STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७९ भाद्र १६, बिहिबार

    जबरासँग दाेस्राे दिनकाे जवाफ लिने क्रम सकियाे

    काठमाडौं - प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले दोस्रो दिन बिहीबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग जवाफ लिने क्रम सकिएको छ ।  महाअभियोग सिफारिस समितिमा उपस्थित जबराले समिति र संसदलाई नै प्रश्न गरेका छन् । धेरै भूमिका बाँधेर  घरिघरि समिति र संसद्‌लाई नै प्रश्न गर्दै व्याख्यात्मक शैलीमा जबराले जवाफ दिएको सांसद् मीन विश्वकर्माले बताए । बैठकमा जबरालाई भ्रष्टाचारमा मुछिएको, शक्ति...

  • २०७९ भाद्र १६, बिहिबार

    आज पनि निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिने

    काठमाडौं - प्रतिनिधि सभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने भएको छ । हिजोबाट समितिले जबरासँग बयान लिन सुरु गरेको थियो ।  समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बिहान ११ बजेका लागि बोलाइएको छ । हिजोको बैठकमा जबरालाई पाँच प्रश्न सोधिएको थियो ।  समितिका एक सदस्यका अनुसार उनलाई ४३ वटा प्रश्न सोध्ने तयारी गरिएको छ ।...

  • २०७९ भाद्र १५, बुधबार

    गगन थापा काठमाडौं– ४ बाट निर्वाचनमा उठ्ने

      काठमाडौं - काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा पुनः प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आवेदन दर्ता गराएका छन् । बुधबार काठमाडौंको निर्वाचन क्षेत्र–४ मा उम्‍मेदवार बन्‍न महामन्त्री थापाले आवेदन दिएका हुन् । पार्टीले भने थापालाई कास्कीको निर्वाचन क्षेत्र १ बाट आग्रह गरेको थियो । तर, उनले आफू लडेकै निर्वाचन क्षेत्रबाट चुवाव लड्ने भनेका थिए ।

  • २०७९ भाद्र १५, बुधबार

    निलम्बित प्रधानन्यायाधीश जबराको बयान : मुख्य न्यायाधीश पद नदिँदा मविरुद्ध लाग्यो

      काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मुख्य न्यायाधीश पद माग्दा नदिँदा आफूविरुद्ध स्वार्थ समूह लागेको बताएका छन् । बुधबार संसद सचिवालयमा महाभियोग सुनुवाइ समिति समक्ष बयान दिने क्रममा तत्कालीन नेपाल बार एसोसिएसनकाअध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लिलामणि पौडेलले उच्च अदालतको मुख्य न्यायाधीश पद माग्दा आफूले नदिएको र आफूविरुद्ध लागिपरेको बताएका हुन् । ‘२८ गते (प्रतिनिधिसभा...

  • २०७९ भाद्र १५, बुधबार

    निलम्बित प्रधानन्यायाधीश जबरासँग समितिले आज बयान लिँदै

    काठमाडौं - प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरासँग आज (बुधबार) बयान लिँदै छ । भदौ ७ गते बसेको समितिको बैठकले जबरालाई बयानका लागि आजलाई बोलाउने निणर्य गरेको थियो । बैठक बिहान ११ बजे बस्नेछ । समिति सदस्य लालबाबु पण्डितका अनुसार समितिले आन्तरिक कार्यविधि पारित गरेको छ । कार्यतालिका समेत संशोधनसहित पारित गरिएको छ । जबराविरुद्ध संघीय संसद्...

  • २०७९ भाद्र १२, आइतबार

    राप्रपा नेपाललाई तीर चुनाव चिह्न दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    काठमाडौं - सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा नेतृत्वको पार्टीलाई तत्काल तीर चुनाव चिह्न प्रदान गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासलले आज उक्त पार्टीलाई तीर चुनाव चिह्न दिने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “निर्वाचन आयोगले २०७९/५/८ गतेको...

  • २०७९ भाद्र १२, आइतबार

    नागरिकता विधेयक विधायन व्यवस्थापन समितिमा

    काठमाडौं - राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकलाई राष्ट्रियसभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । आइतबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ । सदनमै छलफल गर्नुपर्ने बताउँदै आएको सरकार र सत्तारुढ गठबन्धन पछाडि...

  • २०७९ भाद्र ११, शनिबार

    आइतबार राष्ट्रियसभाको बैठक बस्ने

    काठमाडौं  - राष्ट्रियसभाको बैठक आइतबार बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयले आइतबारका लागि तय भएको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनः विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने छन् । यस्तै सचिव फुयालले नै प्रतिनिधिसभमा उत्पत्ति भई सो सभाबाट पारित...

  • २०७९ भाद्र ११, शनिबार

    कांग्रेसबाट दोहोरिएर समानुपातिकमा बस्न नपाउने

    काठमाडौं - नपाली कांग्रेसले ०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित नेताहरुलाई पुनः समानुपातिकतर्फ उम्मेदवार बन्‍न नपाउने निर्णय गरेको छ। कांग्रेसले तल्ला तहका समितिहरुलाई उम्मेदवारहरुको नाम सिफारिस गर्दा ०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित व्यक्तिको नाम पुनः समानुपातिकतर्फ सिफारिस नगर्न निर्देशन दिएको हो।...

  • २०७९ भाद्र ११, शनिबार

    एकपटक जितिसकेका व्यक्ति फेरि प्रत्यक्षबाट लड्नसक्ने : एमाले

    काठमाडौं - नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवर बन्ने मापदण्ड खुकुलो बनाएको छ। एकपटक जितिसकेका व्यक्ति फेरि पनि प्रत्यक्षतर्फको चुनाव लड्नसक्ने निर्णय एमाले बैठकले गरेको छ।  ललितपुरको च्यासलस्थित बसेको पार्टी केन्द्रीय कमिटी बैठकले प्रतयक्ष निर्वाचित हुने क्षेत्रमा 'कतिपटक उम्मेदवार' भन्ने तर्क व्यवहारिक नहुने नीति लिएको छ। त्यस्ता क्षेत्रमा एमालेले...

  • २०७९ भाद्र ८, बुधबार

    देउवा भेट्न ओली वालुवाटारमा

    काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न वालुवाटार पुगेका छन् । सत्ताबाट बाहिरिएपछि विरलै प्रधानमन्त्री निवास वालुवाटार विरलै पुग्ने गरेका ओली बुधबार भने बिहानै देउवा भेट्न वालुवाटार पुगेका हुन् । कानुन निर्माणका साथै दिर्घकालीन महत्वका निर्णयहरु प्रतिपक्षी दलसँग सल्लाह नगरी सरकारले एकलौटी निर्णय गरिरहेको एमालेको आरोप छ । अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासँग...

  • २०७९ भाद्र ८, बुधबार

    नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरियो स् अध्यक्ष दाहाल

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरिएको बताउनुभएको छ । यहाँ आज पत्रकारहरूसँग कुरा गर्दै उहाँले नागरिकता विधेयकलाई गलत ढङ्गले र गलत उद्देश्यका निम्ति प्रचार गरिएको बताउनुभयो । नागरिकता विधेयक अहिले राष्ट्रियसभामा रहेको र त्यहाँबाट पारित भएपछि राष्ट्रपतिकहाँ जाने उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “अहिलेको विधेयकमा आमाबावु दुवै...

Pages