STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७९ आषाढ २, बिहिबार

    विनियोजन विधेयक बहुमतले पारित

    काठमाडौँ - नेकपा (एमाले) का सांसदहरूको बहिष्कारकाबीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ । आज (बिहीबार) प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । अर्थमन्त्री शर्माले उक्त प्रस्ताव पेस गर्दा एमाले सांसदहरूले सदन बहिष्कार गरेका थिए ।त्यस लगतै प्रस्ताव पेस गर्दै अर्थमन्त्री शर्माले...

  • २०७९ आषाढ १, बुधबार

    भुसालमाथिको कारबाही सिफारिस अनुमोदन

    काठमाडौं - मंगलबार बसेको नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाही गर्न पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन गरेको छ । पार्टी कार्यालय च्यासलमा बसेको आयोगको पूर्ण बैठकले भुसालको अभिव्यक्ति कारवाही योग्य भएको भन्दै यसअघि आयोग सचिवालयको निर्णयलाई अनुमोदन गरेको हो । जेठ १८ गते अनुशासन आयोगका अध्यक्ष केशव बडालले सचिवालय बैठक राखेर भुसाललाई पार्टी विधानविपरीत गतिविधि...

  • २०७९ जेठ ३१, मंगलबार

    प्रमुख पदमा सन्तोषनजक स्थान नआएको एमालेको निष्कर्ष

    काठमाडौं- नेकपा (एमाले) को सचिवालयको नवौँ बैठकले स्थानीय तह चुनावमा पार्टीले प्रमुख पदहरूमा सन्तोषजनक स्थान हासिल गर्न नसकेको निष्कर्ष निकालेको छ । त्यसको गम्भीर समीक्षा गर्दै आगामी कार्यभारका लागि केन्द्रित रहने निर्णय एमालेले गरेको छ । पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा सोमबार भएको बैठकबारे जानकारी दिँदै एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले निर्वाचन जनताको सार्वभौम अधिकार प्रयोग गर्ने...

  • २०७९ जेठ ३१, मंगलबार

    नारायणकाजीले भेटे ओली र नेपाललाई

    काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली र माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।   सत्तारुढ दल माओवादीका नेता श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न सोमबार उनकै निवास बालकोट पुगेका थिए । दुई नेताबीच झण्डै दुई घण्टा कुराकानी भएको थियो । श्रेष्ठले सोमबार नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरे । सर्वोच्च अदालतले २३ फागुन २०७७ मा...

  • २०७९ जेठ ३०, सोमबार

    गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

    काठमाडौं - गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गत जेठ २४ गते गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभासमक्ष प्रस्तुत गरेका थिए । यसअघि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धि र विकासका लागि प्रमुख प्रतिपक्षका नेतासहित प्रदेशसभा सदस्यबाट प्राप्त सुझावलाई आत्मसात्...

  • २०७९ जेठ ३०, सोमबार

    किसानलाई समयमै मल दिइनुपर्ने माग संसदमा

    काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले तत्काल किसानका लागि आवश्यक मलको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा पार्टी संसदीय दलको तर्फबाट प्रस्तुत रासायनिक मल र त्यसको भण्डारणसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको समर्थन गर्दै राईलेले मलको अभावमा किसानहरू छटपटाई रहेको बताए । ‘मलको समेत व्यवस्था गर्न सक्दैन भने यो सरकारले देश र...

  • २०७९ जेठ २६, बिहिबार

    बञ्चरेडाँडामा स्थानीय फोहोर फाल्न दिएन, स्थानीय र प्रहरीबीच झडप

    काठमाडौं -  नुवाकोटको पूर्वी भेगमा रहेको औखरपौवा बञ्चरेडाँडामा बुधबार दिनभरि तनावग्रस्त बन्यो। फोहोर विसर्जनको विषयलाई लिएर स्थानीयबासी र प्रहरीबीच झडपसममेत भयो। डेढ दशकदेखि काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको छ । विदुरदेखि ५५ किलोमिटर पूर्वमा रहेको ककनी गाउँपालिका-२ स्थित बञ्चरेडाँडामा एकतर्फीरुपमा फोहोर फाल्न नपाइने जनाउँदै स्थानीयबासीले अवरुद्ध गरेका छन्। प्रहरीले नियन्त्रणमा लिएपछि...

  • २०७९ जेठ २४, मंगलबार

    भ्रष्टाचारी जनप्रतिनिधिलाई निलम्बन गराउनू : अख्तियार

    काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्यको निर्वाचनमा निर्वाचित पदाधिकारीलाई कानूनअनुसार निलम्बनको कार्यान्वयन गराउन भनेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विशेष अदालतमा आरोपपत्र दायर भएका जनप्रतिनिधिलाई निलम्बन गराउन आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई भनेको हो । कैलाली जिल्ला, मोहन्याल...

  • २०७९ जेठ २३, सोमबार

    प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन नगर्ने, समाजवादीबाट नयाँ मन्त्रीहरू नहुने

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नगर्ने भएका छन् । नेकपा एकीकृत समाजवादी (एस) ले हाल बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाउन र नयाँ मन्त्री नियुक्त गर्न भने पनि प्रधानमन्त्री देउवाले त्यो अस्वीकार गरेका छन् । सोमबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले भर्खरै बजेट आएको र यस विषयमा प्रतिनिधिसभामा छलफल चलिरहेको अवस्थामा मन्त्री...

  • २०७९ जेठ २२, आइतबार

    एकीकृत समाजवादीले मन्त्रीहरू फेर्ने, जीवनराम श्रेष्ठसमेत ३ जना सिफारिसमा

    काठमाडौं - नेकपा (एकीकृत समाजवादी) ले हाल देउवा नेतृत्वको सरकारमा बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकको निर्णयअनुसार बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम सिफारिस गरिएको हो । नेकपा एसले नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, मेटमणि चौधरीलाई सहरी विकास मन्त्री,...

  • २०७९ जेठ २१, शनिबार

    बालेन र प्रचण्डबीच भेटवार्ता, राम्रो काममा साथ रहने प्रचण्डको आश्वासन

    काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग काठमाडौं महानगरका मेयर बालेन साहले भेटवार्ता गरेका छन् । नवनिर्वाचित साहले पछिल्लो समय राजनीतिक दलका उच्च नेता तथा प्रमुख कार्यकारीहरुसँग भेटवार्ता गरिरहेका छन् । जसक्रममा प्रमुख साहले शनिबार बिहान खुमलटार पुगेर प्रचण्डसँग भेट गरेका हुन् । प्रचण्डसँगको भेटमा उनले काठमाडौं महानगरको फोहोर व्यवस्थापनका लागि सहयोग गर्न आग्रहसमेत...

  • २०७९ जेठ २०, शुक्रबार

    नेपालभाषा र तामाङ भाषालाई वाग्मती प्रदेशको कामकाजी भाषा बनाइने

    काठमाडौं – नेपालभाषा र तामाङ भाषालाई वाग्मती प्रदेशको कामकाजी भाषा बनाउन मन्त्रिमण्डलमा छलफल हुनेभएको छ । खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री वसन्त मानन्धरले जनजातिखबरडटकमका संवाददातलाई दिनुभएको जानकारी अनुसार भाषा आयोगबाट सिफारिस भइआएबमोजिम प्रदेशको कामकाजी भाषाको निर्णय गर्न मन्त्रिमण्डलको बैठकमा छलफल हुन लागेको हो । आइतबार बस्ने मन्त्रिमण्डलको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

Pages