STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

२७ पुसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

Janjati Khabar – Janjati Khabar | २०७९ पौष २५, सोमबार

 

काठमाडौं - सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भनेर २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सत्ता गठबन्धनमा आबद्ध दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले सरकारमा सहभागी नहुँदै पृथ्वी जयन्तीको अवसरमा २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिनुपर्ने माग राख्दै आएको थियो । र सरकारमा सहभागी हुनुअघि पनि राप्रपाले अन्य मागहरुसँगै २७ पुसको बटमलाइन छाडेको थिएन ।

सरकारमा जाँदा यहिँ बटमलाइनसहित गएको राप्रपाले सरकारलाई २७ पुसमा बिदा दिन लगाउन सफल भएको छ ।

Categorized in राजनीति