STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७९ भाद्र ५, आइतबार

    मंसिर ४ को निर्वाचनका लागि १० अर्ब बजेट लाग्ने

    काठमाडौं - निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रदेश र संघको निर्वाचनका लागि १० अर्ब रुपैयाँ बजेट लाग्ने अनुमानसहित स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ । सोबारे मन्त्रालय र आयोगबीच छलफल भइरहेको आयोगका प्रवक्ता पौडेलले जानकारी गराएका छन् । उनका अनुसार आयोगले जनशक्ति व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गरेको छ भने कुल करिब दुई लाख जनशक्ति लाग्ने अनुमान गरिएको छ । निर्वाचनमा ५७ प्रकारका निर्वाचन...

  • २०७९ भाद्र ४, शनिबार

    नारायणकाजी श्रेष्ठको नेतृत्वमा निर्वाचन घोषणापत्र तयारी समिति

      काठमाडौं - नेकपा (माओवादी केन्द्र)ले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र तयारी समिति बनाएको छ । शनिबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र तयारी समिति बनाउने निर्णय गरेको हो । उपाध्यक्ष कृष्णबहादुर महराले भनेका छन्, ‘आगामी निर्वाचनका लागि हामीले आजको बैठकबाट...

  • २०७९ भाद्र ४, शनिबार

    माओवादी केन्द्रको महासचिवमा देव गुरुङ

      काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले महासचिवसहित २१ सदस्यीय पदाधिकारीको प्रस्ताव गरेको छ । शनिबार (आज) पार्टीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महासचिवसहित २१ सदस्यीय पदाधिकारीको नाम प्रस्ताव गरेका हुन् । अध्यक्ष प्रचण्डको प्रस्तावअनुसार वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा रहेका छन् । त्यस्तै,...

  • २०७९ भाद्र ४, शनिबार

    कांग्रेसले‘ जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने

    काठमाडौं - सत्तारुढ नेपाली कांग्रेसले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर चुनावी अभियान घोषणा गरेको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले मंसिर ४ को निर्वाचनलाई लक्षित गरी भदौ १० देखि २४ सम्म चुनावी अभियान घोषणा गरेको जानकारी गराएका हुन् । उनका अनुसार ‘जनताको साथमा कांग्रेस’ नामको उक्त अभियानका ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाउने र...

  • २०७९ भाद्र ३, शुक्रबार

    नागरिकता विधेयक हुबहु पारित, अब के हुन्छ ?

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सो विधेयकमाथि भएको छलफलमा सांसदहरुले पक्ष र विपक्षमा आफ्ना धारणा राखेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को मागबमोजिम विधेयक पारित गर्नका लागि मतदान भएको थियो । बैठकमा उपस्थित १९५ सांसदमध्ये...

  • २०७९ भाद्र ३, शुक्रबार

    राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित

    काठमाडौं - प्रतिनिधिसभाबाट नागरिकता विधेयक जस्ताको तस्तै पारित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट बिहीबार जस्ताको तस्तै पारित भएको हो। प्रतिनिधिसभामा विधेयकमाथि मतदान हुँदा प्रस्तावको पक्षमा १३५ मत र प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएराए । मतदानको पक्ष र विपक्षमा मतदान गर्नका लागि १९५...

  • २०७९ भाद्र ३, शुक्रबार

    माओवादी महासचिवमा देव गुरुङ आउने

    काठमाडौं - नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीहरुको नामावली टुंगोमा पुर्याएको छ । बिहीबार साँझ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टुंगोमा पुर्याइएको पदाधिकारीको नाम प्रस्ताव पेश गर्ने छन् । महासचिवमा दाबेदार रहेका अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुनको नाम काटेर महासचिवमा देव गुरुङ बनाइने पक्का भएको छ । महासचिवका दावेदारद्वय पुन र...

  • २०७९ भाद्र २, बिहिबार

    गठबन्धनबारे लोसपाले शुक्रबार टुङ्गो लगाउने

    काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले गठबन्धनमा बस्ने/नबस्नेबारे भोलि (शुक्रबार) टुंगो लगाउने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र लोसपाका नेताहरुबीच बिहीबार भेटवार्ता भएको थियो । संसदबाट नागरिकता विधेयक पारित गराउने विषयमा छलफल गर्न लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । सो क्रममा प्रधानमन्त्री देउवाले संसदबाट नागरिकता...

  • २०७९ भाद्र २, बिहिबार

    नागरिकता विधेयक आजै पारित गर्ने तयारी

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेकाे नेपाल नागरिकता ऐन संशोधन विधेयक आजै पारित गर्ने तयारी भएकाे छ।गठबन्धनको निर्णय र सरकारको आग्रहअनुसार प्रतिनिधि सभामा गृहमन्त्री खाणले सन्देशसहित फिर्ता आएको विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्। यस पटक पनि विधेयक समितिमा नपठाई सदनबाटै पारित गर्न लागिएको हो।  यसअघि पनि नागरिकता विधेयकको प्रक्रिया ‘फास्ट...

  • २०७९ भाद्र १, बुधबार

    चोलेन्द्रशम्शेर विरुद्धको महाअभियोग सिफारिस समितिको बैठक बस्दै

    काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगका सम्बन्धमा प्रारम्भिक अध्ययन सुरू भएकाे छ । बिहीबार बसेकाे बैठकमा निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगका सम्बन्धमा प्रारम्भिक अध्ययन सुरु भएकाे हाे । नेकपा एमालेले जबरामाथिको महाअभियोग प्रस्तावमाथि सिफारिस समितिको काम एक महिनामा सक्न प्रस्ताव गरेको छ ।महाअभियोग सिफारिस समितिको पहिलो बैठकमा एमाले सांसद...

  • २०७९ श्रावण २९, आइतबार

    चुनाव अघिल्लो दिन १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने

    काठमाडौं - आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । त्यसका लागि मतदाता सूचीमा नाम दर्ता भएको हुनुपर्नेछ । आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि...

  • २०७९ श्रावण २९, आइतबार

    मसँग उपचार गर्ने पैसा छैन : ओली

    काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफनो उपचार गर्न पैसा नभएको बताएका छन् । राष्ट्रिय युवा सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफनाे र श्रीमतीकाे नाममा भएकाे सबै सम्पत्ति सरकारकाे नाममा गरिदिएकाले विरामी हुँदा उपचार गराउने खर्च समेत नभएको बताएका हुन् । उनले सांसदबाट आउने पैसाले अहिले उपचार गराइरहेको बताए । ओलीले भने,‘सांसद भएकाले अलिअलि त्यहाँबाट आउँछ । नभए म र मेरो श्रीमतीसँग केही छैन...

Pages