STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रपतिको निर्वाचन फागुन २६ मा गर्ने आयोगकाे तयारी

Janjati Khabar – Janjati Khabar | २०७९ माघ १३, शुक्रबार

काठमाडाैं - निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २६ गते गर्ने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ गते सकिन लागेको हुँदा त्यसअघि नै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।आयोगले यस विषयमा सरकारसँग पनि अनौपचारिक छलफल जारी राखेको स्रोतले जानकारी दिएको छ ।

२६ गते गर्दा उपयुक्त हुने निष्कर्ष निकालिएको छ,आयोगको अन्तिम निर्णय हुन बाँकी छ ।राष्ट्रपति  निर्वाचनको मिति  निर्वाचन आयोगले तोक्ने व्यवस्था छ । संविधानमा पाँच वर्षको कार्यकाल हुने उल्लेख गरिएको भए पनि राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐनले एक महिना अघि नै निर्वाचन गरिसक्नुपर्ने भनेको छ ।

Categorized in राजनीति