STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७९ भाद्र २७, सोमबार

    चिनियाँ जनकंग्रेसका सभामुख लि चान्सु नेपालमा

    काठमाडौं - नेपालको तीन दिने भ्रमणका लागि चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष (सभामुख) लि चान्सु नेपाल आइपुगेका छन् ।  उनी सोमबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । उनलाई विमानस्थलमा सभामुख अग्निप्रसाद सापकोटाले स्वागत गरेका छन् । सापकोटाको निमन्त्रणामा आएका अध्यक्ष लिले नेपालमा रहँदा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्नेछन् । सोल्टी होटलमा केही...

  • २०७९ भाद्र २७, सोमबार

    मिटरब्याज पीडितहरुमाथि प्रहरीकाे लाठी प्रहार

    काठमाडौं - मिटरब्याज पीडितहरुमाथि प्रहरीले कीर्तिपुरमा बल प्रयोग गरेको छ ।  सोमबार कीर्तिपुर गेटनजिकै विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका उनीहरुमाथि प्रहरीले लाठी प्रहार गरेकाे हाे । प्रहरीको कुटाईबाट ४–५ किसान तथा युवाहरु घाइते भएका छन् । कीर्तिपुरमा अस्थायी बसोबासस्थल बनाएका उनीहरु ४१ दिनदेखि  कीर्तिपुरबाट माइतीघर मण्डलमा भेला भएर धर्ना दिइरहेका थिए ।  प्रहरीले करिब २०...

  • २०७९ भाद्र २७, सोमबार

    बालुवाटारमा गठबन्धनको बैठक जारी

    काठमाडौं - प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक जारी छ । आगामी निर्वाचनमा सिट बाँडफाँडको अन्तिम रुप दिनका शीर्ष नेताहरुको बैठक बसिरहेको हो । यसअघि सिट बाँडफाँडका लागि बनेको कार्यदलले पूर्णरुपमा निस्कर्ष दिन नसकेपछि आज शीर्ष नेताहरुको बैठक बसिरहेको हो । आजको बैठकले कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने र अन्तिम निष्कर्ष निकाल्ने तयारी छ । बैठकले सिट बाँडफाँटमा औपचारिक...

  • २०७९ भाद्र २५, शनिबार

    प्रतिनिधिसभाको आजको बैठक स्थगित

    काठमाडाैँ - प्रतिनिधिसभाको आजका लागि तोकिएको बैठक यही भदौ २९ गतेका सरेको छ । आज दिउँसो १ बजे बस्ने तय भएको सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले आज सूचना जारी गर्दै बैठक विशेष कारणवश बस्न नसक्ने जानकारी दिनुभयो । “भदौ २५ गते शनिबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले बैठक बस्ने...

  • २०७९ भाद्र २०, सोमबार

    नेपाली सेनालाई चार घोडासहित र२२ करोड ३८ लाखकाे सामग्री सहयाेग

    काठमाडौँ - प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई सहुलियतपूर्ण रुपमा चार घोडासहित रु २२ करोड ३८ लाखको सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण गर्नुभएको छ ।  विगतमा भएको नेपाल भारत द्विपक्षीय परामर्श समूहको निर्णयानुसार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आज आयोजित विशेष समारोहबीच उहाँले उक्त सामग्री...

  • २०७९ भाद्र १९, आइतबार

    नेपाल आइपुगे भारतीयस्थल सेनाध्यक्ष

    काठमाडौं - भारतीयस्थल सेनाका अध्यक्ष मनोज पाण्डे नेपाल आइपुगेका छन् । नेपाली सेनाको निमन्त्रणामा पाण्डे आइतबार अपराह्न काठमाडौं आइपुगेका हुन् । नेपाली सेनाको मानार्थ प्रधानसेनापति उपाधि दिनका लागि पाण्डेलाई नेपाल बोलाइएको हो । नेपाल र भारतका सेना प्रमुखलाई एक अर्काले मानार्थ प्रधानसेनापतिको उपाधि दिने चलन रहेको छ । मनोज पाण्डेलाई सोमबार (भोलि) सैनिक जंगीअड्डामा गार्ड अफ अनर दिइनेछ । उक्त अवसरमा...

  • २०७९ भाद्र १९, आइतबार

    प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

    नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादर देउवा र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सिट बाँडफाँटलगायतका विषयमा शीर्ष नेताहरूबीच छलफल भएको बताइएको छ । सत्तारूढ राजनीतिक पार्टीहरूको गठबन्धन बनाएर आसन्न निर्वाचनमा जाने सहमति भए बमोजिम...

  • २०७९ भाद्र १८, शनिबार

    प्रधानमन्त्री देउवा डडेलधुराबाट सर्वसम्मत सिफारिस

    काठमाडौं - प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि गृहजिल्ला डडेलधुराबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । नेपाली कांग्रेस डडेलधुरा प्रदेश ‘क’ र ‘ख’ क्षेत्रीय समितिले बिहीबार देउवालाई सर्वसम्मत प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभातर्फ डडेलधुरामा एउटामात्रै निर्वाचन क्षेत्र छ । देउवाले २०४८ सालदेखि...

  • २०७९ भाद्र १८, शनिबार

    बाबुराम भट्टराई पनि गोरखा २ बाट चुनावमा उठ्ने

    काठमाडौं - नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नाम सिफारिस भएको गोरखा क्षेत्र नं. २ बाटै चुनाव लड्ने भएका छन्।  नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सहमति गरेका उनले यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने दाबी गरे। यसअघि पनि उनले सोही क्षेत्रमा श्रेष्ठलाई पराजित गरेका थिए।  गृहजिल्ला गोरखाका पत्रकारहरूसँग...

  • २०७९ भाद्र १८, शनिबार

    निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन ओलीकाे निर्देशन

    काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराएका हुन् । सुनसरी क्षेत्र नम्बर...

  • २०७९ भाद्र १७, शुक्रबार

    राष्ट्रियसभाबाट पनि नागरिकता विधेयक हुबहु पारित

    काठमाडौं - राष्ट्रियसभाबाट नागरिकता विधेयक जस्ताको त्यस्तै पारित भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक- २०७९ राष्ट्रियसभाले हुबहु पारित गरेको हो। गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता विधेयक (पहिलो संशोधन) विधेयक- २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव...

  • २०७९ भाद्र १७, शुक्रबार

    आलमलाई सांसदको उम्मेदवार नबनाउने गगनकाे दाबी

    काठमाडौं - नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कारागारमा रहेका काँग्रेस नेता अफताव आलमलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा सांसदको उम्मेदवार नबनाउने दाबी गरेका छन् । शुक्रबार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कुनै ठाउँबाट आगामी निर्वाचनका लागि आलम सिफारिस भएपनि काँग्रेसले उम्मेदवारी नबनाउनेमा विश्वस्त रहन...

Pages