
सर्वाेच्चको गेटमा रवि लामिछानेका कार्यकर्ताहरु पक्राउ
Janjati Khabar – Janjati Khabar | २०७९ माघ १३, शुक्रबार

काठमाडौं - नागरिकता विवादसम्बन्धी मुद्धामा शुक्रबार सर्वाेच्च अदालतले उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका रवि लामिछानेको विपक्षमा फैसला सुनाएसँगै लामिछानेका कार्यकर्ता, समर्थकहरुले सर्वाेच्चबाहिर नाराबाजी गरेका छन् ।
‘रवि दाइ– हाई, हाई, रवि दाइ– जिन्दावाद’ लगायत नारा लगाउँदै बलजफ्तीमा उत्रिँदै नाराबाजी गरेपछि प्रहरीले केहीलाई पक्राउ गरेको छ ।
समर्थकहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गरेका थिए ।
शुक्रबार सर्वाेच्चको आदेशसँगै लामिछानेले सांसद, पार्टी सभापति, उपप्रधान एवं गृहमन्त्री पद एकैपटक गुमाएका छन् ।
Categorized in राजनीति