STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७९ आषाढ २०, सोमबार

    आफैले खोलेकाे पार्टीबाट वामदेव निष्कासित

    काठमाडौं - नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आफैले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियान पार्टीबाट निष्कासित भएका छन् । गएको असार १४ गते मंगलबार घोषणा भएको पार्टीमा आबद्ध चार दलले पार्टी संयोजक वामदेव गौतमलाई पार्टीबाट निष्कासन गरेका हुन्। निर्वाचन आयोगमा दर्ता नभएका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले ५ बुँदे...

  • २०७९ आषाढ २०, सोमबार

    जसपाबाट तीनजना नयाँ मन्त्री हुँदै

    काठमाडौं - जनता समाजवादी पार्टी नेपाल (जसपा) ले ३ मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको छ । सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठलाई यथावत् राखेर भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदीपकुमार यादव सिफारिस भएका हुन् । आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अध्यक्ष उपेन्द्र यादवले...

  • २०७९ आषाढ १४, मंगलबार

    बाबुराम भट्टराई पार्टीभित्रै कारबाहीमा पर्ने

    काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टी संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसहितका नेतालाई कारबाही गर्ने भएको छ । सोमबार राति बसेको यादव पक्षीय कार्यकारिणी समिति बैठकले भट्टराई र महेन्द्र यादवमाथि कारबाही गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको एक नेताले बताए । लामो समयदेखि जसपामा यादव र भट्टराई पक्षीबीच विवाद चलिरहेको छ । यादवले पार्टीमा एकलौटी गरेको भन्दै...

  • २०७९ आषाढ १४, मंगलबार

    वामदेव गौतमले खोले नयाँ राजनीतिक दल

    काठमाडौं - नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गरेका छन् । मंगलबार दिउँसो एक कार्यक्रमका बीच उनले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नाम नयाँ दल घोषणा गरेका हुन् । समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) ,आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह मिलेर वामदेवको नेतृत्वमा नयाँ दल घोषणा गरिएको हो । उक्त दलमा वामदेवका छोरा...

  • २०७९ आषाढ १४, मंगलबार

    वामदेवले आज नयाँ पार्टी घाेषणा गर्दै

    काठमाडौं - एमाले छोडेका नेता वामदेव गौतमले आज नयाँ पार्टी घोषणा गर्दैछन् । उनले आज पत्रकार सम्मेलन गरेर नयाँ पार्टी घोषणा गर्न लागेका हुन् ।  भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा दिउँसो तीन बजे उनको पत्रकार सम्मेलन हुँदैछ । त्यसअघि उनकाे सचिवालयले नयाँ पार्टीमा रहने नेताहरूकाे सूची सार्वजनिक गरेकाे छ । जसमा विभिन्न जिल्लाका नेताहरूकाे नाम केन्द्रीय सदस्यका रूपमा उल्लेख छ । वामदेवले केही समयअघि...

  • २०७९ आषाढ १३, सोमबार

    नवनियुक्त चार मन्त्रीद्वारा शपथ

    काठमाडौं -  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट नवनियुक्त मन्त्रीहरुले शपथ लिएका हुन् । नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी–सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ– स्वास्थ्य तथा जनसङ्ख्या...

  • २०७९ आषाढ १२, आइतबार

    रामकुमारी झाक्रीले दिए रूँदै राजिनामा

    काठमाडौं - सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सहरी विकास मन्त्री रामकुमारी झाक्रीले राजीनामा दिएकी छन्। पदबाट बहिर्गमन हुन नचाहे पनि पार्टी (नेकपा एकीकृत समाजवादी) ले मन्त्री हेरफेर गर्ने निर्णय गरेपछि उनी राजीनामा दिन बाध्य भएकी हुन् । बिदाइ कार्यक्रममा मन्त्री झाँक्री भावुक पनि बनिन् । उनी कार्यक्रममा सहसचिवले ८ महिना २० दिन भएको कामको फेहरिस्ता सुनाउँदा आँखामा आँसु छचल्किएको थियो ।

  • २०७९ आषाढ १२, आइतबार

    मन्त्रिमण्डल पुनर्गठन, एकीकृत समाजवादीले पठाए नयाँ मन्त्री

    काठमाडौं - राष्ट्रपति विद्या देवी भण्डारीले मन्त्रिमण्डल पुनर्गठन गरेकी छन्। नेकपा एकीकृत समाजवादीले पठाएको नयाँ मन्त्रीहरुलाई समेट्दै उनले मन्त्रिमण्डल पुनर्गठन गरेकी हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ कोफ उपधारा १ बमोजिम नयाँ मन्त्रीहरुलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालय विज्ञप्तिमार्फत् जनाएको छ। नयाँ सूचीअनुसार एकीकृत समाजवादीका...

  • २०७९ आषाढ १२, आइतबार

    समाजवादीको चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय सर्वसम्मतले पारित

    काठमाडौं - नेकपा (एकीकृत समाजवादी)को चौथो केन्द्रीय कमिटीको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने सचिवालयको निर्णय सर्वसम्मतले पारित गरेको छ । उक्त सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ र रामकुमारी झाँक्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठका अनुसार...

  • २०७९ आषाढ १२, आइतबार

    भारतीय राजदूत श्रीवास्तव काठमाडौंमा

    काठमाडौँ - नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौँ आइपुगेका छन् । उनी शनिबार अपराह्न काठमाडौँ ओर्लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएपछि उनले औपचारिक रुपमा कार्यभार सम्हाल्ने छन् । उनले विनयमोहन क्वात्राको स्थान लिनेछन् । पूर्व राजदूत क्वात्रा हाल भारतको विदेश सचिव छन् । नयाँ राजदूत श्रीवास्तव भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्रीवास्तव...

  • २०७९ आषाढ १०, शुक्रबार

    मन्त्री हेरफेर विषयमा समाजवादीकाे बैठक बस्दै

    काठमाडौं - नेकपा (एकीकृत समाजवादी)को पोलिटव्युरो बैठक केही बेरमा बस्दै छ । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने भएको हो । बैठकमा मन्त्रीहरुले राखेका सर्तहरुको बारेमा छलफल हुने जनाइएको छ । यसअघि केन्द्रीय कमिटीको बैठकले हालका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । तर उक्त निर्णय प्रधानमन्त्री...

  • २०७९ आषाढ ९, बिहिबार

    आले र झाँक्रीले मन्त्री पद नछोड्ने

    काठमाडौं - नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपालले मन्त्रिमण्डल हेरफेर गर्न बाटो खुला गरिदिन गरेको निर्देशनको २ मन्त्रीले अस्वीकार गरेका छन् । हालको सरकारमा ५ मन्त्री छन् । जसमा पर्यटनमन्त्री प्रेमबहादुर आले र शहरी विकाशमन्त्री रामकुमारी झाँक्रीले अध्यक्ष नेपालको निर्देशन अस्वीकार गरेका हुन् । स्रोतका अनुसार शुक्रबार अध्यक्ष नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर...

Pages