज्यमन्त्री डा. तोसिमा कार्कीले त्यसको जवाफ दिएकी छिन् ।
स्वास्थ्यमन्त्री डा. कार्कीले आत्मदाह गरेका प्रेमलाई भेट्न जाँदा अस्पताल प्रसासनको कुनै प्रोटोकल नमिचेको बताउँदै प्रोटोकलभन्दा मथि मानवीयताको प्रोटोकल हुने बताइन् ।
शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा उनले भनिन्, ‘म भित्रको संवेदननाले अस्पताल नपुगि बस्न सकिन र अस्पतालमा भेट्न पुगेको थिएँ। त्यहाँ पुग्नु आवश्यक थियो । हरेक प्रोटोकलभन्दा माथि मानवीयताको प्रोटोकल हुन्छ। त्यसैले उहाँलाई हौसला दिनका लागि म तत्काल त्यहाँ पुगेकी थिएँ। हामीले अस्पताल प्रशासनको प्रोटोकल मिचेका छैनौं’
अस्पतालका चिकित्सकलाई फोन गरेर आचार्यबारे जानकारी लिएपछि आफू भेट्न गएको उनले बताएकी छन् । उनका अनुसार आचार्य होसमा भएको थाहा पाएर भेट्न गएकी हुँ ।
साथै, स्वास्थ्य राज्यमन्त्री डा.कार्कीले चिकित्सकलाई जानकारी गराएरै आचार्यलाई भेट्न गएको पनि बताइन्। तर, आईसीयूमा उपचाररत रहेका आचार्यलाई भेट्न जाँदा प्रोटोकल पालना नभएको र सँगै मिडिया लिएर गएको भन्दै उनको आलोचना भएको थियो ।
मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद् भवनअगाडि शरीरमा आगो लगाएका आचार्यको उपचारका क्रममा निधन भएको थियो।
Categorized in राजनीति