STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७९ मङ्सिर १३, मंगलबार

    ओलीका लागि सुकुम्बासी भोट बैंक मात्र - मेयर बालेन्द्र साह

      काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका लागि सुकुम्बासी भोट बैंक मात्र भएको बताएका छन् । मेयर बालेनले सामाजिक सञ्जालमार्फत् दुई तिहाई सरकारको प्रधानमन्त्री बन्दासमेत सुकुम्बासीले भोगेका ३२ वटा जाडो नदेखेको उल्लेख गर्दै केपी ओलीका लागि उनीहरु भोट बैंक मात्रै रहेका उल्लेख गरेका हुन् । ओलीले बल प्रयोगबाट सुकुम्बासी समस्याको समाधान नहुने...

  • २०७९ मङ्सिर १३, मंगलबार

    रास्वपा अमेरिकाको नक्कल : ओली

      काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा नै आलोचना गरेका छन् । अमेरिकामा रहेको फ्रिड्म पार्टी र त्यसको चुनाव चिन्ह घण्टीकै झलक दिनेगरी लामिछानेले आफ्नो पार्टीको नाम राखेको भन्दै अध्यक्ष ओलीले आलोचना गरेका हुन् । उनले संयोगनै भएपनि यसले मुलुकको संस्कृति र पहिचानलाई मेटाउन बल पुग्ने जिकीर गर्दै चिन्ता...

  • २०७९ मङ्सिर १३, मंगलबार

    कति दलले पाउलान् राष्ट्रिय मान्यता ?

    काठमाडौं - प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको यही मङ्सिर ४ गते सम्पन्न मतदानको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ आज साँझसम्म ९८ लाख आठ हजार नौ सय २७ मत गणना सम्पन्न भएको छ । निर्वाचन आयोगकाअनुसार हालसम्म नेकपा (एमाले)ले सबैभन्दा बढी मत २६ लाख ४३ हजार ८२ मत प्राप्त गरेको छ । त्यसपछि बढी नेपाली कांग्रेसले २४ लाख ९८ हजार सात सय ७८ मत पाएको छ ।...

  • २०७९ मङ्सिर ११, आइतबार

    दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय

    काठमाडाैं - निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा मङ्सिर १५ गतेभित्र पुनः मतदान गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले दोलखाको वैतेश्वर गाउँपालिका-२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र सोही गाउँपालिका-३ को कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’मा पुनः मतदान गर्ने निर्णय गरेको हो । त्यसैगरी सोही गाउँपालिका-६ मा वैतेश्वर मावि मतदान...

  • २०७९ मङ्सिर ११, आइतबार

    कुनै पनि दलको बहुमत आउने देखिएन

    काठमाडाैं - प्रतिनिधिसभाका प्रत्यक्ष एक सय ६५ र समानुपातिक एक सय १० सिटको हालसम्मको मतपरिणाम हेर्दा कुनै पनि दलको बहुमत नआउने स्पष्ट छ । प्रतिनिधिसभाको कूल दुई सय ७५ सिटमध्ये बहुमत ल्याउन एक सय ३८ सिट ल्याउनुपर्छ । नेपालको संविधानको धारा ७६ मा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने प्रावधान छ । सोही...

  • २०७९ मङ्सिर ११, आइतबार

    झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी

      काठमाडौं - नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन् । इलाम–१ बाट खनाल २९५७ मतान्तरले बस्नेतसँग पराजित भएका हुन । खनालले यो क्षेत्रबाट २०५६ बाहेक सबै निर्वाचन जितेका थिए । तर यसपटक पहिले जित्दै आएको एमालेकै उम्मेदवारसँग पराजित भएका छन् । खनाललाई सत्तारुढ गठबन्धनका दलहरुको समर्थन थियो ।

  • २०७९ मङ्सिर ११, आइतबार

    नुवाकोट–२ बाट कांग्रेसका अर्जुननरसिंह केसी निर्वाचित

    काठमाडौं - नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित भएका छन् । सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा रहेका कांग्रेसका उम्मेदवार केसीले २८ हजार एक सय सात मत ल्याएर विजयी भएकाे मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार चारसय ७७ र...

  • २०७९ मङ्सिर ११, आइतबार

    गृहमन्त्री बालकृष्ण खाण पराजित

    काठमाडाैं - मंसिर ४ मा भएको चुनावमा गृहमन्त्री बालकृष्ण खाण पराजित भएका छन्। रूपन्देही-३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका खाणलाई राप्रपाका दीपक बोहोराले पराजित गरेका हुन्। अन्तिम मतपरिणाममा बोहोराले ३६ हजार ६४८ मत पाए भने गृहमन्त्री खाणले ३४ हजार ६ मत पाए।

  • २०७९ मङ्सिर १०, शनिबार

    इलाम–२ बाट पाँचौंपटक सुवास नेम्वाङ निर्वाचित

    काठमाडौं - इलाम क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका सुवास नेम्वाङ निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ११४ मतले हराउँदै नेम्वाङ निर्वाचित भएका हुन्। पछिल्लो मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार ९ सय ६ मत ल्याएका छन् । २०५६ सालदेखि इलाम २ बाट निर्वाचन जित्दै आएका नेम्वाङको यो पाँचौ जित हो ।

  • २०७९ मङ्सिर १०, शनिबार

    झलनाथ खनालद्वारा चुनावमा धाँधली भएको आरोप

    काठमाडौं - पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । इलाम क्षेत्र नं १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली भएकाले पुनः मतदान हुनुपर्ने बताए । शनिबार पत्रकारसँग कुरा गर्दै उनले भने, “सरासर धाँधली भएको छ । दुई हजार चार सय २४ मत खसेको मुचुल्का छ । यिनै बाकसमा गन्दा दुई हजार छ सय ९० मतपत्र फेला परेको छ ।...

  • २०७९ मङ्सिर १०, शनिबार

    घनश्याम भुसाललाई हराउँदै रूपन्देहीमा छविलाल निर्वाचित

    काठमाडौं - रुपन्देही- १ बाट नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मा निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मतगणना अनुसार विश्वकर्माले आफ्नै पूर्व सहकर्मी घनश्याम भूसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गरेका हुन्  । भुसाललाई सत्तारुढ गठबन्धनले समर्थन गरेको थियो । विश्वकर्माले २४ हजार ८७२ र भूसालले २१ हजार ३०८ मत प्राप्त गरे । भुसालले एमालेबाट टिकट नपाएपछि पार्टी परित्याग गरी स्वतन्त्र...

  • २०७९ मङ्सिर ९, शुक्रबार

    मंसिर १४ सम्म अन्तिम मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको लक्ष्य

    काठमाडौं – आईतवार एकै चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । मतगणना भएका स्थानमा प्रत्यक्ष र समानुपातिक तर्फको मतपत्र एकैपटक गन्ती गर्न केही ढिला भएको निर्वाचन आयोगको तर्क छ । राजनितिक दलको अवरोध बाहेक १५२ वटा निर्वाचन क्षेत्रको मंसिर १४ गतेसम्म अन्तिम मतपरिणाम निकाल्ने निर्वाचन आयोगको लक्ष्य छ । मंसिर ४ गते भएको निर्वाचनको मतगणना जारी छ । उपत्यकाका काठमाडौं ललितपुर...

Pages