STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७९ पौष ११, सोमबार

    सरकारको प्रवक्ता बन्न रविले मानेनन्, विष्णु पौडेललाई दिइयो जिम्मेवारी

    काठमाडौं - सोमबार बसेको नवगठित मन्त्रिपरिषदको बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिएको छ । सुरुमा सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई दिइए पनि लामिछानले नमानेपछि उक्त जिम्मेवारी अर्थमन्त्री पौडेललाई दिइएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री नबनेसम्मका लागि उक्त जिम्मेवारी अर्थमन्त्री पौडेललाई दिइएको छ ।

  • २०७९ पौष ११, सोमबार

    भ्रष्टाचार गर्ने दिन सकिए : उपप्रधानमन्त्री श्रेष्ठ

    काठमाडौं - सोमबार शीतलनिवासमा सपथ ग्रहण गरेका उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् । अपरान्ह ४ बजे राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथ लिएर पदभार सम्हाल्न सिंहदरबार पुगेका मन्त्री श्रेष्ठले पदभार ग्रहण गर्दै भ्रष्टाचार र पैसाका लागि मन्त्रालयमा हुने चलखेलका दिन सकिएको बताए । उनले भने, ‘पैसा र भ्रष्टाचारका लागि मन्त्रालय, कानुन बनाउने...

  • २०७९ पौष ११, सोमबार

    प्रचण्डकाे नेतृत्वमा ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन

    काठमाडाैं - प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिहरुलाई आजै  शपथ ग्रहण गराइन्। प्रधानमन्त्रीमा दाहालले शपथ लिएपछि उपप्रधानमन्त्रीमा तीन जना र विना विभागीय मन्त्रीमा चार जनाले पद तथा गोपनीयताको शपथ...

  • २०७९ पौष ११, सोमबार

    राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई शपथ

    काठमाडाैं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पद तथा गोपनीयताको शपथ लिएका छन्।राष्ट्रपति कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसपटक प्रधानमन्त्री प्रचण्डले दौरा सुरूवाल लगाएर शपथ लिएका छन् ।उनले पहिलो पटक दौरा सुरूवाल लगाका हुन्। यसअघि दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डले शपथ लिँदा...

  • २०७९ पौष १०, आइतबार

    प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त, भोलि ४ बजे शपथ लिने

    काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन् । सोमबार दिउँसो ४ बजे प्रचण्डले प्रधानमन्त्रीको रुपमा शपथ लिने भएका हुन् । शपथ सोमबार दिउँसो राष्ट्रपति कार्यालयका निवास शितल निवासमा हुने प्रचण्डका सचिवालयले नेपाल प्रेसलाई जानकारी दिएको छ । प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले...

  • २०७९ पौष १०, आइतबार

    प्रचण्डको नेतृत्वमा सरकार बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता

    काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बनाउने प्रस्ताव राष्ट्रपति कार्यालय शितल निवासमा दर्ता भएको छ । १६६ जनाको हस्ताक्षरसहित प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका छन् । नेकपा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको समर्थनसहित प्रचण्डले...

  • २०७९ पौष १०, आइतबार

    एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति

    काठमाडौं - नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच आलोपालाेप्र धानमन्त्री बन्ने सहमति भएको छ । माओवादीले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार भएको छलफलमा प्रचण्ड र ओलीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको हो । अहिले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । १६६ सांसदको समर्थन...

  • २०७९ पौष १०, आइतबार

    प्रचण्डलाई प्रधानमन्त्री बनाउन बालकोट बैठकमा सहमति

    काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलहरू सहमत भएका छन् । आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो । माओवादीको एक नेताले भने- ‘बालकोटमा सहमति जुट्यो, सीएम पीएम बन्दै हुनुहुन्छ अब केहीबेरमा सहमति सार्वजनिक हुन्छ ।’ प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे राष्ट्रपति...

  • २०७९ पौष ९, शनिबार

    राष्ट्रपतिले दिएको समयअगावै सरकारको नेतृत्व टुङ्गो लाग्छ : महरा

    काठमाडौं - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णहादुर महराले सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयअगावै सत्ता गठबन्धनमा आगामी सरकारको नेतृत्वका विषयमा टुङ्गो लाग्ने बताएका छन् । प्रेस सेन्टर बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष महराले भने, “सरकार गठनका लागि सत्ता गठबन्धन बाहेक नेकपा एमालेसँग समेत छलफल भईरहेको छ , तर अहिलेसम्म गठबन्धनको सरकार बन्ने...

  • २०७९ पौष ९, शनिबार

    स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी

    काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै संकायका डिन र परीक्षा नियन्त्रकसँगको छलफलमा आगामी फागुन २८ गते नै तय गर्ने गरी त्रिवि अगाडि बढेको बताए। ‘हामीले त्रिवि पदाधिकारी, नौ वटै संकायका डिन र परीक्षा...

  • २०७९ पौष ९, शनिबार

    प्रधानमन्त्री बन्ने प्रचण्डको सपना पूरा नहुने : ओली

    काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पुनः प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गरेका छन्। फेरी एकपटक प्रधानमन्त्रीका हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले सो प्रतिक्रिया दिएका हुन्। ‘कतिपय जो इच्छा गरिरहेका छन्। पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीको इच्छा गरिरहनु भएको छ। तर...

  • २०७९ पौष ७, बिहिबार

    शपथसँगै सांसदहरुले पाए संघीय संसद्को ‘लोगो’

    काठमाडौँ - प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण सकिएको छ । शपथ ग्रहणसँगै उनीहरूले औपचारिक रूपमा संघीय संसद्को लोगो समेत प्राप्त गरेका छन् । बिहीबार दिउँसो ज्येष्ठ सदस्य राप्रपाका पशुपति शमशेर जबराले सांसदहरुलाई शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा सांसदहरुले थरिथरि भेषभूषामा सजिएर शपथ ग्रहणमा पुगेका थिए ।

Pages