STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७९ आश्विन ११, मंगलबार

    समानुपातिक उम्मेदवारको सूची सर्वसम्मत : कांग्रेस

    काठमाडौं- नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको सूची सर्वसम्मत रुपमा तयार भएको जनाएकाे छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी समानुपातिक उम्मेदवार सर्वसम्मत चयन भएको र एकलौटी रुपमा उम्मेदवार छनोट नभएकाे प्रष्ट पारे। ’कांग्रेस नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापालगायत नेताहरूलाई लक्षित गर्दै महतले भने‚ 'निर्णय गर्ने नेताहरू केही बोल्नु भएको...

  • २०७९ आश्विन ११, मंगलबार

    भाेलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

    काठमाडौं - निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ‘निर्वाचन आचारसंहिता–२०७९’ लागू गर्ने निर्णय गरेको छ । आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । आचारसंहिताको पालना र कार्यान्वयन गर्न आयोगले सबैको सहयोगको अपेक्षा गरेको पनि जनाएको छ । आयोगका अनुसार निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि कर्मचारी, सेना, प्रहरी,...

  • २०७९ आश्विन ११, मंगलबार

    उम्मेद्वार तथा दलहरूकाे खर्च सीमा ताेकिने

    काठमाडाैँ - निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार र दलहरुले खर्च गर्न पाउने अधिकतम सीमा तोक्ने गृहकार्य गरेको छ । उक्त खर्चको हद तोक्ने सम्बन्धमा आज आयोगले राजनीतिक दलसँग परामर्श लिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विसं २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तोकिएको खर्चको...

  • २०७९ आश्विन ११, मंगलबार

    विद्यार्थीलाई अस्पतालमा ५० प्रतिशत छुट दिन सरकार सहमत

    काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) को भातृ संगठन अनेरास्ववियूले विद्यार्थीहरुलाई सरकारी अस्पतालको ओपीडी सेवामा ५० प्रतिशत छुट दिन सरकारसँग सहमति गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अनेरास्ववियूबीच उक्त सहमति भएको पत्रकारी सम्मेलनमार्फत जानकारी दिइएको छ । स्वास्थ मन्त्रालयको असोज ९ गतेको मन्त्रीस्तरीय निर्णयले सरकारी अस्पतालहरुको ओपिडी सेवामा विद्यार्थीलाई छुट दिन निर्देशन दिइएको छ...

  • २०७९ आश्विन ९, आइतबार

    सर्वोच्चले माग्याे नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण

    काठमाडौं - सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयसँग नागरिकता विधेयक प्रणाीकरण नगर्नुकाे कारण माग गरेकाे छ  । न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त रिटमाथि आइतबार सुनुवाइ गर्दै राष्ट्रपति कार्यालयसँग लिखित जवाफ मागेको हो । रिट निवेदकको माग बमोजिम किन आदेश दिनुनपर्ने हो भन्दै सर्वोच्चले कारण देखाउ आदेश दिएको छ। राष्ट्रपतिले प्रमाणीकरण नगरेर संविधानकाे उल्लंघन गरेकाे भन्दै सर्वोच्चमा ५ वटा रिट गरेको...

  • २०७९ आश्विन ९, आइतबार

    निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन्। राष्ट्रपति भण्डारीले ‘एकीकृत सुरक्षा कार्ययोजना, २०७९’ मा उल्लेख भएअनुसार सुरक्षा निकायहरूबीच एकीकृत तथा समन्वयात्मकरूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को गत भदौ १७...

  • २०७९ आश्विन ९, आइतबार

    संस्थापन पक्षले एकलौटी गरेको भन्दै शेखर पक्षको आपत्ति

      काठमाडौं - पार्टी संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेको भन्दै नेता शेखर कोइराला पक्षले आपत्ति जनाएको छ । शनिबार काठमाडौंमा खवरदारी सभाको आयोजना गरी कोइराला पक्षका नेताहरुले सो निर्णय नच्याएपछि पार्टी भित्र विद्रोह गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् । सभाका बोल्दै नेता गुरु घिमिरेले पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनको...

  • २०७९ आश्विन ७, शुक्रबार

    राष्ट्रपतिविरुद्ध परेको रिटमाथि आजै सुनुवाइ

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपतिविरुद्ध बिहीबारसम्ममा झण्डै एक दर्जन रिट परेका थिए । उक्त रिटमाथि रिटमाथि आजै सुनुवाइ हुने सर्वोच्च स्रोतले जनाएको छ । ‘नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा राष्ट्रपति कार्यालय, शीतलनिवासविरुद्ध बिहीबार कानुन...

  • २०७९ आश्विन ६, बिहिबार

    राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्चमा पाँचवटा रिट निवेदन दर्ता

    काठमाडौं - संघीय संसद्को दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्चमा पाँचवटा रिट निवेदन दर्ता भएको छ । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधानको उल्लङ्घन गरेको भन्दै त्यसविरुद्ध पाँचवटा रिट दर्ता भएको बताइएको छ । अधिवक्ता सुनिलरञ्जन सिंहसहितले दर्ता गराएका रिटको पेसी शुक्रबार एकैपटकका लागि पेसीमा...

  • २०७९ आश्विन ६, बिहिबार

    आईजीपी खनाल एमाले प्रवेश

    काठमाडौं - नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टीमा स्वागत गरेका हुन् । एमाले प्रवेश गर्दै पूर्वआईजीपी खनालले अध्यक्ष केपी शर्मा ओलीजत्तिको नेपालमा अर्को कुनै राजनेता नभएको बताए । उनले प्रहरी जागिर खाँदादेखि आईजीपी हुँदासम्म...

  • २०७९ आश्विन ६, बिहिबार

    माेहन वैद्यलगायत चार पार्टीले चुनाव बहिष्कार गर्ने घाेषणा

    काठमाडौं - निर्वाचन आयाेगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाकाे निर्वाचनकाे तयारीलाइ तिब्रता दिइरहँदा मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत चार कम्युनिस्ट पार्टीले भने निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन् ।चुनाव बहिष्कारबारे जानकारी...

  • २०७९ आश्विन ५, बुधबार

    राष्ट्रपतिको पुत्ला दहन

    काठमाडौं - नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरिएको छ । गठबन्धन आवद्ध पार्टीका विद्यार्थी संगठनले प्रदर्शनी मार्गमा राष्ट्रपतिको पुत्ला दहन गरेर प्रदर्शन गरेका हुन् । नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेको उनीहरूको आरोप छ ।

Pages