STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

फैसलाको स्वागत गर्दै रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

Janjati Khabar – Janjati Khabar | २०७९ माघ १३, शुक्रबार

काठमाडौं - सर्वाेच्च अदालतको फैसलासँगै सबै पद गुमाएका रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।

सर्वोच्चको फैसलापछि शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् ।

पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछानेले ३२ दिनमै पद गुमाएका छन् । यद्यपि, लामिछानेले राजीनामा अघि सर्वोच्चको फैसलालाई स्वागत गर्ने बताएका छन् ।

सञ्चारर्मीसँग उनले भने, अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’

सञ्चारकर्मीले लामिछानेलाई सर्वाेच्चको आदेशपछि ‘अब के गर्नुहुन्छ’ भन्दै प्रश्न गरेका थिए । प्रश्नको जवाफमा लामिछानेले भने, ‘म अनागरिक छु । कुनै प्रश्नको जवाफ मसँग छैन ।’

Categorized in राजनीति