STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७९ पौष २७, बुधबार

    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त

    काठमाडौं - कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शर्माले भोलि पद तथा गोपनीयताको शपथ गर्ने छन् । ४० सदस्य रहेको कर्णाली प्रदेशसभामा बहुमतका लागि २१ सांसद चाहिन्छ । सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना, माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका १०, राप्रपा, एकीकृत...

  • २०७९ पौष २७, बुधबार

    विश्वासको मतले चुनौती र जिम्मेवारी दुवै थपियाे : प्रधानमन्त्री

    काठमाडाैं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलको साझा प्रधानमन्त्रीका रुपमा आफूले पाएको विश्वासको मतले चुनौती र जिम्मेवारी दुवै थपिएको बताएका छन्। गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा गाेरखा सदरमुकाममा आजदेखि सुरु भएको ११औँ गोरखा महोत्सव एवम् प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को उद्घाटन गर्दै उनले साझा प्रधानमन्त्रीका रुपमा काम गर्ने ऐतिहासिक अवसर प्राप्त भएको...

  • २०७९ पौष २७, बुधबार

    लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त

    काठमाडौं - लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष ५८ जना प्रदेश सभा सदस्यको समर्थनसहित दाबी पेश गरेका उनलाई प्रदेश प्रमुखले बहुमत पुगेसँगै मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । गिरीले नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी...

  • २०७९ पौष २७, बुधबार

    मधेसमा जसपाले आज मुख्यमन्त्रीकाे दाबी पेस गर्ने

    काठमाडाैं - मधेस प्रदेश सरकार गठनको लागि सत्ता गठबन्धन दलले आज (बुधबार) प्रदेश प्रमुखसमक्ष दाबी गर्ने भएका छन् ।जनता समाजवादी पार्टी(जसपा)ले आफ्नो नेतृत्वमा सरकार गठनका लागि विभिन्न सत्ता साझेदार दलका बढीभन्दा बढी सांसदहरूको समर्थन लिएर बुधबार बिहानै प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस गर्ने तयारी भइरहेको छ । प्रदेश प्रमुख मिश्रले २८ गते ४ बजेसम्म दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा सरकार...

  • २०७९ पौष २६, मंगलबार

    विश्वासको मत लिन कांग्रेससँग कुनै सहमति भएको छैन : प्रधानमन्त्री

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई विश्वासको मत दिने सन्दर्भमा नेपाली कांग्रेससँग कुनै पनि सहमति नभएको स्पष्ट पारेका छन्। प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेपछि सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले दलहरूसँग कुनै पनि सहमति नभएको स्पष्ट पारे। आफूले सोमबार सिङ्गो सदनको विश्वास पाउने बताएको स्मरण गर्दै प्रधानमन्त्रीले भने, ‘मैले हिजो...

  • २०७९ पौष २६, मंगलबार

    माघ ५ गते प्रतिनिधिसभाको बैठक बस्ने, सभामुखको निर्वाचन पनि साेही दिन

    काठमाडौं -प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट बहुमतले विश्वासको मत पाएसँगै संसदको बैठक माघ ५ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले बैठक आगामी ५ गते बिहीबार ११ गते बस्ने जानकारी दिएका हुन् । साथै, उक्त दिन सभामुखको चुनाव पनि हुने भएको छ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबराले मंगलबार चुनावको मिति घोषणा गरेका हुन् ।

  • २०७९ पौष २६, मंगलबार

    रेशम चौधरीगायत सबैलाई जेलबाट रिहाइ गरिने : प्रधानमन्त्री दाहाल

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर हत्या प्रकरणका आरोपी रेशम चौधरीगायत सबैलाई जेलबाट रिहाइ गर्ने बताएका छन् । संसद बैठकमा विश्वासको मत मागेपछि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले रेशम चौधरीलगायतको मुद्धा सम्बोधन नभएसम्म प्रतिपक्षमा बस्ने भन्ने जवाफमा प्रधानमन्त्री प्रचण्डले विश्वस्त पार्दै रेशम चौधरीलगायत सबैलाई...

  • २०७९ पौष २६, मंगलबार

    प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्‌मा पाए विश्वासको मत, दुई सांसद विपक्षमा

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा विश्वासको मत पाएका छन् । मंगलबार संसद बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका हुन् ।  राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भने विपक्षमा मतदान गरे । ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरा सभामुखको भूमिकामा रहेकाले मतदानमा सहभागी भएनन् । कांग्रेसका सांसदहरू...

  • २०७९ पौष २५, सोमबार

    गण्डकीको मुख्यमन्त्रीमा खगराज नियुक्त

    काठमाडौं - गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेत खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । ६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङ (३३ जना)को समर्थनमा...

  • २०७९ पौष २५, सोमबार

    प्रदेश १ मा चार सदस्यीय मन्त्रिपरिषद् विस्तार

    काठमाडौं - प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ४ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्। मुख्यमन्त्रीको शपथ ग्रहण लगत्तै उनले सानो आकारको मन्त्रिपरिषद गठन गरेका हुन्।  मन्त्रिपरिषदमा सत्ता साझेदार दलहरूबाट १/१ जना सरकारमा सहभागी भएका छन्। नेकपा एमालेका तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टीकी निर्मला लिम्बु सरकारमा सहभागी भएकी हुन्। ...

  • २०७९ पौष २५, सोमबार

    सत्ता गठबन्धन दलको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

      काठमाडौं - सत्ता गठबन्ध दलले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको २१ बुँदे नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसहित सत्तागठबन्ध दलका शीर्ष नेताहरुको उपस्थितिमा अर्थमन्त्री पौडेलले नीतिगत प्राथमिकता र...

  • २०७९ पौष २५, सोमबार

    यो संसद् आफूहरूको परीक्षाको केन्द्र : प्रधानमन्त्री दाहाल

    काठमाडाैं - प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ कि सक्दैनौँ भन्ने विषय नै अहिलेको पहिलो र महत्वपूर्ण विषय भएको बताएका छन्। प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु सबै जनताको निरन्तर निगरानीमा रहेकाले उनीहरुको जीवनमा सार्थक परिवर्तन ल्याउन लागिपर्नुपर्ने बताए । प्रधानमन्त्रीले समस्या केलाएर बस्ने छुट नभएको भन्दै समाधानको सूत्र...

Pages