STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीको भेटवार्ता

Janjati Khabar – Janjati Khabar | २०७९ माघ १२, बिहिबार

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । राष्ट्रपति निर्वाचनको तयारी भइरहेको बेला आवश्यक छलफलका लागि ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

सत्ता गठबन्धनबीच भएको सहमति अनुसार राष्ट्रपति पद एमालेले पाउनेछ । सरकारमा सहभागी सात दलहरुबीचको सहमतिअनुसार राष्ट्रपति र सभामुख एमालेले लिने सहमति भएको थियो ।

तर नेपाली कांग्रेसले पनि राष्ट्रपति आफूले पाउनुपर्ने आशयसहित प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । प्रधानमन्त्री प्रचण्ड भने राष्ट्रिय सहमति गरेर नै राष्ट्रपतिको उम्मेदवार तय गर्नुपर्ने पक्षमा छन् ।

Categorized in राजनीति