STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भारत भ्रमण सफल : प्रधानमन्त्री दाहाल

Janjati Khabar – Janjati Khabar | २०८० जेठ १९, शुक्रबार

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय हित र नेपाल-भारत सम्बन्धका दृष्टिले भारत भ्रमण निकै महत्त्वपूर्ण भएको बताएका छन् ।

भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले भ्रमण सफल भएको बताए ।

उनले ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीको रूपमा मेरो चौंथो राजकीय भारत भ्रमण नेपालको राष्ट्रिय हित र नेपाल भारत सम्बन्धका दृष्टिले निकै महत्वपूर्ण अनुभूत भइरहेको छ । न्यानो आतिथ्य र महत्त्वपूर्ण समझदारीका लागि महामहिम प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनताप्रति आभार प्रकट गर्दछु ।

उनले न्यानो आतिथ्य र महत्वपूर्ण समझदारीका लागि भारतीय समकक्षी मोदी र भारत सरकारलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री प्रचण्ड भोलि स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

Categorized in राजनीति