STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालबाट भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली खरिदको लक्ष्य राखेको छ : मोदी

Janjati Khabar – Janjati Khabar | २०८० जेठ १८, बिहिबार

काठमाडौं - नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ । यस सम्झौता अन्तरगत भारतले नेपालबाट आउँदो १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने लक्ष्य राखिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकारी दिए ।

नेपालका प्रधानमन्त्री पुष्पकमल प्रचण्डसँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले दुई देशबीच थुप्रै महत्त्वपूर्ण सम्झौता भएको बताए ।

उनले भने, ‘आगामी १० वर्षमा नेपालबाट १० हजार बिजुली आयात गर्ने लक्ष्य लिएका छौँ । खुर्कोट–कणाली र तल्लो अरुण जलविद्युत परियोजनामा भएको सम्झौताले हाम्रो ऊर्जा सम्बन्धलाई थप मजबुत बनाउने छन् ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध आफ्नो कार्यकालमा सुदृढ हुँदै गएको बताए ।

उनले नेपाल–भारत पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म बिस्तार गरिने घोषणा गरे । यस्तै सिलगुढीदेखि झापासम्म अर्को पाइपलाइन बनाइने पनि बताए ।

Categorized in राजनीति