STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७९ पौष १९, मंगलबार

    ‘म्याच फिक्सिङ’ विषयमा छानबिन गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं - गृह मन्त्रालयले जारी टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आएका समाचारका विषयमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशानुसार म्याच फिक्सिङ भएको, आयोजक सम्पर्क बाहिर रहेको खेलाडीको पारिश्रमिकमा अनियमिता भएको जस्ता समाचार आइरहेकाले...

  • २०७९ पौष १९, मंगलबार

    सचिवहरुलाई प्रधानमन्त्रीकाे ३० बुँदे निर्देशन

    काठमाडाैं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन दिएका छन् । सोमबार र मंगलबार  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको कुरा सुनेपछि उनले विभिन्न ३० बुँदे निर्देशन दिएका हुन् । विकास खर्च कम हुनुको कारण खोज्दै प्रधानमन्त्रीले नीतिगत तहमा समस्या भए सुधारका प्रस्ताव ल्याउन सचिवहरुलाई आग्रह पनि गरे । वित्तीय प्रशासनको पूरा चक्र नै...

  • २०७९ पौष १९, मंगलबार

    बालेनले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

    काठमाडाैं - काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निर्वाचन खर्च विवरण नबुझाउने जनप्रतिनिधिलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । प्रमुख शाह सर्वोच्च अदालतमा आफै उपस्थित भएर उक्त रिट निवेदन दायर गरेका हुन्। स्थानीय तहको निर्वाचनको खर्च विवरण नबुझाएको उल्लेख गर्दै आयोगले प्रमख शाहसहित अन्य उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो ।...

  • २०७९ पौष १९, मंगलबार

    कुलमान घिसिङद्वारा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बधाइ

    काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बधाइ दिएका छन् । मंगलबार मन्त्रालयमै पुगेर निर्देशक घिसिङले बधाइ दिएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यही पुस ११ गते नेपाल सरकारको गृहमन्त्रीमा नियुक्त भएका छन् ।

  • २०७९ पौष १८, सोमबार

    राष्ट्रपति निर्वाचनका विषयमा प्रधानमन्त्रीद्वारा परामर्श

    काठमाडाैं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रियसभा सदस्यको रिक्त रहेको एक स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न...

  • २०७९ पौष १८, सोमबार

    वर्तमान राजनीतिक परिवेश विषयमा ओली र भट्टराईबीच छलफल

    काठमाडाैं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईबीच आज भेटवार्ता भएको छ । साेमबार साँझ बालकोटस्थित ओली निवास पुगेका भट्टराई र अध्यक्ष ओलीबीच वर्तमान राजनीतिक परिवेश, सत्ता गठबन्धनबारे छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ । दुई अध्यक्षबीच सरकारको प्रभावकारिता, सरकारले लिने विश्वासको मत, सरकार सञ्चालन, नीति तथा कार्यक्रमको तयारीबारे...

  • २०७९ पौष १८, सोमबार

    प्रधानमन्त्रीले २६ पुसमा विश्वासको मत लिने

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसदका महासचिवलाई पत्र लेखी आफूले २६ गते विश्वासको मत लिन चाहेको उल्लेख गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा...

  • २०७९ पौष १८, सोमबार

    शीतलहरबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न गृहमन्त्री रवि लामिछानेको निर्देशन

    काठमाडौं - उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई निर्देशन दिएका छन् । उनले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिए । देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई सम्बोधनको क्रममा उनले भने, ‘विपदका समयमा प्रत्यक्ष उपस्थिति र प्रभावकारी सञ्चारले ठूलो महत्त्व राख्छ । शीतलहरबाट...

  • २०७९ पौष १४, बिहिबार

    ४८ घण्टे अल्टिमेटमपछि विशिष्ट व्यक्तिहरुको सुरक्षाकर्मीहरु धमाधम फिर्ता

    काठमाडौं - गृह मन्त्रालयको ४८ घण्टे अल्टिमेटमपछि विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधिविपरीत निजी सुरक्षामा राखिएका सुरक्षाकर्मीहरु धमाधम फिर्ता भएका छन् । गृह मन्त्रालयका अनुसार हालसम्म २२१ जना सुरक्षाकर्मी फिर्ता भएका छन् । मंगलबार उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेको निर्देशनमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञपिप्त जारी गर्दै कार्यविधि विपरीत...

  • २०७९ पौष १४, बिहिबार

    प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूत डीन आर. थोम्पसनबीच भेटवार्ता

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि अमेरिकी राजदूत डीन आर. थोम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार दुईबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । प्रचण्डको आधिकारीक फेसबुक पेजमार्फत दुईबीचमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचारविमर्श भएको थियो । दुई बीच भेटवार्ता भएको नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत पनि जानकारी...

  • २०७९ पौष १४, बिहिबार

    ओली र माधव नेपालबीच औपचारिक भेटवार्ता हुँदै

      काठमाडौं।-पुष ११ गते शीतलनिवासको सपथ ग्रहणमा भेटघाट गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले औपचारिक भेटवार्ता गर्ने भएका छन् । भोलि (शुक्रबार) ओली र नेपालबीच भेटवार्ता हुने बताइएको छ । सरकारभन्दा बाहिर रहेका अध्यक्ष नेपाल र अध्यक्ष ओलीबीच अहिलेको सत्ता गठबन्धन र पार्टी एकताबारे छलफल हुने बताइएको छ । तत्कालीन प्रधानमन्त्री रहँदा संसद विघटन र...

  • २०७९ पौष १४, बिहिबार

    सरकारी निवासमा सरे उपप्रधानमन्त्री लामिछाने

    काठमाडौं - उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सरकारी निवास सरेका छन् । उनी आज निजी निवासबाट पुल्चोक हरिहरभवनस्थित सरकारी निवासमा सरेका हुन् । रवि र उनकी पत्नी निकिता पौडेल निवासमा आउँदा विधिपूर्वक पुजापाठ गरिएको थियो । रविलाई नेपाली सेनाले सलामी दिएको थियो । सलामीका क्रममा भुइँमा पिर्का राखिएन । लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले पिर्केमा नराख्न सेनालाई आग्रह गरिएको बताए । ‘...

Pages