STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७९ पौष २५, सोमबार

    यो प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेका छन् : सभापति देउवा

    काठमाडाैं - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यो प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने, “हाम्रो आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुन जरुरी छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु हामी सबैको साझा लक्ष्य हो ।” सभापति...

  • २०७९ पौष २५, सोमबार

    आफ्नो पार्टीले पाएको मत आशाको : गृहमन्त्री लामिछाने

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा आफ्नो पार्टीले पाएको मत आशाको भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरुले प्राप्त गरेको मत निराशाको नभई आशाको भएको बताएका छन् । उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले आफूहरुले पाएको मत जनताले बजाएको घन्टीको ध्वनि भएको स्पष्ट पाए । उनले भने, “म यसलाई...

  • २०७९ पौष २५, सोमबार

    २७ पुसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

      काठमाडौं - सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भनेर २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । सत्ता गठबन्धनमा आबद्ध दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले सरकारमा सहभागी नहुँदै पृथ्वी जयन्तीको अवसरमा २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिनुपर्ने माग राख्दै आएको थियो । र सरकारमा...

  • २०७९ पौष २३, शनिबार

    ‘भीआईपी’ कुर्सी हटाउन लगाई गृहमन्त्री लामिछाने बसे सामान्य कुर्सीमा

      काठमाडौं - सशस्त्र प्रहरी बलको कार्यक्रममा भाग लिन गएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्ना लागि राखिएको विशेष कुर्सी हटाउन लगाएका छन् । मन्त्रीका लागि राखिएको विशेष कुर्सी हटाउन लगाएर प्रहरी अफिसरसरहको कुर्सी मगाएर गृह मन्त्री लामिछाने बसेका छन् । गृहमन्त्री लामिछानेको सचिवालय संयोजक दिपक बोहराले यसबारे फेसबुकमा लेखेका छन् । उनले लेखेका छन्, ‘सशस्त्र प्रहरी बलको औपचारिक कार्यक्रममा...

  • २०७९ पौष २३, शनिबार

    न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन संयोजक ओलीलाई हस्तान्तरण

    काठमाडौं - सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन संयोजक एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अध्यक्ष ओलीलाई सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाइएको छ । पौडेल संयोजकत्वमा गठित कार्यदलले अर्थमन्त्रालयमा प्रतिवेदन तयार पारेको थियो । अध्यक्ष ओलीलाई...

  • २०७९ पौष २३, शनिबार

    महराको संयोजकत्वमा वाम एकता कार्यदल गठन

    काठमाडौं - नेकपा (माओवादी केन्द्र) ले बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालयको बैठकले महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत रहेको पाँच सदस्यीय कार्यदल गठन गरेको हो । बैठकले पार्टी अध्यक्षको नेतृत्वमा गठित सरकारका प्रधानमन्त्रीले यही पुस २६ गते...

  • २०७९ पौष २३, शनिबार

    प्रचण्डलाई विश्वासको मत दिने वा नदिने विषयमा काँग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौं - नेपाली काँग्रेस संसदीय दलको पहिलो बैठक बस्ने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे निष्कर्ष निकाल्न संसदीय दलको बैठक आज बस्न लागेको हो । यही पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् । उक्त समय संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आज काँग्रेस संसदीय दलको बैठकले निर्णय गर्ने जनाइएको छ । यही पुस २५ गतेदेखि...

  • २०७९ पौष २२, शुक्रबार

    धुम्बाराहीमा देउवा-नेपालबीच भेटवार्ता

      काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ देउवा निवास धुम्बाराही पुगेका अध्यक्ष नेपालले सभापति देउवासँग पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गरेको बताइएको छ । यद्यपि, दुईबीचको भेटमा खास कुराकानी के भएको हो भन्ने विषयमा बाहिर यकिन जानकारी आएको छैन । तर, दुईबीचको भेटलाई निकै अर्थपूर्ण लिइएको छ ।...

  • २०७९ पौष २२, शुक्रबार

    लामिछानेको नागरिकता मुद्दाको अन्तिम सुनुवाइ माघ ११ गते

    काठमाडौं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानी विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको शुक्रबारको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । इजलासले नागरिकतासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ माघ ११ गते गर्ने...

  • २०७९ पौष २०, बुधबार

    सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी

    काठमाडौं - सत्ता सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन् । केही दिन अघि अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा सरकारको न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट तयार गर्न समिति बनेको थियो । सो कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको कार्यदलका एक सदस्यले जानकारी दिए । आज कार्यदलको बैठक बस्ने र केही...

  • २०७९ पौष १९, मंगलबार

    निष्कर्षविहीन टुंगियो एकीकृत समाजवादीको बैठक

      काठमाडौं - नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो निष्कर्षविहीन टुंगिएको छ । मंगलरबार प्रचण्ड नेतृत्वको सरकारमा सहभागिता हुने कि नहुनेबारे बसेको नेकपा एसको बैठक निष्कर्षविहीन टुंगिएको हो। बैठकमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने अधिकांश नेताको भनाइ थियो । तर, पार्टी अध्यक्ष माधवकुमार नेपालले भने नेताहरुको कुरामा असहमति जनाउँदै सरकारमा जान अस्वीरका गरे । पोलिटब्युरो बैठकपछि...

  • २०७९ पौष १९, मंगलबार

    बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । दुई नेताहरुबीच अहिले छलफल जारी छ। समसामयीक राजनीति, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्ता गठबन्धनमा राष्ट्रपतिदेखि प्रदेश...

Pages