STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७९ कार्तिक १२, शनिबार

    गगन थापासँग आयाेगले माग्याे स्पष्टीकरण

    काठमाडाैं- निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाईकासाथ अनुगमन गर्दै आएकाे आयाेगले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग पुनः स्पष्टीकरण साेधेकाे छ । प्रतिनिधि सभा सदस्यका काठमाडौं क्षेत्र नं.४ का उम्मेदवार गगनकुमार थापालाई पुनः स्पष्टीकरण सोधेको छ । आयोगद्वारा मिति २०७९ कात्तिक ८ गते डेंगीविरुद्ध अभियान किन चलाएको भनी सोधिएको स्पष्टीकरणमा अझै पनि त्यस्तो अभियान चलाउने भन्ने वक्तव्य दिएको...

  • २०७९ कार्तिक १२, शनिबार

    आज कांग्रेसकाे घाेषणापत्र सार्वजनिक हुने

    काठमाडौं - नेपाली कांग्रेसले आज आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कांग्रेसले सङ्कल्प पत्र सार्वजनिक गर्ने भएको हो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

  • २०७९ कार्तिक ४, शुक्रबार

    बालेनकाे तस्बिर दुरूपयाेग गरी मत माग्दै साहका समर्थक

    काठमाडौं - नेकपा एमालेको टिकट त्यागेर रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवार बनेका प्रभु साहका समर्थकहरुले काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह ‘बालेन’ को तस्विरको दुरुपयोग गर्दै मत मागिरहेका छन् । निर्वाचन आयोगको कार्यालयमा आफ्नो चुनाव चिन्हको तस्विर दुबै हातले समातेर खिचेको तस्विरमा साहका समर्थकहरुले सम्पादन गर्दै प्रभु साहको तस्बिर र चुनाव चिन्ह राखेर सामाजिक संजालहरुमा...

  • २०७९ आश्विन २७, बिहिबार

    कांग्रेसका बागी उम्मेदवार पाँच वर्षका लागि निष्कासित

    काठमाडौं - नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभातर्फ बागी उम्मेदवारी दिएर फिर्ता नलिनेहरुलाई एकमुष्ट कारवाही गरेको छ । बागी उम्मेदवार र उम्मेदवारको प्रस्तावक र समर्थक बसेकाहरुलाई पार्टी विधानको धारा ३४ (४) (क) बमोजिम पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेकाे हाे। गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्व उम्मेदवार दिएका, प्रस्तावक बसेका र समर्थक रहेकाहरुलाई कारवाही गरिएको...

  • २०७९ आश्विन २६, बुधबार

    दीपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध

    काठमाडौं - मनाङको प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवार दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । सो क्षेत्रबाट उम्मेदवार दिएका अर्का उम्मेदवार दार्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै गण्डकी सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे उर्फ राजीव गुरुङ निर्विरोध भएका हुन् । निर्वाचन अधिकृतले दोर्जेले उम्मेदवारी फिर्ता लिएको निस्सा प्रदान गरिसकेको छ । दोर्जे पनि स्वतन्त्र उम्मेदवार थिए । नेकपा...

  • २०७९ आश्विन २६, बुधबार

    आजै उम्मेदवारलाई चुनाव चिह्न दिइने

    काठमाडौं - निर्वाचन आयोगले आउँदो मंसिर ४ मा हुने आम निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि मनोनयन फिर्ता लिन आज (बुधबार) दिउँसोसम्मको समय दिएको छ । आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो म्उमेदवारी फिर्ता लिन पाउने छन् । आयोगले आजै उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्दैछ ।...

  • २०७९ आश्विन २५, मंगलबार

    रेशम चौधरीको उम्मेदवारी खारेज

    काठमाडौं - नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। बर्दिया क्षेत्र नं २ बाट वारेसनामामार्फत् उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। फौजदारी अभियोग लागेका चौधरी काठमाडौंस्थित डिल्ली बजार जेलमा रहेका छन्। अघिल्लो निर्वाचनमा चौधरीले कैलाली क्षेत्र नं १ बाट विजयी भएका थिए। सो क्षेत्रमा उनकी पत्नी रञ्जिता श्रेष्ठ...

  • २०७९ आश्विन २५, मंगलबार

    सूर्य चिह्नबाट चुनाव लड्दै कमल थापा

    काठमाडौं - राप्रपा नेपाल अध्यक्ष कमल थापा एमालेकै सूर्य चिह्नबाट चुनाव लड्दैछन् । यसका लागि उनी टिकट लिएर शनिबार साँझ हेटौंडा पुगेका थिए । थापाआइतबार दिउँसो १ बजे सुटुक्क उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।  उनले भाइ गणेश थापा, श्रीमती प्रलिता थापा र नेता राजाराम बर्तौलालाई लिएर मनोनयन दर्ता गरे। कार्यकर्ता नलिई उनी गाडीमा गएका थिए। राष्ट्रिय राजनीतिमा छाइरहने...

  • २०७९ आश्विन २५, मंगलबार

    प्रधानमन्त्री देउवाले दिए आफूविरुद्ध परेको उजुरीको जवाफ

    काठमाडौं - प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ दिएका छन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा पत्नी डा. आरजु राणा देउवामार्फत मंगलबार उजुरीको जवाफ पठाएका हुन् ।निर्वाचन आयोगले आज २ बजेसम्म जवाफ दर्ता गराउने समय तय गरेको थियो ।  देउवाका विपक्षी नेपाली कांग्रेस (बीपी) का उम्मेदवार कर्णबहादुर मल्लले सोमबार जन्म मिति फरक भएको...

  • २०७९ आश्विन २५, मंगलबार

    बागी उम्मेदवारहरुलाई २० घण्टे अल्टिमेटम

    काठमाडौं - सत्तारुढ पाँच दलीय गठबन्धनले आफ्नै पार्टीका व्यक्तिहरुले आफ्नै गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन २० घन्टे अल्टिमेटमको समय दिएको छ । गठबन्धनमा आबद्ध दलहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले मंगलबार...

  • २०७९ आश्विन २५, मंगलबार

    जसपाका मन्त्रीहरुलाई हटाउने प्रधानमन्त्रीको तयारी

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन् । सीट बाँडफाँटमा असन्तुष्टि जनाउँदै गठबन्धन छाडेर जसपाले एमालेसँग चुनावी तालमेल गरेको थियो । जसको कारण प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरुलाई सरकारबाट हटाउने तयारी गरेका हुन् । जसपाका मन्त्रीहरुबारे छलफल गर्न प्रधानमन्त्री देउवाले दिउँसो २ बजे बालुवाटारमा गठबन्धनको बैठक बोलाएका छन् ।...

  • २०७९ आश्विन २५, मंगलबार

    देउवाको उम्मेदवारीविरूद्ध उजुरी

      काठमाडौं - मतदाता नामावलीमा र नागरिकतामा जन्ममिति फरक फरक भएको भन्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । डडेलधुराबाट आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएका देउवाको नागरिकताको जन्ममिति ३१ जेठ २००३ र मतदाता नामावलीमा जन्म मिति ३१ जेठ २००२ उल्लेख भएको भन्दै उम्मेदवारी खारेज गर्न आयोगमा...

Pages