STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७९ आषाढ २६, आइतबार

    चिनियाँ सिपिपीका विदेश विभाग प्रमुख काठमाडौंमा

    काठमाडौं - चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली काठमाडौं आइपुगेको छ । एक महिना अघि मात्र विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको आठ जनाको टोली आइतबार बिहान नेपाल आइपुगेको हो ।  लिउ नेतृत्वको टोली चार दिने नेपालमा बस्नेछ । आइतबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको टोली अहिले बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा बसेका छन् । भ्रमणका...

  • २०७९ आषाढ २५, शनिबार

    निर्वाचनसम्म गठबन्धन कायमै : नेपाल

    काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले स्थानीय तहको निर्वाचनमा केही बेफाइदा र कमी–कमजोरी रहेपनि प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पनि पाँच दलीय गठबन्धन कायमै रहने दाबी गरेका छन् । शनिबार समाजवादी प्रेस संगठन, रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । कमी–कमजोरी रहेपनि गठबन्धन समयको माग भएको बताउँदै उनले भनेका छन्, ‘...

  • २०७९ आषाढ २५, शनिबार

    शक्तिको आडमा न्यायाधीश हुने बर्खास्त

    काठमाडौं - न्यायपरिषद्ले न्यायाधीश रेणुका शाहलाई बर्खास्त गर्ने निर्णय गरेको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको परिषद्को बैठकले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश शाहलाई बर्खास्त गर्ने निर्णय गरेको हो । योग्यता ढाँटी नियुक्ति लिएको छानबिनबाट पुष्टी भएपछि उनलाई बर्खास्त गरिएको न्याय परिषद्का प्रवक्ता मान बहादुर कार्कीले बताए । न्याय परिषद् ऐन, २०७३...

  • २०७९ आषाढ २३, बिहिबार

    आजकाे प्रतिनिधिसभा बैठकबाट नागरिकता विधेयक फिर्ता लिइने

    प्रतिनिधि सभाको बैठक आज  पनि बस्दैछ।  दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा सरकारले नागरिकता विधेयक फिर्ताको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन)  विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। साथै खाँणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने छन् । बैठकमा प्रधानमन्त्री...

  • २०७९ आषाढ २२, बुधबार

    अर्थमन्त्री शर्मामाथि छानबिन गर्न समिति गठन

    काठमाडौं - प्रतिनिधि सभाले अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरी करका दर हेरफेर गरेको विषयलाई लिएर ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले छानबिनका लागि ११ सदस्यीय छानबिन समिति गठन गरेको बताएका हुन् । उनले २०७९ जेठ १५ गते माननीय अर्थमन्त्रीद्वारा टेबुल भएको आर्थिक...

  • २०७९ आषाढ २२, बुधबार

    अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

    काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएका हुन् । बजेट निर्माण गर्दा बिचौलिया प्रवेश गराएको विषयमा गठित संसदीय छानबिन समितिलाई सहयोग गर्न राजीनामा दिएको उनले घोषणा गरेका छन् । बुधबार अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन भएको छ । संसदीय छानविन विशेष समितिमा विभिन्न दलका सांसदहरु...

  • २०७९ आषाढ २२, बुधबार

    अर्थमन्त्रीले आज संसदमा जवाफ दिने

    काठमाडौं - विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले बुधबार संसदमा जवाफ दिने भएका छन् । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बुधबार बिहान बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकपछि शर्माले संसदबाट आफ्ना कुरा राख्न लागेका हुन् । तर नेकपा एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने तयारी गरेको छ । एमालेले बजेट निर्माणका बारेमा अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै...

  • २०७९ आषाढ २२, बुधबार

    आज माओवादी केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं - मंगलबार स्थगित भएको माओवादी केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे बैठक सुरु हुने माओवादीले जनाएको छ । आजको बैठकमा पदाधिकारी चयनका विषयमा छलफल हुने बताइएको छ । मंगलबार बसेको पूर्व स्थायी कमिटी र ईञ्चार्जको बैठकले पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने निर्णय गरेको थियाे । पदाधिकारी र स्थायी कमिटी सदस्यको नामसूची तयार पार्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई दिइएको छ...

  • २०७९ आषाढ २१, मंगलबार

    माओवादीको केन्द्रीय समिति बैठक स्थगित

    काठमाडौं - नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज ११ बजे बस्ने भनिएको बैठक स्थगित गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची थियो । महराका अनुसार आज स्थगित भएको बैठक बुधबार १ बजे बस्नेछ ।

  • २०७९ आषाढ २१, मंगलबार

    अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई कांग्रेस नेताहरूकाे दबाब

    काठमाडौं - सत्ताघटक नेपाली कांग्रेसका नेताहरूले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । महामन्त्री गगनकुमार थापा, नेता शेखर कोइराला, गुरुराज घिमिरे, गोविन्द पोखरेल लगायतले अर्थमन्त्रीबाट शर्मालाई हटाउन  प्रधानमन्त्री देउवालाई चर्काे दबाब दिएका हुन् ।  व्यापक रूपमा आलाेचना हुँदा पनि अर्थमन्त्री शर्मालाई हटाउन तत्पर नदेखिएपछि...

  • २०७९ आषाढ २०, सोमबार

    अर्थमन्त्रीले राजिनामा दिनुपर्छ : गगन थापा

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजिनामा दिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् । अर्थमन्त्री शर्माको सम्बन्धमा संसदभित्र र बाहिर प्रश्नहरू उठेकोले राजिनामा दिनुपर्ने उनले बताए । ‘हाम्रो आफ्नै कार्यविधि छ ।...

  • २०७९ आषाढ २०, सोमबार

    एसपिपी मेरो पालामा पठाइएको होइन : ओली

    काठमाडौं -  नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) आफू प्रधानमन्त्री भएका बेला नपठाइएको दावी गरेका छन् । आफूले पठाएको कुनै प्रमाण भए पेश गर्न उनले सत्ता गठबन्धनका नेताहरुलाई चुनौती दिए । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समयमा बोल्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएका बेला त्यो सहमति भएको भन्ने आरोप सत्तापक्ष दलका नेताहरुले...

Pages